काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको तेस्रो चलचित्र ‘तिमि सँग’ ले रिलिज डेट कन्फर्म गरेको छ । शिशिर राणाको लेखन, निर्माण तथा निर्देशनको यो चलचित्र अप्रिल ६ (चैत २३) देखि प्रदर्शन हुने छ । अभिनेत्री साम्राज्ञी भएका कारण यो चलचित्रलाई वर्षको प्रतिक्षित चलचित्र मध्येको एक मानिएको छ ।
नेपाली चलचित्रको पर्दामा पहिलो पटक अन्नपुर्ण बेस क्याम्पको दृश्य कैद गर्दै यो चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भैसकेको छ । चलचित्रमा साम्राज्ञीसंगै आकाश श्रेष्ठ, नाजिर हुसेन आदि कलाकारहरुले अभिनय गरेका छन् ।
काठमाडौं, पोखरा, पुनहिल, घोरोपनी, देउराली, घान्दु्रकसँगै पहलो पटक यो चलचित्रमा अन्नपुर्ण बेस क्याम्पको दृश्य कैद गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार