काठमाडौं— त्रिभुुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी रोगका विशेषज्ञ डा. गोविन्द केसीले आफ्नो आठौं अनशन दुई साता पछि सारेका छन् । एमाले सांसदको लगानी रहेको मनमोहन मेडिकल कलेजलाई संसदमार्फत प्रतिष्ठान बनाएर सञ्चालन गर्न लागेकोसहित चिकित्सा शिक्षाका बेतिथि विरुद्ध केसीले ११ माघदेखि बस्ने भनेको अनशन स्थगित भएको हो ।

संसदको विधयेक रोक्न र डा.केसीलाई अनशन नबस्न भन्दै नागरिक अगुवाहरुले दवाव दिएपछि केसीले २४ माघसम्मका लागि अनशन स्थगित गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । ‘२४ गतेसम्म मैले राखेका माग पुरा नभए २५ गते साँझबाट अनशन बस्न बाध्य हुनेछु’, केसीले  अपराधसंग तुलना गर्दै नीजि मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने खेल भएको भन्दै त्यसप्रति पनि आपत्ति जनाए ।

यसैबीच नेपालको मेडिकल शिक्षाको सुधारका लागि डा. केसीले थालेको अभियानलाई साथ दिँदै चिकित्सक, क्रियाशील पेशाकर्मी, पत्रकार तथा नागरिक अगुवाहरुले सरकार र संसदलाई दबाव दिन चेञ्जडट ओआरजीमार्फत् डिजिटल हस्ताक्षर प्रारम्भ गरेका छन् । पुस १० मा संयुक्त वक्तव्यमार्फत मनमोहन मेडिकल कलेजलाई ऐन बनाएर विश्वविद्यालयस्तरको प्रतिष्ठान बनाउने कामप्रति आपत्ति जनाउँदै उक्त काम संसदबाट रोक्न दवाव स्वरुप डिजिटल हस्ताक्षर संकलन प्रारम्भ गरिएको बताइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार