yoga august 2016इन्द्रियहरूबाट बाहिरी पदार्थहरू मात्र देखिन्छ भने इन्द्रियहरू भित्र परमात्मा देखिन्छ । त्यसैले इन्द्रियहरूबाट देखिने सारा बस्तुहरू जस्तै प्रकाश र अन्धकार, प्रकृति र पुरुष, शरिर र मन, अण्डा र चल्ला…यी सारा एउटै शक्तिका दुई रुपहरू हुन् । शक्ति एउटै छ त्यो हो नदी किनार दुइटा छन् जवसम्म नदी जीवित हुन्छ तवसम्म किनारहरू हुन्छ, जव नदी आफ्नो मूल स्वरुप सागरमा गएर एकाकार हुन्छ तव नै किनारहरूपनि समाप्त हुन्छन् । विचारहरूबाट, तुलनाहरूबाट भेदको जन्म हुन्छ । भेद हाम्रो व्याख्या मात्र हो यथार्थ होइन । हाम्रो मनबाट सारा विचारहरू र इच्छाहरू समाप्त हुनासाथ अभेद देखा पर्न थाल्दछ विचारहरूले नै पंरम आनन्दलाई छेक्दै केवल आनन्द वा दु:खलाई मात्र देख्न थाल्दछ ।

अस्तित्वमा जे छ त्यो सारा अनादी एवं अनन्त छ । अस्तित्वमा जे छ त्यो कुनै पनि चिज नष्ट हुँदैन केबल परिवर्तन मात्र हुन्छ । नाम दिनासाथ पदार्थको जन्म हुन्छ नाम नदिनासाथ त्यही बस्तु अनादी र अनन्त हुन पुग्दछ । हामीसँग भएको बुद्धिले हर चिजलाई भेदको रुपमा मात्र देख्न सक्दछ । हाम्रो बुद्धिको गुण नै यही हो । त्यसैले अभेद रुपमा हेर्नको लागि बुद्धिलाई हटाउने कला जान्नु पर्दछ । आँखाले जुन चिज देख्दछ त्यो आकार बन्न पुग्दछ, हातले कुनै निराकारलाई छुन सक्द्रैन त्यसैले इन्द्रियहरूबाट हटेर देख्नासाथ सारा ब्रह्म अभेद हुन पुग्दछ । हातले कुनै निराकारलाई छुन सक्दैन । त्यसैले इन्द्रियहरूबाट हटेर देख्नासाथ सारा ब्रह्म अभेद हुन पुग्दछ तव नै यो सारा सृष्टि र स्रष्टा अद्धयत हुन पुग्दछ । इन्द्रियहरूबाट बाहिर जानको लागि शून्य हुने विधि जान्नु पर्दछ तव नै हामीले सारा सृष्टिलाई अभेदको रुपमा अनुभव गर्न सक्दछौं । जहाँ कुनै भेद नै छैन । परमात्माले बाहेक अरु कसैले कसैलाई समान बनाउन सक्दैन । भेदलाई जानेपछि मात्र अभेदलाई जान्न सकिन्छ । घरको भित्र जुन आकाश छ घर बाहिरपनि त्यही आकाश छ तर हेर्न जान्नु पर्यो । घर बाहिरको आकाश देख्न घरलाई छोड्न जान्नु पऱ्यो । अभेदलाई अनुभब गर्न आफूले आँफूलाई बदल्न जान्नु पर्दछ ।

हामी भित्रको चेतना र पदार्थलाई अलग गर्ने विधि जान्नासाथ भेदहरू अभेदमा बदलिन थाल्दछ । सारा बेद, उपनिषद, ब्रह्मसुत्र, सारा ऋषिहरू, कुरान, बाइबल, जडसुत्र, लाउत्से……आदि सबै यही भन्दछन् भेदलाई होइन अभेदलाई जान । अभेदलाई जान्नासाथ परमात्मासँग मिलन हुन्छ । पंरम आनन्द । ज्ञानीहरूले बोल्ने शब्दहरूमात्र फरक–फरक छन् अनुभव त एउटै छ त्यो हो अभेद । त्यसैले सही बाटोमा बसेर पनि विबादमा लागियो भने असफल भइन्छ भने गलत बाटो बाटपनि निरन्तर प्रयास गरिराखेमा लक्ष्यमा पुग्न सकिन्छ । भेदहरू सही बाटोमा बसेर गरिएका विवादहरू मात्र हुन् । भित्र–भित्र हेर्दै जाने हो भने अभेद नै फेला पर्दछ । जुनसुकै पदार्थहरूलाई पनि टुक्राउँदै गएमा अन्तत एउटै तत्व इलेक्ट्रोन फेला पर्दछ त्यही तत्व पदार्थ अभेद हो भने मनलाई वा विचार र इच्छालाई टुक्राउँदै टुक्राउँदै जाँदा केवल ध्वनि मात्र बाँकी रहन्छ । यही ध्वनि नै सारा विचारहरू र इच्छाहरूको अभेद हो भने यो दुइटा शक्ति एउटै शक्तिबाट बनेको छ त्यो शक्तिको शून्य निराकार । यही शून्यता अथवा निराकार नै पंरम अभेद हो ।

यही अभेदलाई अर्को दृष्टिबाट हेदा अज्ञान, ज्ञान र पंरमज्ञान । जस्तै म शरिर हुँ, म इन्द्रिय हुँ अथवा यो जगत नै सत्य हो बाँकी सब असत्य हो भनेर जान्नु अज्ञान हो । दोस्रो म शरिर होइन, इन्द्रियहरूपनि होइन भनेर जान्नु ज्ञान हो तर यो कुरापनि शरिर र इन्द्रियहरू नै छ, यसबाट मुक्त भएको पाइँदैन । शरिर पनि होइन, इन्द्रियहरूपनि होइन भन्ने शूक्ष्म अंहकार देखिन्छ भने अर्को तेस्रो ज्ञान छ पंरमज्ञान यस अवस्थामा अर्को नै किसिमको घटना घट्ना थाल्दछ कि म शरिर हुँ अथवा शरिर होइन, इन्द्रियहरू हुँ वा इन्द्रियहरू होइन । कुनैपनि अंहकार नहुनु पंरम शान्ति, पंरम शून्य केवल होसपूर्ण अवस्था । यही पंरम शून्यको अवस्थामा नै अभेदको जन्म हुन्छ । डुङ्गाहरू नदीलाई पार गर्ने साधनहरू मात्र हुन्, नदी पार हुनासाथ डुङ्गालाई छोड्नु पर्दछ तव नै लक्ष्यमा पुग्न सकिन्छ त्यस्तै शास्त्रहरू डुङ्गाहरू मात्र हुन् । पंरमशास्त्र प्राप्त गर्नासाथ शास्त्रहरूलाई सारा विधिहरूलाई छाड्नु नै पर्दछ ।

सफलता प्राप्त गर्ने मूल मन्त्र

पानी वाफ भइ आकाशमा उड्नको लागि १०० डिग्रीको तप चाहिन्छ । १ डिग्रीमात्र कम तताए पानी पानी नै हुन्छ, वाफ हुँदैन । ९९ डिग्रीसम्म तातिसकेको पानीलाई अर्को १ डिग्री नथपेसम्म पानी वाफ बन्न सक्दैन किनभने पानीको तल बग्ने स्वभावमा परिवर्तन आउँदैन । “मात्र १ डिग्रीमा पानीको पतन अथवा उत्थान टिकेको हुन्छ । ठिक यस्तै हो मान्छेको सफलता र असफलतामा पनि ।” त्यसैले सारा होस १ प्रतिशतमा राखिराख्नु पर्दछ ।

अर्को असफलताको ९९ प्रतिशत कारण हो उसको बहाना बनाउने बानी अर्थात असफलताको अर्को कारण हो बहानाबाजी । सफल हुनको लागि जीवनमा जे जस्ता अनुभब–अनुभूति हुन्छन् त्यी सबैको शत–प्रतिशत जिम्मेबारी आँफैले लिन सक्नुपर्दछ । आफ्नो स्वास्थ्यको, आर्थिक स्थिति, सामाजिक अवस्था, पारिवारिक अवस्था आदि इत्यादि सबै कुराको जिम्मेबारी शत–प्रतिशत रुपमा आँफुले नै लिनसक्नु नै सफलताको मूल कारण बन्दछ । आफ्नो जीवनमा जे जति घटनाहरू घटे, घटिरहेका छन् र घट्ने छन् ती सबैको शत–प्रतिशत जिम्मेबारी आँफै हो भनी अन्तर मनबाट स्वीकार गर्न थालेपछि हामी सफलताका सिंढीहरू चढ्न थाल्दछौं ।

आकाशे पानीलाई दोष लगाउने बानी भएपछि जमिनमुनीको पानी सम्झने कुरै आउँदैन । त्यस्तै गरिवहरूको माझमा बसेर धनी हुन सकिदैन । मूर्खहरूको समूहमा बसेर बुद्धिमान हुन सकिदैन । असफलताहरूको माझमा बसेर सफल हुन सकिदैन न त रोगीहरूको माझमा बसेर स्वस्थ हुन सकिन्छ । त्यस्तो ठाउँमा जन्मनु हाम्रो कमजोरी होइन तर त्यहाँ बसिरहनु भने निश्चयपनि हाम्रो कमजोरी हुन आउँछ । संगतले पनि हामीलाई सफल वा असफल हुनको लागि ठूलो भूमिका खेल्दछ । आफ्नो भाग्यको कारण असफल, रोगी वा गरिव भएको होइन संगतकै कारणबाट यसो हुन पुग्दछ । संगत फेर्ने जमर्को गरिएमा जीन्दगी अवश्य फेरिन्छ भविष्यमा जस्तो बन्ने हो त्यस्तै संगत खोज्नु पर्दछ ।

यसरी आँफूले शतप्रतिशत जिम्मा लिनुको मतलब सबै प्रकृयामा परिवर्तन ल्याउनु हो । प्रकृयामा परिवर्तन हुनासाथ परिणाममा पनि परिवर्तन आउनु प्राकृतिक नियम नै हो, विधि विधान नै हो । यिनै कुरा सबै क्षेत्रमा लागु हुन्छ । प्रतिष्प्रर्धामा, अन्र्तवार्तामा, जागिरमा, व्यापारमा, स्वास्थ्यतामा…….आदि आदिमा । अत: सम्बन्धित सबै कुराको शतप्रतिशत जिम्मा लिनु, आफ्नो कमी कमजोरी कहाँ रह्यो भनी जति सकिन्छ सवाल गर्दै जानु, होसपूर्ण अवस्थामा नयाँ नयाँ रणनीतिहरू बनाउँदै अगाडि बढ्दै जाँदा असफलता हुने सम्भाबना निकै कम हुन्छ ।

ज्ञानी व्यक्तिहरूसँग हुने गुणहरू

ज्ञानी व्यक्तिहरूसँग अथवा होसपूर्ण अवस्थामा बसिरहने व्यक्तिहरूसँग श्रेष्ठताको वा अहंकारको अथवा अभिमानको पूर्ण रुपमा अभाव हुन्छ । यदि यी गुणहरू कसैमा देखिएमा उ अज्ञानी भनेर जान्नु पर्दछ । तर यी गुणहरू एकदुई दिनको संगतलाई मात्र अनुभव गरेर निर्णय लिनु हुन्दैन । ज्ञानी व्यक्तिहरू सँग विनम्रता हुन्छ । उनीहरूलाई समाजको कुनै फिक्कर हुँदैन अथवा मान्छेले के भन्दछ भन्ने कुरामा मतलव राख्दैनन् । आफ्नो निर्विचार मनबाट जे देख्दछन् त्यही बोल्दछन् र गर्दछन् । अरुलाई सताउने कुनै कार्यहरू नै गर्दैनन् । सारा कमजोरी आँफैमा देख्छन् । सारा कम्जोरी आँफैमा देख्नुलाई नै क्षमा भनिन्छ । ज्ञानी व्यक्तिहरू कसैको पनि निन्दा गर्दैनन् । केवल होसपूर्ण अवस्थामा मात्र बसिरहन्छन् । ज्ञानी व्यक्तिहरू, बिना योजना सरल भाषामा बोल्दछन् । उनीहरूमा पूर्ण रुपमा शुद्धता हुन्छ । बाहिर र भित्र फरक फरक हुने व्यक्तिहरूलाई अशुद्ध व्यक्ति भनिन्छ । जस्तै पानीमा पानी नै मिसाउँदा पानी शुद्ध हुन्छ । दूधमा दूध मिसाउँदा दूध शुद्ध हुन्छ तर शुद्ध दूध र शुद्ध पानी मिसाउँदा त्यो पानी अथवा दूध दुवै अशुद्ध हुन पुग्दछ । यसरी ज्ञानी व्यक्तिको भित्र एवं बाहिर एउटै भाव हुन्छ । ज्ञानी व्यक्तिहरू जन्म र मृत्यु दुवैमा समान भाव राख्न सक्ने हुन्छन् । जन्म र मृत्यु दुवैमा समान भाव राख्न सक्ने हुन्छन् जन्म र मृत्यु एउटै शक्तिको दुई रुपहरूमात्र हुन भन्ने कुरा उनीहरूलाई मनैबाट थाह हुन्छ । यी आदि विभिन्न लक्षणहरू ज्ञानमा लाग्ने व्यक्तिहरू देखा पर्न थाल्दछन् ।

बाहिरी जीवनमा कि त लड्नु पर्दछ कि त भाग्नुपर्दछ भने भित्री जीवनमा केवल हर चीजलाई होस सँग मिलाउनु पर्दछ । जस्तै बाघले आक्रमण गरेमा कि लड कि भाग यो बाहिरी जीवन हो भने कूविचारहरू, कूइच्छाहरू भित्री जीवन हुन् । कूविचारहरूले आक्रमण गर्नासाथ तिनीहरू सँग भिड्ने वा भाग्ने काम गर्नु हुँदैन तिनीहरूलाई त होससँग निरन्तर मिलाइ रहनु पर्दछ । निरन्तरताले नै त्यो उर्जा ध्यानको उर्जामा परिवर्तन हुन पुग्दछ ।

दिब्य विचार भएका व्यक्तिहरू वैज्ञानिक बन्दछन् । नयाँ नयाँ खोजहरूको खोजी गर्दछन् जसले ब्रह्माण्डको बारेका ज्ञानहरू, जानकारीहरू उपलब्ध गराउँदछन् भने सुँगा टाइपका व्यक्तिहरू पिएचडी गर्दछन् । बुद्धिहिनहरू केही पनि गर्दैनन् । जुन टाइपका व्यक्तिहरू विचारबाट मुक्त हुँदै निर्विचारमा पुग्ने साधनाहरू गर्दछन् त्यस्ता व्यक्तिहरूले ब्रह्म जान्न सक्दछन् अर्थात नमर्ने उर्जासँग सम्पर्क गर्दछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार