Celibartyयूरोप, अमेरिका तथा अष्ट्रेलिया नेपाली युवाका लागि सपनाका देशहरू हुन् । नेपालमा प्लस टु उत्तिर्ण गरेका अधिकांश युवा–युवतीहरू उच्च शिक्षाका लागि यी देश जान लालायीत देखिन्छन् । खाडी मुलुकसहित कोरिया तथा जापानमा गएर काम गरेर धेरै धन आर्जन गर्ने चाहाना पनि अधिकांश नेपालीको हुन्छ । अहिले पनि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने हो भने विदेश जान लामबद्ध युवा–युवतीको संख्या प्रसस्त देखिन्छ । यही प्रसंगलाई आधार बनाउँदै द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईले केही सेलिब्रेटीहरूलाई नेपालीहरूको विदेश जाने क्रम अझै नरोकिनुलाई कसरी हेर्नु भएको छ भन्ने जिज्ञासा राखेका छन् । उनीहरूको जवाफ जस्ताको तस्तै :

१्. एनी कुँवर, नायिका

मलाई त दु:ख लाग्छ । आफ्नो देश छाडेर जाने रहर कसैमा हुँदैन, तर हाम्रो देशको वर्तमान अवस्था देखेरै मानिसहरू बाहिर जान बाध्य भएका हुन् । देशले पनि मानिसहरूको इच्छाअनुरूप तालिमको अवसर जुटाएर आफ्नै देशमा काम गर्ने अवस्था सिर्जना गर्नु पर्छ ।

२्. उदेश श्रेष्ठ, गायक

अत्यन्तै दु:ख लाग्छ, देशका कर्णधारहरू यसरी आफ्नो मातृभूमि छाडेर विकसित देशलाई अझ बढी विकासतर्फ अघि बढाउन हातेमालो गरेको देख्दा । वास्तवमा त्यो परिश्रम, त्यो देन र रोजगारीको अवसर देशमै सिर्जना गर्न सके आज हाम्रो देश पनि कुनै विकसित देशहरूभन्दा कम हुने थिएन ।

३्. हेमन्त गौतम, टेलिभिजनकर्मी

मैले यसका लागि तीन वटा कारणहरू देखेको छु, ती हुन् — रहर, लहड तथा बाध्यता ।

४. सुरक्षा पन्त, नायिका

एकदम मन दुख्छ । मलाई त विदेश एउटा बन्दकोठा सरह लाग्छ, जहाँ हामी जे काम गर्न पनि लाज मान्दैनौं अनि देशको खुला चौर, जहाँ काम गर्न हामी लाज मान्छौं । अवसर आफैंले सिर्जना गर्न‘पर्ने हो, अरूको मुख ताकेर बसे कहिल्यै अवसरको ढोका खुल्दैन । म यहाँका हरेक मुहारमा आँट र विश्वासको कमी देख्छु ।

५्. उत्तम थापा युडी, गायक

नेपाली युवाहरू विदेशी भूमिमा आफ्नो श्रम तथा पसिना बेच्न बाध्य भएको देख्दा दु:ख लाग्छ । धिक्कार भन्न मन लाग्छ ती देश हाँक्ने नेताहरूलाई, जो विदेसिएका युवाहरूले पठाएको रेमिट्यान्सबाट देश चलाउन खोज्छन् ।

६्. सुरबीना कार्की, नायिका

विदेश जानु नराम्रो होइन, तर विदेशमा सिकेका कुरा देशमा उपयोग हुने वातावरण नहुँदा चाहिं असाध्यै दु:ख लाग्छ ।

७. पवित्रा आचार्य, नायिका

विदेश त जानुपर्छ नि, विदेश गएर आएपछि त्यो सिप देश विकासमा प्रयोग हुन्छ । देशको मुहार फेरिन्छ । यद्यपि विदेश गएपछि स्वदेश नफर्किने परम्परा विकसित नभएको देख्दा दु:ख लाग्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार