बलिउडमा बेला–बेलामा रोचक घटनाहरू घटिरहन्छन् । यतिबेला नायिका नरगिस फाकरीले त्यस्तै रमाइलो घटना घटाएकी छिन् । आफूले अभिनय गरिरहेको एउटा फिल्ममा आवश्यकता भन्दा बढि पटक चुम्बन दृष्य (किस सिन) दिनु परेपछि नरगिसले अनौठो उपाय अपनाएकी हुन् । ‘अजहर’ फिल्मका लागि पूर्व निर्धारितभन्दा बढि पटक किस गर्नुपर्ने भएपछि उनले हरेक किसको अतिरिक्त पारिश्रमिक लिएकी छिन् । अभिनेता इमरान हासमीसंग चलचित्र ‘अजहर’ का निम्ति किस सिन दिएकी हुन् । भारतीय क्रिकेटर मोहम्मद अजरुद्धिनको जीवनीमा आधारित यो फिल्ममा इमरानले अजहरको भूमिका निर्वाह गरेका छन् भने नरगिसले उनको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् । फिल्मका निर्देशकले नरगिस तथा इमरानबीचको किस दृष्यलाई धेरै ठाउँमा प्रयोग गर्न चाहे । इमरानको जुँगाका कारण नरगिसलाई चुम्बन गर्न गाह्रो भएपछि नरगिसले आफ्नो अतिरिक्त शुल्कको कुरा उठाएकी हुन् । फिल्ममा नरगिसले इमरानसँग करिव ५ पटक किस गरेकी छिन्, जुन सम्झौताभन्दा बढि पटक थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रहिनन् स्टीभ रायन रहिनन् स्टीभ रायन

/मङ्ल, भदौ २७, २०७४

यामीको चर्चा

/मङ्ल, भदौ २७, २०७४