ईश्वर कुनै कल्पना होइन, निर्विचार हुने शक्ति प्राप्त भएपछि स्वयंले गर्ने अनुभूति हो भनेर जान्ने हो कि ?

-- / प्रकाशित मिति : सोमवार, पुस ४, २०७३

हाम्रो शरीरलाई भोक र प्यास लाग्ने हुनाले हामीले कर्म त गरिरहनु पर्दछ । जुन कर्मले हाम्रो शरीरको भोक प्यास र रोगलाई मेटाउन सकोस र सांसारिक जगतमा सांसारिक मानव भएर बाँच्न सकियोस । यस्तो किसिमको कर्मले हामीलाई अन्तिम समयमा सुख दिन्छ, सन्तोष दिन्छ भने पृथ्वी नै अपहरण गर्न खोज्ने र मृत्युलाई भुलेर गरिएको कर्मले हामीलाई सुरुमा सुख दिएको मृगतृष्ण अनुभव भएपनि अन्तत: मृत्युको क्षणमा त्यही संग्रह अथवा सुख नै महादु:ख र पीडा बन्न पुग्दछ । त्यसैले बुद्ध पुरुषहरूले भनेका छन् जसले महा–सुख चाहदैन उसलाई महा–दु:खले छुन सम्म सक्दैन । ज्यादा पदार्थ अथवा सम्पतिको खोजी गर्ने व्यक्तिहरू सदा पदमा लुप्त भइरहने व्यक्तिहरूको अन्तिम क्षण भयानक दु:खदायी एवं पीडादायी हुन्छ जुन कुरा मनोविज्ञानले पूर्ण रुपमा प्रमाणित गरिसकेको छ ।

स्वस्थ शरीर नै सबभन्दा ठूलो सम्पति हो
एक रोगी व्यक्तिलाई गएर सोध्न सक्दछौं शरीरको मुल्य । त्यसैले स्वस्थ्यता नै सबभन्दा ठूलो सम्पति हो । शरीर स्वस्थ हुनासाथ सांसारिक पदार्थहरू त कर्म गर्नासाथ प्राप्त हुन थाल्दछन् त्यसैले शरीर के हो त यसलाई कसरी स्वस्थ बनाउने यसका उपायहरू जानौं । हर २४ घण्टामा एक आधा घण्टा शरीरलाई दिनासाथ यो शरीर स्वस्थ्य हुन थाल्दछ, शरीरमा ओज, तेज, जाँगर एवं उम∙ आउन थाल्दछ । शरीरकै माध्यमद्धारा धन आर्जन गर्न सकिने परिवार, समाज, राष्ट्र एवं मित्रहरू बनाउन सकिने हुनाले यो शरीर प्रति ध्यान दिनु हाम्रो पहिलो कर्तव्य हो बाँकी कार्यहरू त शरीर स्वस्थ्य भएपछि स्वत: हुन थाल्दछन् । स्वस्थशरीर भएका व्यक्तिहरू नै स्वस्थ रुपमा अथवा आनन्द सँग मर्न सक्दछन् । शरीर के हो त ? यो शरीरलाई निम्न भागमा बाँडी यस बारेमा जानकारी लिन सकिन्छ ।
भौतिक शरीर : भौतिक शरीरको निर्माण आहारबाट भएको हुँदा आहारमा सुधार नगरेसम्म अथवा आहार सम्बन्धि प्रयाप्त जानकारी नभइकन यसलाई स्वस्थ राख्न सकिदैन शरीर अस्वस्थ भएमा कुनै पनि लक्ष्य हाँसिल गर्न सकिदैन यही शरीरको माध्यमद्धारा नै सबै कार्यहरू गर्न सकिन्छ । अत: सफलता चाहनेहरूले न कम न ज्यादा प्राकृतिक एवं सन्तुलित आहार ग्रहण गर्ने बानी बसाल्नु पर्दछ ।
भाव शरीर : भौतिक शरीरको लगतै सुरु भएको शरीर भाव शरीर । भाव शरीरको भोजन हो प्रेम, करुणा, दया, क्षमा, परोपकार, शान्ति ….आदि । यी कुराहरू आँफुले मागेर पाइँदैन यस्ता कुराहरू त अरुलाई बाँडेर मात्र प्राप्त हुन्छ अन्यथा त्यो प्राप्त गर्न सकिदैन ।
बौद्धिक शरीर : भौतिक शरीर र भाव शरीर पछि मानवमा बौद्धिक शरीर जन्मन्छ । मान्छे र अन्य प्राणी छुट्याउने भेद पनि यही शरीर हो । बौद्धिक शरीरको आहार हो नयाँ–नयाँ कुराहरू सिक्दै जानु । यदि बौद्धिक शरीरले नयाँ–नयाँ कुराहरू सिक्न पाएन भने यसको उत्साह मर्दै जान्छ जुन कुरा सफलताको लागि ठूलो बाधा बन्न पुग्दछ । तन (शरीर) र मन (भाव) मात्र जोडेर पुग्दैन त्यसबाट उत्पन्न भएको बुद्धि पनि त्यहीँ जोडि आफ्नो क्षेत्रमा विशेषज्ञता हाँसिल गर्नु पर्दछ । अत: आफ्नो नीति हुनु पर्दछ कि सम्बन्धित क्षेत्रको नयाँ–नयाँ कुराहरू हरेक दिन सिक्दै जानु ।
उर्जा शरीर : हाम्रो चौथो शरीरको नाम हो उर्जा शरीर जसमा आभामण्डल र चक्र पर्दछन् । नकरात्मक विचारहरूले हाम्रो भौतिक, भाव, बौद्धिक एवं उर्जा शरीरलाई नराम्रो सँग असर पार्दछ । मूलधार चक्र नकरात्मक रहेमा ठूला धन प्राप्ति असम्भव हुन्छ भने स्वाधिष्ठान चक्र नकरात्मक रहेमा अरुलाई प्रभाव पार्न नसकी आँफू असफल भइन्छ । त्यस्तै मणिपुर चक्र नकरात्मक भएमा आत्मविश्वासको कमी हुन पुग्दछ जसको परिणाम स्वरुप ठूला र नयाँ काम आट्न नसकी स्वत: असफल व्यक्तित्व हुन पुगिन्छ । यसै गरी हृदयचक्र नकरात्मक भएमा धैर्यको अभाव हुन्छ भने विशुद्धि चक्र नकरात्मक भएमा भनेजस्तो गर्न नसकिने भइन्छ । त्यस्तै आज्ञा चक्र नकरात्मक भएमा विचार शक्ति ह्रास हुन्छ । सहस्रार चक्र नकरात्मक रहेमा बेला–बेलामा नराम्ररी नकरात्मक विचारहरूले सताउने जसबाट उम्किन नसकी आफ्नो निर्णय फेरेर पलायन हुनुपर्ने हुन्छ । त्यसैले नियमित रुपमा चक्र साधना गरी यी चक्रहरूलाई शुद्ध राख्नु पर्दछ । चक्र शुद्ध भएपछि आभामण्डल स्वत: तेजिलो हुन्छ । चक्रशुद्धिको लागि बन्धहरू को अभ्यास गर्नु पर्दछ भने मनलाई शरीरमा circulate गरिराख्नु पर्दछ । तव नै चक्रहरू शुद्ध हुन थाल्दछन् ।
आत्मा शरीर : आत्म शरीरको बोध हुनको लागि विचार, बुद्धि, तर्क, गणितबाट मन मुक्त हुनुपर्दछ त्यसैले कतिले यस शरीरबारे कहिल्यै बुझ्दैनन् । यसलाई तर्कको धरातलबाट बुझाउनु पर्दा :– कहिलेकाहीँ हामी ठीक चारबजे उठ्न चाहन्छौं र आँफू चारैबजे उठ्छु भनि संकल्प गरी सुत्दा चारै बजे उठिन्छ । त्यसबेला घडी हेरेर ठीक चार बज्यो भनि उठाउने को हो ? “त्यही नै आत्म तत्व हो” जुन शरीर र बुद्धि सुतिरहदा पनि ऊ उठी नै रहेको हुन्छ । अत: हामीसित भएको शरीर भाव, बुद्धि र उर्जा भन्दा शक्तिशाली यही आत्मा तत्व हुन्छ । त्यसैले यसलाई जान्नासाथ हामी पनि यो जस्तै शक्तिशाली हुन पुग्दछौं । यसलाई जान्नाको लागि निरन्तर साधना गरिरहनु पर्दछ ।
ब्रह्म शरीर : जसको उपस्थितिमा मात्र यो सारा प्रकृति, ग्रह उपग्रह, सुरज, ताराहरू र जीवहरू संचालित भइरहेका छन् । जुन निराकार छ, शून्य छ त्यही शून्यतामा, त्यही निराकारमा सारा आकारहरूको निरन्तर जन्म र विनास भइरहेको छ । यही हामीले देखिने प्रकृतिलाई अथवा आकारहरूलाई बुदहरू वा छालाहरू भनिन्छ जुन निर्माण हुन्छ फेरी समाप्त हुन्छ फेरी समाप्त हुन्छ । फेरी निर्माण हुन्छ । यसरी यो प्रकृया निरन्तर चलिरहन्छ । यो सारा प्रकृति जे मा अडेको छ त्यसलाई नै चेतनशिल शून्यता अथवा ब्रह्म शरीर भनिन्छ । मनलाई शून्य बनाउनु अथवा निर्विचार बनाउनु भन्नुको अर्थ यही चेतनशिल निराकारमा एक हुनु हो । त्यही चेतनशिल निराकार हामी भित्रपनि छ । जस्तै उदाहरणको लागि एक ठाउँबाट अर्को ठाउँमा जान सक्दछौं, हात चलाउन सक्दछौं तर हातलाई वा गोडालाई तोडेर–फोडेर हेर्दा त्यो उर्जा जसले हात गोडालाई संचालन गरेको छ त्यसलाई जान्न सक्दछौं । त्यही शक्तिलाई नै चेतनशिल ब्रह्म उर्जा भनिन्छ । हामी भित्र भएको चेतनशिल ब्रह्म उर्जालाई निर्विचार भएको खण्डमा मात्र ब्रह्माण्डमा व्याप्त ब्रह्म उर्जामा एकाकार हुन पुग्दछ र निरन्तको अभ्यासबाट मात्र यो कार्य सम्भव छ ।
अत: पहिलो शरीर स्वस्थ बनाउनको लागि न कम न ज्यादा प्राकृतिक आहार, न कम न ज्यादा निद्रा, योग, प्रणायाम आदि कार्य गर्नु पर्दछ । दोस्रो शरीर स्वस्थ बनाउनको लागि अरुलाई प्रेम गर्न जान्नु पर्दछ तव नै त्यही चीज अरुबाट प्राप्त गर्न सकिन्छ । तेस्रो शरीरको लागि निरन्तर नयाँ–नयाँ कुराहरू सिक्ने मन बनाइ राख्नु पर्दछ । नयाँ कुराहरू सिक्न खोज्दा आफ्नो मन जेमा छ त्यही सम्बन्धी कुराहरूको खोज गरिरहनु पर्दछ । चौथो शरीरको लागि बन्धहरू र मनको ऋष्चअगबितभ को साधना गरिरहनु पर्दछ ।
यसको परिणाम हो १०० प्रतिशत सफलता । किनकी यी नीति ल्याउनु, पालना गर्नु र जीवनमा उतारीरहनुको अर्थ हो आफूलाई अस्तित्वले पूर्णतया बदलिदिनु र आफू बदली सकेपछि मात्र आफूले खोजेको महान कुरा प्राप्त हुने प्रकृति भित्र छिपेको पूर्ण चेतनशिल निराकारको रहस्य हो । यस रहस्यलाई इस्मरण गरिराखौं । जसले हामीलाई मानवबाट महा–मानव बनाउँछ यसरी अन्तमा हामी यो भन्न सक्छौं कि निर्विचार हुने कला नै निराकारमा लुकेको शक्तिशाली आकारलाई स्वत: प्राप्त गर्ने रहस्य हो । त्यसैले निर्विचार हुनको लागि ध्यानको कला जान्नु पर्दछ । मनको आँखा कता इस्मरण गरिरहनु, मनको यात्रालाई बन्द गर्नु, मनलाई स्वयंमा कैद गरिरहनु, मनको एक्सिलेटरमा ब्रेक लगाइरहनु, मनको दीपलाई चौविसै घण्टा बालिरहनु, मनलाई आँफूभित्र खिचिरहनु, मनप्रति मन केन्द्रित गरिरहनु, राइट लिसनि∙ अभ्यास गरिरहनु लाई नै ध्यान भनिन्छ । जसले हामीलाई निर्विचार बनाउँदछ । निर्विचार हुनको लागि महान समस्या हो कूविचारहरू । यी कूविचारहरू लाई हटाउनको लागि ती कूविचारहरूलाई ती भन्दापनि ठूलो कूविचारहरू सँग भिडाउना साथ हामीमा आएका साना कूविचारहरू स्वत: हार्दछन् । त्यसैले कूविचारहरू सँग तुलना गराइदिन पर्दछ तव हामी शान्त हुन पुग्दछौं ।
नेपोलियनले आफ्नो भाग्यरेखा आँफै बनाए
नेपोलियन कोशिक नामक एउटा सानो टापुको सामान्य परिवारमा जन्मेका थिए । सानै हुँदा एकदिन ज्योतिषिकोमा हात देखाउन गए । “तिम्रो हातमा कुनै भाग्यरेखा छैन” ज्यातिषिले भने “भाग्यरेखा कस्तो हुन्छ कहाँ हुन्छ” नेपोलियनले जिज्ञासा प्रकट गरे । ज्योतिषिले बताए अनुसार उनले चक्कु लिएर भाग्यरेखा चरर चिरी नयाँ भाग्यरेखा बनाए । यसरी जन्मदाको समयमा भाग्यरेखा नभएका नेपोलियन आफ्नो हातमा नयाँ भाग्यरेखा बनाइ आफ्नो समयमा सबैभन्दा शक्तिशाली सम्राट बनेर देखाइदिए । यसरी ऐतिहासिक व्यक्तिहरूको इसाराबाट चतुर व्याक्तिले बुझिहाल्दछ कि संकल्प र पुरुषार्थबाट जो पनि ऐतिहासिक व्यक्ति बन्न पुग्दछ न नि नेपोलियन मात्र त्यसैले निरन्तर रुपमा पुरुषार्थमा लागिराखौं ।
इलोक्ट्रोन, पोट्रोन र न्युट्रोन कसले बनायो ? विज्ञानसँग कुनै उत्तर छैन । ठीक यसरी नै ईश्वरलाई कसले बनायो ? धर्मसँग कुनै उत्तर छैन । दुवै चुप हुन पुग्दछन् । यही चुपमा नै, मौनता नै, निर्विचार अवस्थामा नै अज्ञानको अनुभूति हुने सम्भावना छ । त्यसैले ईश्वरको खोजी होइन कसरी मौन हुने ? कसरी विचारहरूको मृत्यु गर्ने भन्ने उपायको खोज गरिराखेमा घटना घट्नसक्ने सम्भाबना छ, केवल सम्भावना । धर्म र विज्ञानको बादबिबादमा नजाउ । विज्ञान र धर्म एउटै उर्जाका दुई रुपहरू मात्र हुन् । शरीर र विचार विज्ञान हो भने निर्विचार धर्म हो । शरीर र विचार छाल–तर∙ हो भने निर्विचार सागर हो । स्वत: घटिरहने कार्यहरूलाई नै ईश्वरीय कार्य भनिन्छ ।