अभिनेत्री ढुंगाना अब गायिका

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ २८, २०७७

अभिनेत्री नीता ढुंगानालाई दर्शक तथा स्रोताले गायिकाको रुपमा समेत सुन्न पाएका छन् । गायिका ढुंगानाले जीवनमै पहिलो पटक औपचारिक रुपमा एउटा भजनमार्फत गायन करियर थालेकी हुन् । उनले गणेश बन्दना भजन ‘श्री सिद्धीविनायक भजन र आरती’ मार्फत गायनमा आफ्नो भाग्य परिक्षण गरेकी हुन् । उनले गाएका पहिलो भजनको भिडियो गणेश चतुर्थीकै शुभसाइतमा आईतबार सार्वजनिक भएको छ । भजनमा भोला पौडेलको मिक्सिङ र मास्टरिङ र दिनेश न्यौपानेको संगीत तथा संयोजन छ । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नीता ढुंगाना, सुनील सिटौला, अंशु पोखरेल, अक्षता पोखरेल, अनुष्का पोखरेल, दिव्य सेन्चुरी, विशेषता बुढाथोकी, अनिता बजगाई, भवानी बजगाई, कल्पना बमजन, शान्ता मगर र सरस्वती कोइराला फिचर्ड छन् । भिडियोमा सन्जय लामाको छायांकन, बनिष शाहको सम्पादन, आशीष जामा दीको कला छ । भिडियो महाराजगन्जस्थित अरिकल इभेन्टमा खिचिएको हो । भिडियो नीता फिल्मस्को व्यानरमा बनाइएको हो ।