फोटोग्राफी र म्युजिक भिडियोलाई व्यसायिक रुपमा अगाडी बढाउदै भिन्न भिन्न खाले म्युजिक भिडियोहरुले धेरै श्रोता र दर्शकको मन जितेका सुरेन फोटोग्राफीका सुरेन श्रेष्ठ ‘ओएसनेपाल म्यूजिक अवार्ड २०७४’ का लागि बेस्ट म्युजिक भिडिओ अन्तर्गत बेस्ट म्युजिक भिडिओ निर्देशनका मनोनयनमा परेका छन् । अस्ट्रेलियालाई कर्मभूमि रोजेका यी युवा फोटोग्राफर मनोनयन पर्नु नै आफ्नो लागि सफलताको ठुलो सूचक भएको मान्दै नेपालमा रहेका सबैलाई आफ्नो भिडियोग्राफी हेरेर आफुलाई मत दिई बिजयी गराउन अनुरोध गरेका छन् । उदेश श्रेष्ठको आवाजमा गिरिस खतिवडाले फिचर गरेको नेपाली पप गित “हुन्छ मायामा” को म्युजिक भिडिओ निर्देशनका लागि सुरेन बेस्ट म्युजिक भिडिओ निर्देशन मनोनयनमा परेका हुन्। 

नेपालमा रहेका श्रोता दर्शकहरु ले सुरेनलाई  OSNM 15C type गरेर  33001 मा म्यासेज पठाएर  भोट गर्न सकिनेछ।  

नोमिनेसनमा परेको भिडियो हेर्नका लागि 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार