जन्मदिनमा भावुक भइन् दीपाश्री

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ २८, २०७७

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला आफ्नो जन्मदिनको अवसर पारेर लामो समयपछि आफ्ना दर्शकमाझ आएकी छिन् । आफ्नो फेसबुकमार्फत लाइभमा आउँदै दीपाश्रीले विगतका दिनमा आफूबाट भएका गल्ति र कमि कमजोरीप्रति माफी मात्रै मागेकी छैनन्, आगामी दिनमा त्यस्ता गल्ति नदोहोर्‍याउने प्रण समेत गरेकी छिन् । करिव सात मिनेट लामो लाइभको क्रममा उनले भनेकी छिन्— ‘केही पुराना तथा नयाा कुरा लिएर आएकी छु । हुन त यो कुरा नगर्दा पनि हुन्थ्यो होला अब, तर पनि मलाई के लाग्यो भने समस्याबाट भाग्नु भन्दा समस्यलाई व्यवस्थापन गर्नु ठूलो कुरा हो ।’ अभिनेत्री निरौलाले आफ्नो ३० वर्ष लामो करियरको आधा अवधि पीडादायी नै भए पनि २०६० सालमा हास्य श्रृंखला तीतो सत्य आएर लोकप्रिय भएपछि पछाडि फर्केर हेर्नु नपरेको समेत उल्लेख गरेकी छिन् । ‘तीतो सत्यको छ सय भाग, छ–७ वटा चलचित्र, छक्का पञ्जा १, २ र ३ को सफलता । म सम्पूर्ण दर्शकहरुप्रति नतमस्तक छु, दीपाश्रीले भनेकी छिन्– ‘हामीलाई एकपछि अर्को सफलता दिनमा दर्शकहरुकै हात छ, यहाँहरुप्रति आभारी छु ।’ ‘कामको सफलता त पाएँ मैले, दीपाश्रीले भनेकी छिन्—‘तर व्यक्तित्व विकासका कुरामा अझै कमजोरी रहेछ भन्ने बुझें । मिडियामा कसरी फेस गर्ने । कसरी शिष्ट हुने, सरल हुने । मिडियामा बोल्दा चलाखीपूर्ण तरिकाले कसरी उत्तर दिने कुरामा म कमजारेर रहेछु भन्ने महसुस भयो ।’ ‘तर यो कुराले पनि मलाई राम्रो शिक्षा दियो, दीपाश्रीको भनाइ छ—‘जसरी ठूलो हुरी आउँदा ठूलो रुखबाट कुहिएका फलहरु झर्छन्, त्यसैगरी यो प्रकरणले ममा भएका कमि–कमजोरीहरु झरे ।’ अभिनेत्री निरौलाले प्रकाश सुवेदीसंगको अन्तर्वार्ताका क्रममा आफूलाई तीन वटा गल्ति भएको समेत स्विकारेकी छिन् । उनको भनाइ छ—‘तयारी बिना जानु, आफूलाई सोधिएका आरोपजन्य प्रश्नहरुका कारण आवेगमा आएर आफूलाई नियन्त्रण गर्न नसक्नु र बडी ल्याङ्वेजमा ध्यान नदिनु तथा एउटा कलाकार भएर अर्को कलाकारको टिप्पणी गर्नु मेरो ठूलो गल्ति भयो ।’ दीपाश्रीले अन्तर्वार्ताको क्रममा कुटनीतिक चलाखी देखाउन नसक्नु पनि आफ्नो गल्ति भएको बताएकी छिन् । सफलतासंगै गाली खाने भाग्य पनि टाँसिएर आउने रहेछ भन्दै दीपाश्रीले विगतमा आफ्ना चलचित्रका गीत, टेलर सार्वजनिक हुँदा समेत गाली खाएको स्मरण गरिन् । ‘मेरा धेरै शुभचिन्तक तथा आफन्तको माया, साथ र हौसलले म उठ्न सफल भएकी छु, दीपाश्रीले आज आफ्नो जन्मदिनको मौका पारेर आफ्ना सम्पूर्ण दर्शकहरुसमक्ष आएको बताउादै भनेकी छिन्—‘आज संजोगले मेरो जन्मदिन । यो जन्मदिनको दिन म केही प्रणहरु गर्छु । अब देखि म कहिले पनि यस्ता गल्तिहरु दोहोर्‍याउने छैन । आफ्नो व्यक्तित्व विकासमा समय खर्चिने छु । दर्शकका लागि राम्रा फिल्महरु बनाउने कोशिस गर्नेछु ।’ अभिनेत्री निरौलाले आफ्नो विगतका अभिव्यक्तिले राजेश हमालका फ्यानहरुको मन दुखाउन पुगेकोमा आफ्नै दिदी–बहिनी सम्झेर आफूलाई माफी दिनु हुन अनुरोध समेत गरेकी छिन् ।