राज के. गोस्वामीको “मैले माया गरें” सार्बजनिक  

 भिडियो सहित   
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ ७, २०७७

सिड्नी | अष्ट्रेलिया सम्पन्न हुने ठुला-ठुला सांगेतिक कार्यक्रमका ब्यबस्थापन देखि  प्राय सबै सांगेतिक कार्यक्रमहरुमा देखिने र यहाँका श्रोताको मन जित्न सफल युवा गायक राज के. गोस्वामीले कोभिड-१९ को अहिलेको नरमाइलो समयलाई प्रेममय बनाउदै “मैले माया गरें”  गीत सार्बजनिक गरेका छन् ।

राज के. गोस्वामीलाई गीतमा अर्की जादुमयी स्वरकी धनि मेलिना राईले साथ दिएकि छन् । उत्तम जंग लिम्बुको संगीत रहेको गीतलाई माया मगरले लेखेकी हुन् भने संगीत संयोजन साहाश शाक्यले गरेका छन् ।

‘कोशिस २’ एल्बममा समावेश यस गीतको हाल फोटो वर्क (Foto Work) सिड्नीले तयार गरेको  लिरिकल भिडियो सहित सार्वजनिक गरिएको छ।नेपाल टच अष्ट्रेलियाको  युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको उक्त गीत तयार गर्ने क्रममा आफुले पाएको साथ सहयोगको लागि गयक गोस्वामीले नेपाल टच अष्ट्रेलिया परिवार, ग्यारेज २४ प्रोडक्सन, मनोज सापकोटा, अरुण फोटोग्राफी लगाएत सधै साथ र हौसला दिने दर्शक र श्रोताहरु मा धन्यबाद व्यक्त गरे। कोरोना संक्रमण सकिएर जनजीवन सामान्य भए लगतै गीतको भिडियो सार्वजनिक गर्ने पनि गयाकले बताए।

 भिडियोको लागि-