हलिउड जाँदै रितिक रोशन

दुई दशकअघि हिन्दी फिल्म ‘कहो ना प्यार है’ बाट बलिउडमा पाइला राखेका अभिनेता रितिक रोशन अब भने हलिउडमा पाइला राख्ने भएका छन् । यदि सबै कुरा अनुकुल रहेमा उनलाई छिट्टै नै एउटा स्पाइ–थ्रिलर फिल्ममा देख्न पाइने छ । एउटा समाचारमा जनाइ अनुसार रितिकले उक्त फिल्मका लागि अडिशन पनि दिइसकेका छन् । उक्त मल्टि मिलियन प्रोजेक्टमा एउटा प्रख्यात प्रोडक्शन हाउसले लगानी गर्ने कुराको चर्चा भइरहेको छ । मिड डेका रिपोर्ट अनुसार फिल्म बनाउने प्रोडक्शन हाउसले रितिकको टीमलाई फिल्ममा उनको भूमिका र सीनको डिमान्ड डिटेल दिएको थियो, जसलाई रितिकले रेकर्ड गरेर पठाउन भनिएको थियो । रितिकले दुई हप्ता पहिला अडिशन पठाएका थिए । रितिक र प्रोडक्शन हाउसबीच कुराकानी पनि प्रारम्भिक चरणमा छ । यदि सबै कुरा भने जस्तो अनुकुल भयो भने रितिक ‘कृष–४’ को सुटिङपछि उक्त फिल्मसंग जोडिने भएका छन् । यद्यपि रितिकले यसबारेमा भने कुनै आधिकारीक पुष्टि गरेका छैनन् ।

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...

काठमाडौं – पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४४५ जना सङ्क्रमित थपिएका छन् । ...

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

अध्ययन, रोजगार र सुखद भविष्य खोज्दै अहिले ग्लोबभरि छरिएका नेपालीहरू को इतिहास...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

देश लामो समय पछाडि राजनीतिक स्थिरतातिर उन्मुख हुँदै थियो । लोडसेडिङ्गको समस्या...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...