जानी न जानी भन्दै आए गायक राजेश लामा

पल र आँचलको रोमान्स
-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, कार्तिक ८, २०७४

काठमाडौं– अभिनेता पल शाह तथा अभिनेत्री आँचल शर्माको जोडीले अभिनय गरेको एउटा रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राजेश लामाको स्वरको ‘जानी न जानी’ गीतको म्युजिक भिडियोमार्फत पल र आँचलको जोडि पुन: एक पटक दर्शक तथा स्रोतामाझ आएको हो । गायक राजेश लामाले विगतमा ‘नक्कली नानी…’ गीतबाट स्रोताका मन जितिसकेका छन् ।

विकास सुवेदीद्वारा निर्देशित उक्त गीतमा किशोर घिमिरेका शब्द तथा सुरज शाही ठकुरीका कर्णप्रिय संगीत सुन्न सकिन्छ । उदयराज पौडेलले उक्त गीतलाई संगीत संयोजन गरेका छन् ।
अनिल के मानन्धरद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

यस्तो छ जानी नजानी गीतको म्युजिक भिडियो