राेजी रोटीको लागि पशु पंक्षीले पनि कर्म गर्दछन् । उनीहरूले पनि सन्तान जन्माउने आफ्ना सन्तानहरूलाई प्रेम गर्ने, हुर्काउने आदि कार्यहरू गर्दछन् । उनीहरूले पनि आ–आफ्नो बासको व्यवस्था गर्दछन् । उनीहरूको पनि आ–आफ्नो समाज छ जस्तै भेडा सँगै रमाउँछ, काग कागसँगै रमाउँदछ आदि । मानवमा हुने धेरैजसो गुणहरू पशु–पंक्षीमा पाइन्छ त्यसैले त अधिकाश मानवहरू पशुपंक्षी जस्तै हुन्छन् । पशु पंक्षी र मानवमा केबल एउटा गुणको फरक छ । त्यो गुण हो ‘होस’ को अवस्था । मानवले होसलाई अनुभव गरेर स्मरण गरिराख्न सक्दछ भने पशुपंक्षीले होसको शक्तिलाई स्मरण गरिराख्न सक्दैन । यही होसको शक्तिलाई स्मरण गरिराख्न नसक्नाको कारण नै उसले केही समयपछि आफ्ना माता पिता बच्चा बच्ची सबलाई विर्सिन्छ । जव मानव बेहोस हुन पुग्दछ तव ऊ मृत्युलाई विर्सदै कु–विचार र कु–इच्छाको दलदलमा फँसी पशुपंक्षीहरू भन्दापनि निकै तल गिर्न पुग्दछ र स्वयं आफू, समाज र राष्ट्रलाई समेत विगार्न थाल्दछ । बेहोसले हाम्रो मनुष्य जीवन किन भएको हो भन्ने कुरालाई नै विर्साइ दिन्छ । र हामी केवल तछाड मछाडको भागदौडमा मात्र केन्द्रित हुन पुग्दछौं । जसबाट केवल मृगतृष्णा बाहेक अरु केही पनि प्राप्त हुँदैन । बेहोसपूर्णको अवस्थाले हाम्रो जीवनलाई नरकको जीवन बनाउँदछ, हाम्रो मनलाई सडाउँदछ । त्यसैले जीवनलाई विगार्नु र मनलाई सढाउनु छ भने बेहोसी कार्यहरूमा मात्र लागौं । जीवनलाई सुधार्नु र मनलाई शक्तिशाली बनाउनु छ भने सदा होसमा बस्ने गरौं । किनभने होस नै ध्यानको परमात्मा हो, योग हो, मोक्ष हो ।

विबाह के हो ?

प्रेम र रोमान्स भनेको भावनात्मक कुरा हो । त्यसैले त प्रेम र रोमान्स प्राकृतिक कुरामा आउँदछ तर विबाह भने प्राकृतिक होइन साँस्कृतिक कुरा हो । त्यसैले बिबाहको लागि भावावेश होइन बौद्धिक एवं तार्किक धरातल चाहिन्छ । विबाह एउटा सम्झौता हो त्यसैले यसमा जति बुद्धि पुऱ्याउन सकिन्छ त्यति नै यसको आयु लम्विन्छ । विबाहको अर्थ हो एक अर्काको कमी कमजोरीलाई पूर्ति गर्ने सम्झौता । त्यसैले प्रेम रोमान्समा जस्तो त्याग र बलिदानका कुरा यसमा आउँदैन । अर्को शब्दमा भन्ने हो भने यो कारोबार हो, दुई व्यक्तिबीचको व्यापार हो र त एउटा व्यक्ति घाटामा पर्नासाथ यसको सम्बन्ध समाप्त हुन्छ । जस्तै आफ्नो पत्नीले आँफूबाहेक अरुलाई मन पराउन थालेमा वा पतिले आफ्नो पत्नीबाहेक अरु महिलालाई मन पराउन थालेमा विबाहको सम्झौता अर्थात कारोवार वा व्यापार समाप्त हुन्छ । त्यसैले यस व्यापारलाई लामो समयसम्म रहिरहन दिन पति वा पत्नीका कमि कमजोरीहरूलाई नठुँग्ने प्रतिज्ञा गर्नु पर्दछ । किनभने हामीले खुसी हुनको लागि विहे गरेको हो समस्याको लागि होइन । समस्या समाधान गर्नको लागि दैनिक व्यायम एवं ध्यान गर्ने वातावरण बनाउनु पर्दछ । किनकी ध्यानले हामीलाई होसमा ल्याउँदछ । होस आउनासाथ सारा समस्याहरू स्वत: समाधान हुन पुग्दछन् । श्रीमान् एवं श्रीमतीका स्वभावहरूलाई कमजोर ठान्नु हुँदैन त्यही स्वभाव अनुसार व्यवहार गर्ने कला जान्नु पर्दछ ।

विलियम शेक्सपियर कसरी शेक्सपियर भए ?

अंग्रेजीका महान कवि विलियम शेक्सपियरको शारिरीक जन्म १९६४ मा बेलायतको स्ट्ेरडफोर्ड अन एभन भन्ने ठाउँमा भएको थियो । उनले स्कुल स्तरको साधारण शिक्षा बाहेक औपचारिक रुपमा कुनै विशेष शिक्षा अध्ययन गरेका थिएनन् । उनको बैबाहिक जीवन सन्तोषप्रद रहेन । त्यसैले उनी विवाह भएको केही समयमै लण्डन गए । गाउँ छोडेर लण्डन पुग्दा उनी सँग साहित्य सम्बन्धी कुनै जानकारी थिएन । लण्डन पुगेपछि उनले नाट्य घरमा घोडा हेर्ने काम गर्न थाले । त्यहाँ उनको संगत नाटककारहरू सँग हुन थाल्यो । संगतको फूललाई जीवनमा उतार्दै जाँदा उनलेपनि नाटकहरू लेख्न थाले विस्तारै उनका नाटकहरू मान्छेले चाख दिएर हेर्न थाले । सुरुमा उनले अरुकै नाटकहरूका आधारमा सामान्य फेरबदल गरी नाटक लेख्ने गर्दथे । पछि यही क्रमलाई जीवनमा उतार्दै जाँदा उनले मौलिक कृतिहरू रचना गरेर अम्मरता प्राप्त गरे ।

यसरी संगतलाई आफ्नै जीवनमा उतार्न जानेमा राम्रो सँगतले हामीलाई राम्रो बनाउँदछ भने नराम्रो सँगतले हामीलाई नराम्रो बनाउँदछ भन्ने कुरा हर ऐतिहासिक व्याक्तिहरूको जीवनकहानीबाट थाहा पाउन सकिन्छ त्यसैले नै हाम्रा हरेक शास्त्रमा संतसंग गर, सुन, व्यवहारमा उतार भनेर भनिएको हो । शेक्सपियरले निरन्तरको संगतसँगको संगतबाट अर्थात नाटककारहरूको संगतलाई आफ्नो जीवनमा उतार्दै गएर अदभूत खुवि निकाल्न सफल भए निरन्तरको अभ्यास पछि उनले हर नाटकहरूलाई कविताको रुपमा लेख्न थाले र उनले हर समय भन्ने गर्दर्थे :–‘सम्पूर्ण संसार एक नाचघर मात्र हो र सबै स्त्री–पुरुष नाच देखाउने पात्र नै हुन् जहाँ उनीहरूको आगमन र प्रत्यागमन भै नै रहन्छ ।’ शेक्सपियरले पढ्दै नपढेका पी एच डी को उपाधी पाए ।

जीवनभरमा कूल दुई वर्षमात्र स्कुलमा हाजिर भएका व्यक्ति हुन चार्ली च्याप्लिन तर फोर्ड जस्ता विश्वविद्यालयहरूले समेत उनलाई मानार्थ पि एच डी को उपाधीले सम्मान गरे । यस्ता हर कोही महान व्यक्तिहरूको जीवनीलाई जान्दै कसरी उनीहरू यस्ता महान भए र म कसरी हुने भन्ने खोज जीवनभर गरी नै रहनु पर्दछ । यही नै महान बन्ने शुत्र हो । जसले हामीलाई महा–मानव बनाउँदछ ।

चार्ली च्याप्लिन अत्यन्त दयनीय गाइने परिवारमा जन्मेका थिए । तिनी दुई तीन वर्षकै उमेरमा परिवार सँग सडकमा गएर पैसा बटुल्दै हिँड्न बाध्य भए । बेलाबखत पैसा नपाएर घरको स्टोभ जस्तो नभइ नहुने सामान समेत बेचेर खानेकुरा किन्न बाध्य हुन्थे । गाएर धान्न नसकेर अरुको घरेलु नोकर समेत भई उनले पटक पटक गुजारा चलाएका थिए । उनी लण्डनको गल्ली गल्लीमा घुमेर खाना खान समेत बाध्य भए । १४/१५ वर्ष पुग्दा बल्ल उनले कला एजेन्टलाई भेटे र त्यहीबाट जीवन परिवर्तन आउन थाल्यो । शुरु शुरुमा उनले सानो तिनो भूमिकाबाटै परम शान्ति लिंदै १६ वर्षकै उमेर पुग्दा–नपुग्दै ‘मेकि∙ अन लिभि∙’ जस्ता सफल फिलिममा नायकको रुपमा विश्व प्रसिद्ध भए । सन् १९१७ देखि अमेरिकामा समेत उनको माग हुन थाल्यो ।

उनी ३१ वर्ष हुँदा लण्डनका सडकहरूमा उनकै स्वागतको लागि खचाखच प्रशसकहरूको भीडले भरिएको हुन्थ्यो । जहाँ कुनैबेला उनी खान नपाएर मागेर खाने गरेका थिए । उनलाई एक ताका कम्युनिष्ट पक्षधर भएको आरोपमा अमेरिकी जासुस संस्थाहरूले सताए । र त्यहाँबाट लखेटेका पनि थिए तर पछि त्यही देश उनलाई ओस्करबाट सम्मान गर्न बाध्य भयो । यसरी दुई वर्ष पनि स्कुल नपढेको व्यक्तिले निरन्तरको अभ्यासबाट कलाको सर्वोच्च सम्मान पाए । त्यसैले निरन्तर गरिएको अभ्यासबाट जुनसुकै क्षेत्रमापनि सफलता प्राप्त गर्न सकिन्छ । तर निरन्तरको अभ्यास र आफ्नो मनले खाएको कुरामा हुनु पर्दछ । आफ्नो मनले खाएको कुरा के हो त्यसको पहिचान गर्दै निरन्तर त्यसैमा अगाडि बढी रहँदा सफलता हामी भएको ठाउँमा आँफै आएर घुँडा टेक्न पुग्दछ ।

‘हरेक मान्छे सित त्यो शक्ति छ जसले जीन्दगीलाई महान र मुक्त बनाउन सक्दछ, हामीले नयाँ संसारको लागि लड्नु पर्दछ…..जहाँ युवाहरूको लागि भविष्य र प्रौढहरूका लागि सुरक्षा हुनेछ ।’ चार्ली च्याप्लिन यस जगतमा, हाम्रो जगतमा, हाम्रो जीवन एक स्वप्न मात्रै हो । म किन दु:ख खेप्दै जीवन विताउँ ? त्यसैले मलाई जीवनभर ध्यानको नसा पिएर लठ्ठिन देऊ ।

धर्म र संसार

धर्म–समर्पण, भक्ति र श्रद्धामा केन्द्रित हुन्छ भने संसार बुद्धि र संकल्पमा केन्द्रित हुन्छ । वास्तवमा धर्म र संसार एउटै शक्तिका दुई रुपहरू मात्र हुन् । यी दुई रुपहरू मध्ये कुनै एक रुपबाट मात्र अगाडि बढ्दा त्यस एक रुपलाई अनुभव गर्न सकिदैन । धर्म र संसारको संन्तुलनबाट नै एक रुपको अनुभव गर्न सकिन्छ । धर्म र संसारको अनुभव गर्दै एकलाई प्राप्त गर्न सबभन्दा पहिले आफ्नो योग्यता बनाउनु पर्दछ जुन योग्यताले धर्म र संसारलाई जान्दै एकमा एकाकार गर्न सिकाउँदछ । योग्यता बनाउने तरिकाहरू हुन् नियमित रुपमा व्यायम, प्राणायाम र बन्धहरूको अभ्यास, ध्यान, आफ्नो साधनामा असर नपार्ने न कम न ज्यादा निद्रा, जीवनलाई नियमित एक रुटि∙मा संचालन गर्ने बानी, सतसंगत र अल्छिलाई समाप्त पार्दै कर्म गर्दै कर्तापन समाप्त पार्ने अभ्यास…..आदिले हामीमा धर्म र संसारलाई जान्दै अनेकलाई एकमा र एकलाई अनन्तमा एकाकार गराउने शक्ति स्वत: आउन थाल्दछ । किनकी ठूलाभन्दा ठूला रुखपनि वीऊमा नै लुकेको हुन्छ । त्यसैले आफ्नो योग्यता बनाउनासाथ हामी भित्रको वीऊबाट शक्ति प्रशारण हुन थाल्दछ । यही नै प्रकृतिको नियम हो । कामनाहरूबाट अर्थात इच्छाहरू बाट धर्म शुरु हुँदैन जव संसारका कामनाहरू बाट थाकिन्छ अथवा हारिन्छ तव नै धर्म शुरु हुन्छ । मनबाट अथवा इन्द्रियहरू बाट जे जानिन्छ त्यो संसार हो भने बेमनबाट अर्थात मनका इन्द्रियहरूबाट मुक्त भएपछि जे जानिन्छ त्यो नै धर्म हो । यसैलाई ध्यान भनिन्छ र ध्यानको निरन्तरतालाई समाधी भनिन्छ । मनबाट मुक्त हुनको लागि साधनाहरू निरन्तर गरिरहनु पर्दछ । धर्म सम्वन्धी जान्न शास्त्र पढ्नु पर्दछ, धर्म जान्न ध्यान गर्नु पर्दछ ।

श्वास नै जीवनको सबभन्दा महत्वपूर्ण उर्जा वा शक्ति हो त्यसपछिको शक्ति पानी र पानी पछिको उर्जा आहार हो त्यसैले प्राणयामलाई जीवनको रुपमा देख्न सक्नु नै रोग र शोकबाट मुक्त हुने संकेत हो । हामी जुन निवासमा छौं त्यो पृथ्वीमा अडेको छ तर पृथ्वी शून्यमा । यसको बोध हुन थालेमा शून्यताको खोज स्वत: हुन थाल्दछ । शून्यताको खोज नै ध्यान वा धर्मको खोज हो । शून्यतालाई जान्न नादमा विश्रामा लिनु पर्दछ । नादमा विश्राम लिन थालेपछि स्वत: शून्य हुन पुगिन्छ । यसरी स्वत: घट्ने घटनालाई नै योग वा ध्यानको समाधी भनिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार