स्पेनिस भाषा सिक्ने अभिनेत्री

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, चैत्र २८, २०७६

बलिउड अभिनेत्री पायल घोष बलिउडमा आफ्नो आगामी भूमिकाका लागि स्पेनिश भाषा सिकिरहेकी छन् । उनले आफूलाई स्पेनिश भाषा राम्रो लागेकोले सिकेको बताएकी छन् । ‘म स्पनिश भाषा सिकिरहेकी छु । मलाई यसको पुरा प्रक्रिया निकै मनपरेको छ । स्पेनिसमा हरेक भावना, हाउभाउलाई अलग किसिमले प्रस्तुत गरिन्छ । यो निकै खुल्ला भाषा हो । यो सुन्दर छ र मलाई आशा छ कि म यसलाई राम्रोसँग सिक्न पाउनेछु’, उनले भनेकी छन् । सन् २०१७ मा ‘पटेलकी पन्जाबी शादी’मा देखिएकी पायलले आफू फिल्मका बारेमा केही नबोल्ने बताइन् । ‘वर्तमान अवस्थामा म फिल्मका बारेमा धरै केही बोल्दिनँ । तर म वाचा गर्छु कि मैले अभिनय गर्ने फिल्म निकै मजेदार हुनेछ’, उनले भनेकी छन् ।