यस दुनियामा तीन सय भन्दा बढी किसिमका धर्महरू छन् । हजारौं किसिमका शास्त्रहरू छन् । अन्ततलाई जान्ने अन्तत उपायहरू छन् तर निचोड एउटै त्यो हो ध्यान । शास्त्रहरूमा सम्पूर्ण कुराहरू फेला पार्न सकिन्छ तर शास्त्रमा परमात्मालाई अनुभव गर्न सक्ने मुख्य साँचो लुकाइएको हुन्छ । किनकी यो साँचो खतरनाक मात्र होइन अति खतरनाक हुने भएको हुनाले नै जुनसुकै शास्त्रमा पनि मुख्य साँचो लुकाइएको नै हुन्छ । त्यसैले शास्त्रलाई बाटो अर्थात मार्गको रुपमा मात्र लिइएको हो । कुनैपनि शास्त्रहरू मञ्जिल होइनन् त्यसैले शास्त्रहरू कण्ठस्त हुँदापनि ज्ञान अर्थात बुद्धत्वको अनुभव हुन सक्दैन उल्टो घमण्ड र अहंकार वृद्धि भएर आउँदछ । शास्त्रहरूको अध्ययन सकिसकेपछि शास्त्रहरूलाई छोड्ने कला जान्नु पर्दछ । शास्त्रहरू त केबल गुरुसम्म पुऱ्याउने मार्गहरू मात्र हुन् भन्ने कुरा जान्नु पर्दछ । शास्त्रहरूको अध्ययनबाट नै हामी संतगुरु कहाँ पुग्न सक्दछौं । शास्त्रहरूको अध्ययन विना गुरु खोज्न हिँडेमा हामी संतगुरु भएको ठाउँमा पुग्न सक्दैनौं । उल्टो जीवन भर भड्काइदिने अर्थात यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भन्ने फटाहाहरूको मा पुगिन्छ त्यसैले शास्त्र अध्ययन अति महत्वपूर्ण छ जसले हामीलाई संतगुरु कुन हुन भन्ने कुराको ज्ञान दिन्छ ।
यसरी हामी शास्त्रहरूको अध्ययनबाट संतगुरु कहाँ पुग्न सक्दछौं । संतगुरुले नै हामीलाई शरीर, मन र मृत्युको ज्ञान उपलब्ध गराउँदछन अर्थात जीवनको मुख्य साँचो उपलब्ध गराउँदछन् । जव संतगुरुले हामीलाई ब्चत या च्झझदभचष्लन को ज्ञान सिकाउँदछन् ।  र ब्चत या ीष्खष्लन को ज्ञान प्राप्त गरी सकेपछि संतगुरुलाई पनि छोड्दै हामी स्वयंको साधनामा लाग्नु पर्दछ । स्वयंको साधनाविना कुनैपनि उपलब्ध प्राप्त हुँदैन चाहे त्यो सांसारिक कार्यमा होस् अथवा धार्मिक कार्यमा होस् । स्वयंको साधनाबाट नै हामी मानवबाट महामानव बन्न पुग्दछौं, अज्ञानीबाट ज्ञानी, भोगीबाट योगी, बेहोसबाट होसमा आउन सक्दछौं । यसरी शास्त्रबाट गुरु पुज्न सकिन्छ । गुरुबाट दीक्षा प्राप्त गर्दै स्वयंमा प्रवेश गर्ने कला जान्नको लागि सदा ध्यान गर्ने गरौं ।

असार पूर्णिमालाई गुरु पूर्णिमा भन्नुको अर्थ
असारको अर्थ हो बादल नै बादलहरू भरिएको महिनालाई असार महिना भनिन्छ । जुन असारको महिनामा आकाशमा काला–काला डरलाग्दा बादलहरू मात्र देखिन्छन् । यी काला–कालाडर लाग्दा बादलहरूलाई अज्ञातको प्रतीकको रुपमा लिइएको हो । अज्ञान अर्थात कुविचारहरू, विचारहरू, इच्छाहरू र कु–इच्छाहरू लाई नै काला बादलहरूको प्रतीकको रुपमा लिइन्छ । पूर्णिमालाई परम गुरु अर्थात होसको अनुभव गराउने गुरु रुपमा लिइन्छ । यसरी कुविचारका काला बादलहरूलाई पूर्णिमाको ज्ञान पूर्ण प्रकाशले समाप्त पार्न सक्ने हुनाले नै असार पूर्णिमालाई गुरु गुरु पूर्णिमा भनिएको हो ।
गुरुको पासमा जुन प्रकाश छ त्यो प्रकाश पनि गुरुको आफ्नै प्रकाश होइन । त्यो प्रकाश परमात्माले उनीलाई दिएको एक अदभूत उपहार हो । त्यसैले गुरुलाई चन्द्रमाको प्रतीकको रुपमा लिइन्छ । होस नै परमात्मा हो । सुरज सदा उस्तै देखिन्छ तर चन्द्रमा मा घट्ने, बढ्ने, ठूलो हुने, सानो हुने कार्यहरू निरन्तर भै नै रहन्छ । यसको प्रतीकको रुपमा अर्थ यो हो की गुरु पनि पहिला अन्धकारमा नै थिए, हामी जस्तै भड्किएका थिए, हामी जस्तै अशान्त थिए । सांसारिक झन्झट, रिस–राग र कूविचारहरूबाट पार हुँदै पार हुँदै पूर्णिमाको चन्द्र झैं पूर्ण हुन पुगेका हुन् । यही कारणले नै अर्थात यीनै अनुभवहरूबाट नै परम गुरुमा सारा संसारिक कार्यहरूको अनुभव हुन्छ । यही अनुभवको कारण कुनैपनि संतगुरुहरूले हर भुलहरूलाई माफी गर्न सक्दछन् किनकी उनीहरूले पनि यो भूल गरिसकेका हुन्छन् त्यसैले उनीहरूमा माफी दिने शक्ति उपलब्ध हुन्छ । यिनै विविध कारणहरूबाट असारको पूर्णिमालाई गुरु पूर्णिमा भनिएको हो ।

एडोल्फमा हिटलर कस्ता थिए ?
हिटलरको नाम त हामीले धेरैले नै सुनिसकेका छौं तर हिटलर कसरी विश्व प्रसिद्ध बने यसबारेमा पनि केही जानकारी लियौं । हिटलर भित्र ठूलो शक्ति थियो यदि त्यो शक्ति उनले धर्ममा लगाएको भए उनीपनि मुसा, मोजेज जस्तै बुद्ध पुरुष बन्न सक्दथे तर उनी त्यो शक्तिलाई अधर्ममा लगाए र क्रुर अर्थात रावण बन्न पुगे । हिटलरले आफ्नो शरीरलाई असर पार्ने अर्थात जीवनको नियमलाई विगार्ने कुनै किसिमका आहारहरू प्रयोग गर्दैनथे । हरदिन शारिरीक, मानसिक एवं मृत्युको साधना गर्दर्थे नियमित रुपमा ध्यान गर्दथे । शरीर र मनलाई असर पार्ने कुनै आहार प्रयोग गर्दैनथे ।
शुरुका दिनमा हिटलरले चित्रकार बन्न खोजेका थिए तर प्रवेश परीक्षामा असफल भएपछि उनको योजना तुहियो । उनी पढन लेख्नमा पनि सुस्त थिए । उनको मनले खाएको विषय भने बोल्नु नै थियो र त उनी नियमित जस्तो रुखलाई भाषण सुनाउने गर्थे । उनले आफ्नो भाषण सुन्ने मानव श्रोतानपाएर भट्टीमा आउनेहरू लाई आँफैले पैसा तिरी रक्सी ख्वाई–ख्वाई आफ्नो भाषण सुनाउने अभ्यास गरे । उनले आफ्नो जीविकोपार्जन गर्न कार्पेट कुट्नेदेखि बाकस बोक्ने, हिउँ सोहर्ने जस्ता काम गर्न बाध्य थिए ।
सन् १९१४ मा प्रथम विश्वयुद्ध भयो र उनी रोजी रोटीको लागि पल्टनमा भर्ति भएर लडाईँ लडे । यस युद्धले उनलाई राजनीतिप्रति गहिरो चाख जगायो किनभने उनले त्यहाँ देशभक्तिका कुराहरू बोल्ने ठाउँ र स्रोता दुवै पाए र १९१९ मा जर्मन वक्स पार्टी मार्फत राजनीतिमा छिरे । शुरुमा यस पार्टीमा सात जना मात्र व्यक्तिहरू थिए । पछि हिटलरले यसको नाम नाजी पार्टी राखे । राजनीतिले उनको बोल्ने कलालाई उजागर गर्ने वातावरण दियो फलस्वरुप उनको भाषणले हजारौं हजारलाई जुरुक्क जुरुक्क उचाल्न थाल्यो । यही भाषण गर्ने जन्मजातको इच्छा एवं गुणमा टेकी उनी लोकप्रियताको शिखरसम्म पुग्न सफल भए र सन् १९२२ को संसदीय चुनावमा नाजी पार्टीले २३ वटा सिट जित्यो । भाषण कलाकै करण उनी अझै उत्तरोउत्तर प्रगति गर्दै रहे १९३३ मा राष्ट्रपति हिडनवर्गले उनलाई जर्मनीको चान्सलर नै घोषण गर्न वाध्य भए ।
हिटलर अनिद्राका रोगी थिए तर उनी यसबाट पीडित हुनुको साटो आसेपासे सित बसेर रातमा विचार विमर्श, योजना–परियोजना बनाउँदथे । त्यस्तै उनी शाकाहारी एवं मध्यपानबाट मुक्त थिए । उनी संगितका असाध्यै सौखिन थिए तर गाउन र बजाउन जान्दैनथे । उनी कुकुरलाई असाध्यै माया गर्थे । उनले आइमाई प्रति खासै चासो देखाएनन् तर उनी जति बादको दलदलमा फँसेका थिए यही कारण उनले इतिहासकै ठूला नर संहारहरू मध्ये एक नरसंहार गर्न पुगे ।
हिटलर कम्युनिष्ट विरोधी थिए । हिटलर कै कारण दोस्रो विश्व युद्ध भयो । पाँच करोड मान्छेले ज्यान गुमाउनु पऱ्यो । तीन करोड जति अपाङ भए । लगभग उनले जर्मनमा ६० लाख यहुदीलाई सिध्याए । ३० अप्रिल १९४५ मा उनी आत्महत्या गर्न बाध्य भए ।

सबभन्दा ठूलो शत्रु – कूविचार र कूइच्छा
कतिपय अवस्थामा रक्सी–चुरोट जस्ता खराव कुरा खाएको खाइ गर्नेहरू पनि दीर्घजिवी र तन्दुरुस्त देखिन्छन् भने यसको उल्टो कुनै दूव्र्यसनमा नपरेकाहरू पनि छिट्टै मरिरहेको एवं रोगी जीवन विताइरहेका भेटिन्छन् । यसको मुख्य कारण हो जन्मजातै सकरात्मक प्रवृति भएका मान्छेहरू दूव्र्यसनको बाबजुद पनि तुलनात्मक रुपमा स्वस्थ रहेको पाइन्छ भने नकरात्मक प्रवृति भएका व्याक्तिहरू कुनै दूव्र्यसनको प्रयोग नगरेपनि रोगी र छिट्टै मर्ने गर्दछन् ।
सकारात्मक हुनको लागि जीवनलाई एउटा निश्चित रुटिङमा संचालन गर्नुपर्दछ । परिस्थिति जस्तोसुकै आओस हाम्रो मनस्थिति सदा आफ्नो नियमित कार्यमा हुनु पर्दछ । सुत्ने, उठ्ने, खानपिन गर्ने, काम गर्ने, गफ–गाफ गर्ने आदिको एक निश्ििचत रुटिङ हुनै पर्दछ । यो रुटिङलाई कत्तिपनि गडवड हुन दिनु हुँदैन । आफ्ना गल्तीहरूलाई स्वीकार गर्दै हरेक नकरात्मक पक्षको सकरात्मक कुरा खोज्ने बानी बसाल्नु पर्दछ । योग–प्रणायाम, ध्यान र बन्धहरूको अभ्यासबाट पनि कूविचार र कूइच्छाहरूलाई शान्त पार्न सकिन्छ । कूविचारहरू र कूइच्छाहरू आउनासाथ मनलाई तुरुन्त परिवर्तन गरी अरु नै कार्यहरूमा केन्द्रित गरिहाल्ने बानी बसाउन थालेमा पनि यस्ता नकरात्मक हुने रोगहरूबाट बच्न सकिन्छ ।
अल्छीको लागि संकल्पको मार्ग चुनिहाल्नु पर्दछ भने अंहकारीको लागि तुरुन्त सर्मपणको मार्ग चुन्न जान्नु पर्दछ । यी दुई मध्ये आँफू कुन खालेमा परिन्छ यसको स्व अध्ययन गर्दै आँफैले आफ्नो बाटो रोज्नु पर्दछ । असफल भएर कुनैपनि चिज त्याग्नु हुँदैन सफल भएर मात्र त्यसलाई त्याग्न जान्नु पर्दछ तव नै त्यो त्याग दीर्घकालिन हुन्छ ।
जल बगिरहँदा पवित्र हुन्छ, अपवित्र वस्तुहरू मिसिदापनि बगिरहेको जलले त्यस अपवित्र वस्तुलाई पनि विस्तारै भएपनि पवित्र नै बनाएर छाड्दछ । जव त्यही जल बग्न छोड्दछ त्यो भन्दा अपवित्र अरु केही पनि हुँदैन । ठीक यस्तै बुद्ध पुरुषहरू जीवित हुँदा उनीहरूको अनुभव मार्फत बोलेका कुराहरू अति नै पवित्र हुन्छ, अरुलाई पनि जगाउन सक्दछन्, अरुलाई पनि मनबाट मुक्त गराउन सक्दछन्, शब्दबाट मुक्त गराउन सक्दछन् । जव उनीहरूको शरीरको परिवर्तन हुन्छ तव अबुद्ध पुरुषहरूले ती निशब्द शब्दमा ढाली अपवित्र बनाउँदछन् । शब्दहरू नै निशब्दका किचढहरू हुन् आवाजहरू नै बेआवाजका बाधकहरू हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार