Deepika and Fawadपाकिस्तानी अभिनेता फवाद खान बलिउडको एउटा फिल्लमा अभिनेत्री दीपिका पादुकोणका श्रीमान्को भूमिकामा प्रस्तुत हुने निश्चित भएको छ । बलिउडका स्थापित निर्देशक सञ्जयलिला बन्सालीको नयाँ फिल्म ‘पद्मावती’ मा फवादले दीपिकाको श्रीमान्को भूमिका निर्वाह गर्ने पक्का भएको हो । फवाद उक्त फिल्ममा चितौरकी रानी पद्मावती (दीपिका) को राजा रावल रतन सिंहका रुपमा देखिने छन् । फिल्ममा रनवीर सिंहले अल्लाउद्दीन खिलजीको भूमिका निर्वाह गर्ने छन् । बन्सालीले आफ्ना सबै कलाकारहरुसंग सुटीङका लागि २ सय दिन काम गर्न तयार रहन आग्रह समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

वृत्तचित्र महोत्सव सम्पन्न

/सोम, कार्तिक २०, २०७४