गायिका पूजा गुरुङ र गायक कमल खत्रीको आफ्नै शब्द अनि स्वरमा रहेको ‘कयौं रात बिते, कयौं दिन विते’ बोलको गीतको म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ । अष्ट्रेलियामा रहेर फोटोग्राफी, म्यूजिक भिडियो निर्माण र निर्देशनमा सक्रिय रहेका सुरेन फोटोग्राफी एण्ड टिमले निर्माण गरेको यस भिडियो टिमले निर्माण गरेको छैठौ र सुरेन आफैले अभिनय गरेको चौथो भिडियो हो । अस्ट्रेलियाको परिवेश र रमणीय दृश्यहरु कैद भएको यस म्यूजिक भिडियोलाई टेक बयलकोटीले छायाङ्कन गरेका हुन भने सम्पादन प्रबीन श्रेष्ठ र सुदिप श्रेष्ठको रहेको छ । निर्देशक सुरेनको आफ्नै शसक्त अभिनय रहेको यस म्यूजिक भिडियोमा सुरेनलाई तमन्ना शर्माले साथ दिएकी छन् ।

यस बर्षको भ्यालेन्टाइन डे को अवसर परेर सबै प्रेमी प्रेमिकाहरुमा समर्पित यस गीतमा भौतिक दुरीले विछिप्त बनेको एक जोडीको पिडालाई जिबन्त अभिनय सहित पर्दामा उतारिएको छ।  म्यूजिक भिडियो सार्बजनिक संगै द नेपाली टाईम्स अस्ट्रेलिया सँगको कुराकानीमा गर्दै निर्देशक एबम मोडेल सुरेनले गुणस्तरमा एकदम ध्यान दिएर निर्माण गरिएको यस म्यूजिक भिडियोले बिदेशिएका धेरै प्रेमी-प्रेमिकाहरुको कथा समेटेको र आफ्ना दर्शक, श्रोताले सधै झैँ मन पराउनु हुने र सल्लाह र सुझाब दिने आफुले बिश्वास लिएको  बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार