जेनिफरको कमब्याक

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, चैत्र २८, २०७६

हलिउड अभिनेत्री जेनिफर लरेन्स गत वर्ष वैवाहिक जीवनमा बाँधिएयता कुनै पनि फिल्ममा देखिएकी छैनन् । अब उनी चाँडै नै निर्देशक आदम म्याककेको नेटफ्लिक्स कमेडी ‘डन्ट लुक अप’मा देखिँदैछिन् । ओस्कार विजेता यी अभिनेत्रीले गत वर्ष कोक मेरोनीसँग विवाह गरेकी थिइन् । ‘एक वर्षपछि अभिनयमा फर्किंदा निकै रमाइलो अनुभव भइरहेको छ । अब अभिनय करियरलाई अझ बलियो बनाएर लैजाने प्रण गरेकी छु’, उनले भनेकी छन् । जेनिफर अभिनीत ‘डन्ट लुक अप’ले पृथ्वीलाई ६ महिना संकटमा पार्ने वस्तु आविष्कार गर्ने दुई वैज्ञानिकको कथा छ । नेटफ्लिक्सले यो सिरिजलाई महत्त्वपूर्ण प्रोजेक्ट मानेको छ ।