Tannu Shreeलामो समय बलिउडबाट टाढिएकी अभिनेत्री तनुश्री दत्ता यतिबेला पुन: एकपटक बलिउडमा पदार्पणका लागि तयार भएकी छिन् । सन् २००५ मा प्रदर्शन भएको ‘आशिक बनाया आपने’ बाट बलिउडमा डेब्यू गर्ने तनुश्री त्यसबेला आफ्नो सुन्दर तथा कामूक शरीरका कारण चर्चामा रहेकी थिइन् । तनुश्रीलाई अन्तिम पटक ‘रामा : द सेभियर (२०१०)’ मा देखिएको थियो । त्यसो त उनले ‘चकलेट’, ‘डिप डार्क सिक्रेट्स’, ‘ढोल’, ‘गुड ब्वाइ ब्याड ब्वाइ’ आदि फिल्ममा पनि अभिनय गरिन् तर त्यसपछि बलिउडबाट टाढा भइन् । यतिबेला तनुश्रीकी बहिनीले इन्स्टग्राममार्फत तनुश्रीका केही तस्बिर सार्वजनिक गरिदिएकी छिन् । जसलाई देखेपछि तनुश्रीका समकालिन नायिकाहरु समेत आश्यर्चमा परे । तस्बिरमा उनी असाध्यै मोटी तथा भद्दा देखिएकी छिन् । हालसम्म अविवाहित तनुश्रीको पछिल्लो रुप देख्दा उनमा बलिउडमा पुनरागमन गर्ने सम्भावना समेत देंखिदैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार