सदा स्वस्थ एवं प्रसन्न रहनको लागि आसनहरू गर्दै मनको यात्रा बन्द गर्ने तिर पनि लाग्ने हो की ?

  • मान्छेको जीन्दगी बदल्नु छ भने ठूलो संघर्ष गर्नु पर्दैन केवल मनलाई अथवा विचारलाई होसपूर्ण अवस्थामा राख्न जानेमा मान्छेको जीन्दगी तत्काल बदलिन थाल्दछ । मनमा अथवा विचारमा गलत भावहरू आउनासाथ स्वयं कमजोर हुन पुगिन्छ ।

  • श्वास र मनको अति नै घनिष्ठ सम्बन्ध हुने हुनाले मनको यात्रा बन्द गर्न अथवा मनलाई स्वयंमा केन्द्रित गर्नको लागि सबभन्दा पहिलो विधि हो तीन चार पटकसम्म लामो श्वास भर्ने र लामो संग छोड्ने त्यसपछि हाम्रो मनलाई सम्पूर्ण शरिरमा फैलाई रहने । यसको अर्थ यो हो कि हाम्रो मनलाई रगतको साथमा टाउको देखि पैतलासम्म पैतलादेखि टाउकोसम्म निरन्तर सर्कुलेट गरिरहने, यो कार्यपछि हाम्रो मनलाई श्वास–प्रश्वासमा केन्द्रित गर्ने श्वास लिंदा र श्वास छोड्दा कत्तिपनि बलको प्रयोग नगर्ने केवल त्यस श्वास–प्रश्वासको प्रकृयालाई मात्र हेरिरहने । यो कार्यपनि दुई तीन मिनेटसम्म गरिरहने तव नै हाम्रो श्वास–प्रश्वास क्रिया अति मन्द हुन पुग्दछ । जव यो अवस्थामा पुगिन्छ तव मनलाई केवल सुन्ने कार्यमा मात्र केन्द्रित गर्ने अर्थात त्यस समयमा जे घटना घटिरहेको त्यसैलाई सुनिरहने । कुनै क्रिया–प्रतिक्रिया नगर्ने केवल सुनिरहने ।

    यही साधना पद्धतिलाई नै मनको यात्रा बन्द गर्ने अथवा मनलाई स्वयंमा कैद गर्ने विधि भनिन्छ । यसैलाई नै होसपूर्ण अवस्थामा बस्ने विधी भनिन्छ । यसैलाई नै योग, ध्यान, धर्म, समाधि, कुण्डलिनी …..आदि विभिन्न नामले जानिन्छ । यही अवस्थामा नै हामी भित्रको शास्त्र प्रकाशित हुन थाल्दछ न कि धर्मशास्त्रहरू पढेर । धर्मशास्त्रहरू त केवल सिंढीहरू मात्र हुन् । चढ्नको लागि त आँफै अभ्यास गरिरहनु पर्दछ । श्वास र मनबीचको सम्बन्धलाई जान्दै श्वासलाई लामो सँग भर्ने, रोक्ने, लामो सँग छोड्ने र छोडेर पनि रोक्ने यस अन्र्तगत पर्ने विभिन्न विधिहरू निरन्तर गरिरहेमा हामी भित्रको बुद्धत्व सहज रुपमा प्रकाशित हुन पुग्दछ ।

    हाम्रो सम्पूर्ण विचार, बुद्धि र तर्कलाई इमोशनले समाप्त पारिदिन्छ यदि मानसिक साधना गर्न जानिएको छैन भने जस्तोसुकै बुद्धिमान मानिसपनि इमोशनको अगाडि बेहोस हुन पुग्दछ त्यसैले शेक्सपियरले ‘लभ इज ब्लाइण्ड’ भनेका हुन् । किन भने लभ भनेको इमोशन अर्थात भाव हो । यसलाई कुनै पनि बुद्धिले छेक्न सक्दैन, तर्कले रोक्न सक्दैन न त गणितले नै बाँध्न सक्छ । त्यसैले इमोशनलाई रोक्ने एक मात्र विधि हो होशपूर्ण अवस्थामा बसिरहन सक्नु जसको लागि मनको साधना गर्ने विधि जान्नु पर्दछ । जुन विधि श्वास–प्रश्वाससंग सम्बन्धित छ, मनलाई स्वयंमा कैद गनु सँग छ । इमोशन अर्थात भाव अर्थात बुद्धिले विकास गराउँदछ, सम्पति निर्माण गराउँदछ बुद्धिले तर बुद्धिले आनन्द दिँदैन, मुक्ति दिँदैन, शान्ति दिँदैन । शान्ति, आनन्द र मुक्तिका लागि त ज्ञान चाहिन्छ ज्ञानको अर्थ हो मानसिक साधना न कि धेरै सर्टिफिकेट भएका व्यक्तिहरू ।

    मानसिक विकासको सही परिभाषा हो परिस्थिति जति बदलिएपनि मनस्थितिमा कुनै परिवर्तन नआउनु लाई नै मानसिक विकास भनिन्छ । तर हाम्रो मनस्थिति त परिस्थिति अनुसार चल्दछ । शारिरीक, मानसिक एवं मृत्युको साधना गर्न नजान्नाले नै हाम्रो मनस्थिति परिस्थिति अनुसार पर्दछ । चाहँदा चाहँदै पनि मन बदल्न नसक्नुको मुख्य कारण के त भन्दा हामी पूरै मनलाई एकमुष्ट बदल्न खोज्दछौं ।

    बौद्धिकताको मामिलामा हामी मान्छे जस्तो प्रतीत हुन्छौं तर इमोशनको मामिलामा भने हामी पशुतुल्य नै छौं त्यसैले हामी अर्ध मानिस हौं । आधुनिक शिक्षाको सम्बन्ध केवल बुद्धि संग मात्र छ । ज्ञानसंग छैन । त्यसैले हामी इमोशनको समयमा पागल हुन पुग्दछौं यदि हामी सँग ज्ञान शक्ति हुन्थ्यो त हामी जस्तोसुकै इमोशनको समयमा पनि होसपूर्ण अवस्थामा बस्न सक्दथ्यौं । त्यसैले शिक्षा अजेन्ट हो महत्वपूर्ण होइन किन भने विना शिक्षा पनि मान्छे बाँच्न सक्दछ तर रोगी र पशुतुल्य भएर । खानका लागि, मोज मज्जा गर्नका लागि त कुकुर, गधा…..पनि बाँचि रहेका हुन्छन् । यदि त्यस्तैमा बाँच्ने हो भने हामी कुकुर हौं । कोही कोही त साँच्चिकै भुक्न थाल्दछन्, बरबराउँछन्, गाली गर्न थाल्दछ्न । यस्तो अवस्थालाई अंग्रेजीमा बार्कि∙ पनि भनिन्छ । गाली रोक्नु पऱ्यो भने अंग्रेजीमा डन्ट बार्क मी पनि भन्ने गर्दछन् ।

    सम्पति कमाउँदै जानु विकास होइन, शिक्षा र सत्ता पाउँदै जानु विकास होइन । घरपरिवार तथा मानप्रतिष्ठा उपलब्ध हुनु पनि विकास होइन । विकास भनेको त्यो हो जसको मन मानसिक रुपमा सवल हुँदै गएको छ, प्रवल हुँदै गएको छ । हामी सानो सानो कुरामा डराउँदछौं, हामीलाई सानो सानो कुराले उत्तेजित पार्दछ । हामीलाई अर्थ न बर्थको कुराले पनि विचलित पार्दछ । यस्ता यावत कुराले यदि हाम्रो मनमा कुनै हलचल ल्याएन, असर पारेन भने मात्र हाम्रो मानसिक विकास भएको ठहरिन्छ यही मान्छेले खोजेको विकास हो । यसैले अन्तिम शिखर मुक्ति हो । मानसिक विकासको सही परिभाषा हो परिस्थिति जति बदलिएपनि मनस्थितिमा कुनै परिवर्तन नआउनु लाई नै मानसिक विकास भनिन्छ । तर हाम्रो मनस्थिति त परिस्थिति अनुसार चल्दछ । शारिरीक, मानसिक एवं मृत्युको साधना गर्न नजान्नाले नै हाम्रो मनस्थिति परिस्थिति अनुसार पर्दछ । चाहँदा चाहँदै पनि मन बदल्न नसक्नुको मुख्य कारण के त भन्दा हामी पूरै मनलाई एकमुष्ट बदल्न खोज्दछौं । यदि मनलाई बदल्नु छ भने मनका सम्पूर्ण आधार रुपि स–साना कुराहरूलाई बुझ्नु पर्दछ । मानसिक विकास भनेको कुनै पनि परिस्थिति र परिवेशमा पनि हाम्रो मन अविचलित र स्थिर रहनु हो । रिसाइरहदा पनि मनको केन्द्रमा होसपूर्ण अवस्थाको महशुस गरिरहनु पर्दछ । यही अवस्थालाई नै मनको मालिक हुन सक्नु भनिन्छ ।

    मस्तिष्क भन्नाले बुद्धि, तर्क, खोज र गणित । हृदय भनेको माया, प्रेम, भावना, आस्था…..आदि । मस्तिष्कको स्तरमा मानिसलाई सजाय हुनुपर्दछ तर हृदयमा पनि यो सजायको भाव छ भने हामी खतम हुन पुगिन्छ जसको कारण प्रेम र विश्वास मर्दछ । जहाँ प्रेम र विश्वास मर्दछ त्यहाँ रोग सुरु हुन्छ । त्यसैले हामीले सजाय दिंदा मस्तिष्कको स्तरबाट दिनुपर्दछ, हृदयको स्तरबाट होइन । यहाँनेर महाभारतको प्रश∙ अति उचित छ । धर्मराज युधिष्ठिरले युद्धमा एक जना राजालाई मार्न के आँटेका थिए उक्त राजाले युधिष्ठिरको मुखभरी थुकेछन् । यसको लगत्तै युधिष्ठिरले हतियार फ्याकिदिए र भने “तँलाई म भोलि सिध्याउँछु किनभने अहिले मलाई रीस आएको छ ।” स्पष्ट छ सजाय दिंदा नेगेटिभ भइयो भने कर्मबन्धनमा फँसिन्छ , कर्मबन्धन भन्दा ठूलो बन्धन अरु केही पनि छैन । कति तथष्ठ थिए धर्मराज युधिष्ठिर । यही धार्मिकताको पहिचान हो, मानसिक विकासको लक्षण हो । अहिले रिसायो अहिले नै बच्चाहरूको जस्तै रीस छाड्न सक्यो भने मात्रै हाम्रो जीवन धन्य हुन्छ । यही नियन्त्रणले हामीलाई शक्ति दिन्छ, मुक्ति दिन्छ ।

    मानिसले जुनकुरा सोचिरहन्छ त्यही सोचाइका आधारमा उसको मानसिकता निर्माण हुन्छ । मानसिकताको आधारमा न्युरो केमिकल बन्दछ र त्यही न्युरो केमिकलले यथार्थलाई जन्माउने गर्दछ । त्यसैले सफल र असफल हुने कुरा मान्छेको विचारमा भर पर्दछ । किनभने विचारबाट नै मष्तिष्कको रसायन सक्रिय हुन्छ र त्यसैबाट यथार्थताको जन्म हुने कुरा स्पष्ट छ । मान्छेको जीन्दगी बदल्नु छ भने ठूलो संघर्ष गर्नु पर्दैन केवल मनलाई अथवा विचारलाई होसपूर्ण अवस्थामा राख्न जानेमा मान्छेको जीन्दगी तत्काल बदलिन थाल्दछ । मनमा अथवा विचारमा गलत भावहरू आउनासाथ स्वयं कमजोर हुन पुगिन्छ । मनोविज्ञानले भन्दछ जसमाथि गालि गरिन्छ आफ्नो शक्ति उहीमाथि जान्छ । यसको विपरित कुनै महापुरुष अथवा बैज्ञानिक पुरुषका बारेमा एकदिन कल्पना गऱ्यौं अथवा उसका विचारमा याद गर्नासाथ गालीको ठाउँमा आनन्द र शान्त आउन थाल्दछ । हामी असफल छौं, रोगी छौं वा गरिव छौं भने यसबाट पूर्णता दिन कोसिश गरिरहनु पर्दछ, आफ्नो मनले नै खाएको काम प्रति सदा लागिरहनु पर्दछ । आफ्नो सोखप्रति कर्म गरिरहने अर्थात मेहेनत गरिरहने कार्य गर्न थालेमा मान्छेले सजिलै आफ्नो जीवनलाई सहज र सफल बनाउन सक्दछ । यसको लागि आँफूमा जे गुण छ त्यही गुणलाई नै अगाडि बढाउन कोशिष गरिरहनु पर्दछ । यस्ता व्यक्तिहरू नै सफल, स्वस्थ एवं सदा प्रसन्न भइरहन सक्दछन् । यसलाई नै जीवन परिवर्तन गर्ने वैज्ञानिक विधि भनिन्छ जसको लागि उत्साह, साहस, लगनशिलता र धैर्यता चाहिन्छ ।

    प्रसन्ता : यदि रोगहरूबाट मुक्ति पाईँदैन भने पद, पदार्थ र परिवार भएर मात्र के गर्ने यदि रोगै छैन भने सारा उपलब्धिहरू स्वयंले आर्जन गर्न सकिन्छ कसैको सहारा चाहिँदैन । अरुको सहारा नै नरक हो । यसरी अरुको सहारा एवं रोगहरूबाट बच्नको लागि सदा आफ्नो शरिरप्रति प्रेम गर्दै आसनका अभ्यासहरू गरिरहनु पर्दछ जसले शरिरलाई स्वस्थ बनाउँदछ । सदा सत्संगको अभ्यास गरिरहेमा प्रसन्नताको लागि सेक्स, संगीत एवं नसाहरूको आवस्यकता नै पर्दैन । नसाहरूबाट प्राप्त हुने प्रसन्नता क्षणिक हुन्छ । नसा समाप्त हुनासाथ मन बढी दु:खी हुन पुगिन्छ भने सत्संगबाट प्राप्त हुने प्रसन्नता पल–पल बढ्दै गइरहन्छ जसबाट सारा मनलाई बेहोस बनाउने बस्तुहरू स्वत: नै छुट्न पुग्दछन् । तव नै हामीमा पूर्ण आयुसम्म स्वस्थ प्रसन्न हुँदै कर्म गर्ने शक्ति प्राप्त हुन्छ ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार