लकडाउन कै बीच मैनालीको प्रेमिल शब्दहरुमा अमितको मिठो स्वर 

भिडियो सहित
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार ८, २०७७

लकडाउनको बेला आफ्नो प्रियसीहरु लाई भेट्न नपाएर बसेका प्रेमी/प्रेमिकाहरु का मिठा र प्रेमिल भावानाहरु लाई समेटेर डा. ब्रिजेश मैनालीले बुनेका शब्दहरु मा नेपाल आईडल-२ का लोकप्रिय गायक अमित बरालको स्वरमा “किन हो किन कुन्नि सपनीहरुमा उनी… ” बोलको गीत सार्बजनिक भएको छ । हाललाई लिरिकल म्युजिक भिडियो सहित म्युजिक नेपालको  यु-ट्युब् च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा युवा संगीतकार दिपक शर्माले संगीत भरेका छन् भने  म्युजिक भिडियोको सम्पादन शम्भुराम महर्जनले गरेका हुन्।
स्विडेनमा सहायक प्राध्यापकका रुपमा कार्यरत डा. मैनालीले यस अघी पनि संगीतकार दिपक शर्माको सहकार्यमा ‘यो देश बनाउने जिम्मा कस्को हो….’ बोलको गीत सार्बजनिक गरिसकेका थिए।

भिडियोको लागि-