काठमाडौं– गायक कमल के. क्षेत्रीले दसैंको पूर्व सन्ध्या पारेर एउटा रमाइलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘कोदोकोला..’ शीर्षकको उक्त गीतमा गायक क्षेत्रीकै संगीत निर्देशन छ । तुलाराम थापाका शब्दहरुको उक्त गीतलाई तास स्टुडियोका बिजेश्वरराज तण्डुकारले संगीत संयोजन गरेका हुन् ।
सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी छ । अनिल के.मानन्धरद्वारा छायांकन गरिएको उक्त भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा गायक क्षेत्रीसहित क्रिस्टिना थापा, रवि आरएन तथा प्रकाश बस्नेतले अभिनय गरेका छन् ।

यस्तो छ कोदो कोलाको म्युजिक भिडियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार