काठमाडौं- गायक लक्षु निरौला तथा बिनोद ढकालको संयुक्त स्वरमा तयार भएको हिपहप शैलीको ‘नेपाली जेन्टलम्यान…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । डिजे प्रिजमको नामले चिनिने किरण तुलाधरद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु अतुल पोखरेलले रचना गरेका हुन् ।
अर्जुन अधिकारीद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा गायकद्वयका साथमा अभिनेत्री नम्रता सापकोटा, सञ्जना तथा सोनिका रोकायले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । हरि हुमागाईँद्वारा छायांकन गरिएको उक्त भिडियोमा सुरेन बस्याल तथा अनुराग ठकुरीले संयुक्त कोरियोग्राफी गरेका छन् । सुशील न्यौपानले उक्त भिडियो सम्पादन गरेका हुन् ।

यस्तो छ नेपाली जेन्टलम्यानको भिडियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार