अभिनेता हमालले प्राविधिकको कोरोना बीमा गर्ने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ २८, २०७७

अभिनेता राजेश हमालले नेपाल चलचित्र प्राविधिक संघमा आवद्ध ६ सय प्राविधिकको कोरोना बीमा गरिदिने भएका छन् । केही समय अगाडि भएको प्राविधिक संघका पदाधिकारीहरुसागको भेटमा राजेशले उक्त प्रतिवद्धता व्यक्त गरेको प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले जानकारी दिएका छन् । ‘कोरोना बीमाका लागि राजेश दाइले नामावली लिएर आउन समेत भनिसक्नु भएको छ’ लामाले संघमा नामको बिषयमा छलफल गर्न बााकी रहेको बताएका छन् । लामाका अनुसार राजेशले ६ सय प्राविधिकको बीमा गरिदिनुका साथै आर्थिक अवस्था कमजोर रहेका केही प्राविधिकलाई आर्थिक सहयोग समेत गर्ने बताएका छन् । हाल प्राविधिक संघमा १३ सय बढी सदस्यहरु रहेका छन् । ती मध्ये करिब ६ सय भने चलचित्रको काममा पछिल्लो समयसम्म पनि सक्रिय प्राविधिक हुन् । पहिलो चरणमा उनीहरुकै बीमा गरिने उपाध्यक्ष लामाले बताए । पछिल्लो समय जारी निषेधाज्ञाका कारण छ सय जना प्राविधिकको नामावली बुझाउन नसकिएको बताइन्छ । निषेधाज्ञा खुल्ने बितिक्कै बैठक बसेर बीमाका लागि अभिनेता हमाललाई नाम पठाउने उपाध्यक्ष लामा बताउँछन् । कोराना भाइरसको संक्रमणका कारण गत चैतको पहिलो सातादेखि चलचित्र क्षेत्र ठप्प छ । चलचित्रको छायांकनदेखि प्रदर्शनसम्मका सम्पूर्ण गतिविधि छ महिनादेखि बन्द हुादा हजारौं प्राविधिक तथा चलचित्रकर्मीहरु वेरोजगार भएका छन् । कतिपय प्राविधिकहरुलाई त छाक टार्न समेत समस्या पर्दै गएको छ । यसवीचमा चलचित्र क्षेत्रसंग सम्बन्धित विभिन्न संघ–संस्था तथा कलाकारहरुले व्यक्तिगत रुपमा समेत प्राविधिकहरुलाई सहयोग गर्दै आए पनि त्यो पर्याप्त हुन सकेको छैन ।