किरण र पुरुषोत्तम आए “बाटो भुलेर”

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार १, २०७७

अर्बाजो आर्ट्सको प्रस्तुती रहेको “बाटो भुलेर” बोलको गीत हिजो सार्वजनिक भएको छ । किरण भुसाल, पुरुषोत्तम ढुंगेल र चर्चित गायक राज सिग्देलको स्वर रहेको यो गीतले संसारभर रहेका दाजुभाइ दिदिबहिनीहरुलाई आफ्नै देशको माटोमा फर्केर केही गर्न आव्हान गरेको छ । गीतमा शब्द र संगित पुरुषोत्तम ढुंगेलको रहेको छ भने संगित निर्माण र नियन्त्रण किरण भुसालको रहेको छ । परिच्छेद सेनको निर्देशनमा रहेको भिडियोमा तेज गिरी, गणेश श्रेष्ठ, पवन भट्टराई र परिच्छेद सेनको अभिनय देख्न सकिन्छ । सिमा मिचिरहने छिमेकी बिरुद्ध सारा नेपाली उठ्नुपर्ने आशय बोकेको यो गीतले राष्ट्रियताको पक्षमा ठूलो वकालत गरेको छ ।

गीतको लिंक