तीजको चहल पहल सम्झाउदै सीता रसाईली 

भिडियो सहित
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, साउन ७, २०७७
अष्ट्रेलियालाई कर्मथलो छानेकी मिडियाकर्मी सीता रसाईली बिश्वकर्माले आउदै गरेको नेपाली हिन्दु महिलाहरु को माहान चाड तीजको उपलक्ष्यमा “वर्ष दिन बितेको” बोलको गीत सार्बजनिक गरेकी छन् । सीता रसाईलीको स्वरमा भिभिद नेपाली मिडियाको युट्युब मार्फत सार्बजनिक उक्त सन्देश मुलक म्युजिक भिडियो सहितको तीज गीत  बि. बि. अनुरागीको संगीत, श्यामस्वेत रसाईलीको संयोजन, नविन घर्तिमगरको सम्पादनमा रहेको छ। गीतको म्युजिक भिडीयोलाई शंकर विसीले निर्देशन गरेका हुन् भने म्यूजिक भिडीयोमा अञ्जली अधिकारी, बन्दना नेपाल र उत्सब घिमीरे लगायतका परिचित अनुहारहरु ले  जिवन्त अभिनय गरेका छन । यसै गरि गीतको निर्माताको रुपमा डा.मोम विश्वकर्मा रहेका छन।
चाड-पर्बहरु लाई रमाइलोको लागि मात्र नभई समाजमा घटेका बिबिध घटनाहरु र सामाजिक कुरीति बिरुद्द जनचेतनाको रुपमा पनि मनाउन सकिन्छ भन्ने उदाहरण सहित नेपाली समाजमा रहेको जातीय भेदभाब र छुवाछुतको आध्याँरो पाटोलाई यस गीतले उजगार गरेको छ।
गीत हेर्न तल क्लिक गर्न सक्नुहुनेछ।