बुद्ध पुरुषहरू एवं वैज्ञानिकहरू दुवैले भन्दछन् कि यो सारा प्रकृति एवं ब्रह्म काम वासना अर्थात सेक्सबाट नै बनेको हो । कुनैको जन्म शारिरीक सेक्सबाट, कसैको जन्म मानसिक सेक्सबाट, कसैको जन्म हावाको सेक्सबाट, कसैको जन्म पानीको सेक्सबाट त कसैको सुरजको सेक्सबाट । यतिमात्र फरक छ कि सेक्सका तरिकाहरू मात्र फरक छन् तर सबै नै काम बासना हुन् । जस्तै फूल हावाको सेक्सबाट अर्को फूलको विरुद्धमा जन्म लिन पुग्दछ । शारिरीक सेक्सबाट जीवहरूको जन्म हुन पुग्दछ । सुरज र पृथ्वीको सेक्सबाट वीउहरूको जन्म हुन पुग्दछ ….आदि आदि । यसरी यो सम्पूर्ण जगत काम वासनाबाट नै निर्माण हुन्छ भनेर विश्व प्रख्यात डाक्टर सिग्मन फ्रायड भन्दछन् । त्यसैले सेक्सलाई अपराध मान्ने हो भने सवभन्दा ठूलो अपराधी परमात्मा नै हुन पुग्दछन् । यसकारण सेक्सलाई अपराध मान्ने होइन सेक्समा होस पुऱ्याउनु पर्दछ । केवल एक स्त्री एक मन वा एक पुरुष एक मन अन्तत: यसबाट मुक्ति लिने विधिहरू खोज्नु पर्दछ । अनुभव गर्दै अनुभवबाटै पार हुने उपायहरू खोज्न जान्नु पर्दछ नत्र हामी मासु भित्रको बल्छीमा पर्ने छौं ।

विश्व चर्चित डाक्टर सिग्मन फ्रायडका अनुसार अधिकांश मानवहरू हरकार्य काम बासनाबाट प्रेरित भएर नै गर्दछन् । अधिकांश बुद्ध पुरुषहरूले पनि पत्नीका साथमा नै जीवन विताएका कुराहरू पढ्न, सुन्न र देख्न पाइन्छ । कसैले सिकाउन नपर्ने कुराहरूको सम्बन्ध सिधा परमात्मासँग हुन्छ । यिनीहरूको गुरु सिधा परमात्मा नै हो यसमा कुनै दुई मत छैन । हामी सबै सेक्सको माध्यमबाट नै यस संसारमा आएका हौं राम र काम एउटै उर्जाका दुई रुपहरू मात्र हुन् । त्यसैले कामको उर्जालाई रामको उर्जामा बदल्न जान्नु पर्दछ । बदल्ने तरिका हो प्रेम अथवा ध्यान सेक्स नै योगको पहिलो सिंढी हो । किनकी सेक्समा नै दुईबीच निर्विचार मिलन हुन्छ । निर्विचार मिलनलाई नै योग भनिन्छ । सेक्सलाई अथवा आकर्षणलाई देख्दा होस पुऱ्याउने कला जानेमा त्यही समयमा चेतनाको अनुभव गर्न सकिन्छ । यही सेक्सलाई वा आकर्षणलाई देख्दा होस पुऱ्याउन नसकेमा त्यो सेक्स बच्चा जन्माउने कार्य वा शारिरीक सम्बन्ध मात्र हुन हुन पुग्दछ ।

 

स्त्रीलाई बेद पढन नदिनुको रहस्य

राजा जनकको समयको कुरा हो । राजा जनकले एक ठूलो पण्डितहरूको भेला बोलाए जहाँ शास्त्रहरूको बारेमा बाद–विबादमा जसले सबैलाई नाजवाफ बनाउँंण्दछ उसलाई एकहजार गाई जसका सिंगहरूमा सुन र हिराहरूले ढाकिएको थियो । यी गाईहरू पुरस्कार दिने व्यवस्था गरिएको थियो । राजा जनकको दरवारमा सारा पण्डितहरू कथावाचकहरूको उपस्थितिको साथै बादविवादहरू हुन थाल्यो । त्यसबेला महा–पण्डित यज्ञवलले सारा पण्डितहरूलाई नाजवाफ बनाए तर त्यही सभामा एक महिला गार्गीले उठेर यज्ञवललाई प्रश्न गरिन । त्यस समय अगाडि नै यज्ञवलले सबैलाई हराएको घोषणा गरिएको थियो । त्यही गाग्रीले यज्ञवललाई प्रश्न सोधिन तपाईँले भनेको सारा कुरा म स्वीकार गर्दछु, सारा परमात्माले बनाएको हो तर परमात्मालाई कसले बनायो ? यो प्रश्न सुन्नासाथ यज्ञबल क्रोधमा आए र भने स्त्रीहरू सदा नचाहिँने प्रश्नहरू मात्र गर्दछन् त्यसैले आजका दिनदेखि स्त्रीहरूलाई कुनै शास्त्र पढ्न र धार्मिक बादविवादमा उपस्थिति हुन रोक लगाउँदछ भन्ने घोषणा गरे । त्यही समयदेखि स्त्रीलाई बेद पढ्न, गायत्री मन्त्र भन्न रोक लगाइयो कारण यज्ञवलले गाग्रीको उत्तर दिन नसकेपछि यस्ता प्रतिबन्धहरू हिन्दू धर्ममा महिलामाथि लगाइयो ।

त्यसैले धर्म वैज्ञानिक अर्थात प्रमाण दिन सक्ने हुनुपर्दछ । धर्मलाई कुनै तर्कबाट खण्डन गर्न नसकिने हुनुपर्दछ । धर्मको सम्बन्ध परम्परा सँग होइन स्वयं सँग हुन्छ । कहिल्यै नमर्ने, कहिल्यै परिवर्तन नहुने जो भित्र–बाहिर एवं सवत्र छ । त्यसलाई नै सत्य भनिन्छ । सारा भूतहरू त्याग गरिदिँदा जे बाँकी रहन्छ त्यो नै सत्य हो । धर्म भयबाट र लोभबाट प्रेरित हुँदैन । धर्मलाई मान्ने होइन यसलाई त अनुभव गर्ने हो । सच्चा धर्म द्धन्दबाट हुन्छ मुक्त हुन्छ अर्थात एस वा नो भन्ने हुँदैन केबल सांक्षी हुन्छ । होसपूर्ण अवस्थालाई नै धर्म भनिन्छ । खोज्दै खोज्दै खोजबाट मुक्त हुनुलाई धर्म भनिन्छ ।

 

केही नगर्नेले मात्र कुनै गल्ती गर्दैनन्

जति–जति हामी असफल हुन्छौं त्यति–त्यति हाम्रो दिमाग शक्तिशाली हुँदै जान्छ । जुनबेला हामी आँफूले थाहा पाउने गरि खस्केका हुन्छौं त्यसबेला नदेखिने गरी हाम्रो दिमागका उर्जाहरू झनझन मजबुद हुँदै गइरहेका हुन्छन् कहिलेकाहीँ कुनैकामको लागि प्रयास धेरै पटकसम्म आवश्यक पर्दछ असफलतााको कोटा नपुगे सम्म सफल हुने कुरै आउँदैन ताओ धर्मका संस्थापक लाओत्सु असफलताको बारेमा प्रष्ट पार्दछन् । “सफलता पाउने एक मात्र माद्यम हो असफलता झेल्दै जानु । असफलता सफलताको शिलन्यास हो ।”

 

लक्ष्यधारी अकालमा मर्दैनन्

आफ्नो लक्ष्य प्राप्त नभएसम्म निरन्तर कार्य गरिरहने व्याक्तिहरू प्राय: अकालमा मर्दैनन् । यस्ता व्यक्तिहरू मृत्युको मुखमा पर्दा पर्दै पनि बचेका घटनाहरू यदाकदा सुन्न नपाइने होइन तर एउटै व्यक्ति ३८ पटकसम्म मृत्युको मुखबाट सही सलमन निस्कनु भनेको कुनै ख्याल ठट्टाको कुरा हुनै सक्दैन । एक अमेरिकन नागरिक जोन गोदार्डको कुरा हो यो । उनी हवाइजहाज दूर्घटनामा परेर पनि बाँच्न सफल भए भने जिउँदो गोहीको मुखबाट पनि फुत्केर भाग्न सफल भए । यस्तै तीन–तीन पटक दलदलमा फँसेर पनि उम्केर बाँचेका व्यक्ति हुन् उनी । १५ वर्षको उमेरमा उनले १२७ वटा साहशपूर्ण काम गर्ने लक्ष्य बनाई आफ्नो दिमागको भित्तामा टाँसेका थिए त्यसपछिबाट उनी आफ्नो लक्ष्य अनुरुप कार्य गर्न निरन्तर लागिरहे । उनले असी वर्षको उमेर सम्ममा ११४ वटा लक्ष्य पूरा गरिसकेका थिए । अन्तत: उनले आफ्नो पूरै लक्ष्य पूरा गरेरै छाडे यसरी स्पष्ट लक्ष्य बनाएर निरन्तर त्यसकार्यमा लागिरहने मान्छेको जीवन सुन्दर मात्र होइन अरुको भन्दा निकै शक्तिशाली समेत हुने कुरा गोदार्डको प्रसंगबाट प्रष्ट हुन आउँछ । गोदार्डको बाट मात्र होइन हामी स्वयंले यसरी नै लक्ष्य निर्धारण गर्दै निरन्तर कर्म गरिराखेमा हामी पनि आफ्नै तर्फबाट हर परिस्थितिहरू लाई जित्दै पूर्ण आयुसम्म शारिरीक र मानसिक रुपमा स्वस्थ भएर बाँच्न सक्दछौं ।

 

नकरात्मकताको उपयोगिता

नकरात्मक कुरा भनेको आगो जस्तो हुन्छ, सिधै छोएमा हात–खुट्टा जल्छ तर त्यसमाथि खाना बसालेमा खाने चिज पाक्दछ । अग्निलाई फालेमा खाना के ले पकाउने ? अत : नकरात्मक कुराहरूको सदुपयोग गर्दै अगाडि बढेमा मान्छे महा–मानव बन्ने हो । मूर्तिकारले हरेक ढुङ्गामा मूर्ति देख्दछ भने वैद्यले हरेक घाँसमा औषधी देख्दछ । त्यस्तै पतन हुने मान्छेले हरेक अवसरमा समस्या देख्दछ भने उन्नती गर्ने मान्छेले हरेक समस्यामा अवसरहरू देख्दछ । त्यसकारण नकरात्मकको उपयोगिता भनेको हरेक समस्यालाई अवसरहरूमा बदल्ने साहसिक विधि हो ।

यदि समस्याहरूलाई अवसरहरूमा परिवर्तन गर्न जानेमा हामी जेलमा परेपनि, दूर्घटनामा परेपनि, रोग लागेपनि अर्थात जस्तोसुकै समस्याहरू आएपनि हामीले समस्याहरू माथि विजय पाउन सक्दछौं । जस्तै उदाहरणको लागि ओ हेनरी जेलमा परे तर उनी जेलबाट पिडित हुनुभन्दा त्यस समस्याको सदुपयोग स्वरुप साहित्य लेख्न थाले । नभन्दै जेलमा परेकै कारण उनी विश्वकै अमर साहित्यकार बन्न पुगे । त्यस्तै दोस्तोयवस्की पनि जेलमा परेकै कारण उनले क्राइम एण्ड पनिसमेन्ट जस्ता कालजयी कृति लेख्न सफल भएका थिए । एज.जी. बेल्स दूर्घटनाकै कारण बाह्र वर्षसम्म घरमा नै बस्नुपर्ने अवस्था आयो तर उनले यही अवस्थालाई सदुपयोग गरी उनी सफल साहित्यकार बन्न पुगे ।

अमेरिकी नागरिक मिचेलको राम्रो अनुहार दूर्घटनामा जल्यो । जुन उनको जीवनको लागि अत्यन्त ठूलो समस्या थियो तर उनले यस कुरुप अनुहारलाई चुनावी नारा बनाई चुनाव जिति सांसद बन्न सफल भए । त्यस्तै महाकवि दाँतेले असफल प्रेमबाट उव्जिएको समस्यालाई महाकाव्य निर्माण गरि त्यस समस्यामाथि विजय प्राप्त गरेका थिए । “जहाँ स्वतन्त्रता समाप्त हुन्छ त्यहापनि अन्तिम स्वतन्त्रता बाँकी रहन्छ त्यो हो ध्यानको स्वतन्त्रता । यो स्वतन्त्रतालाई कसैले छिन्न सक्दैन ।” यो स्वतन्त्रतालाई सदूपयोग गर्न जानेमा हामीले हर समस्या माथि विजय प्राप्त गर्न सक्नेछौं, यहाँसम्म कि मृत्युमाथि समेत ।

यहुदी धर्मगुरु मोजेज भन्दछन् सम्पूर्ण ज्ञान टाउकोमा छ । जीसस भन्दछन् सम्पूर्ण हृदयमा छ । कालमाक्र्स भन्दछन् सम्पूर्ण चीज पेटमा छ । सिग्मण्ड फ्रायड भन्दछन् सम्पूर्ण चीज सेक्समा छ । आइन्सटाइन भन्दछन् सबैको सबैसँग घनिष्ट सम्बन्ध छ । त्यसैले परिस्थिति जस्तोसुकै होस मनस्थिति सदा होसपूर्ण अवस्थामा राखिराख तव नै सबैको सबैसँग सम्बन्ध हुन पुग्दछ ।

मानवलाई वेहोस पार्ने खतर्नाक उर्जाहरू पद, पदार्थ र परिवार नै हुन् त्यी मध्ये सेक्सको उर्जाले मानवलाई मात्र होइन सारा जीवलाई नै वेहोस पारिदिन्छ । सेक्स नसाहरूको पनि नसा हो । सेक्सको चरम अवस्थामा जीव संसारबाट, विचारबाट र स्वयंबाट मुक्त हुन्छ । यही कारणले सेक्समा आनन्दको अनुभव हुने हो तर यो बेहोसको आनन्द हो । त्यसैले सेक्सलाई परंम बेहोस भनिन्छ । यस उर्जालाई परम होसले मात्र काट्न सकिन्छ । वेहोसको रुपमा एकछिनको लागि मात्र भएपनि सारा विचारहरूबाट मुक्त हुने हुनाले सारा जीव सेक्सप्रति आकर्षण हुन्छन् । किनकी उनीहरूले ध्यान वा समाधी जानेका हुँदैनन् । सेक्सबाट नै बेहोसको समाधी प्राप्त गर्दछन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार