ध्यान, एकाग्र, सत्संग, प्राणायाम, आसन, जीम वा विहानीको हिडाई पनि नगर्ने हे मान्छे ! याद गर !! यमराजको साथ अस्पतालको बास होलास् ?

  • गालीमा अपमानमा मात्र नभई पद पदार्थको प्राप्तिमा पनि जागृत भएर नै बसिरहनु अर्थात रातदिन बोधपूर्ण अवस्थामा बसिरहनुलाई नै अखण्ड स्मरण भनिन्छ ।

  • समाधी, साख्य, सर्मपण र ध्यानको कुरा छाडौं । जसले आफ्नो मनलाई एकाग्र बनाउन जान्दैन, जो सतसंगमा रुची राख्दैन, जसलाई प्राणायाम र आसनहरू गर्ने प्यास जाग्दैन अनन्त: विहनीको हिंडाइलाई समेत आलस्यमा विताउँदछ अर्थात विहान शरीरलाई स्वस्थ बनाउने उद्देश्यले हिडाइको समेत काम गर्दैन हे मान्छे याद गर, तिमीहरू नै अस्पतालको बास एवं अस्पतालमा भएका यमराजहरूको साथमा हुन पुग्दछन् । तडपी–तडपी, रुँदै–रुँदै, नयाँ–नयाँ रोगहरूबाट पीडित हुँदै नबाँच्ने तर बाँच्ने झुटो आशामा यमराजहरूलाई नै भगवान सम्झँदै बच्न बाध्य हुन पुग्दछन् । त्यसैले शारिरीक रोग र मानसिक पीडाबाट बच्नको लागि शरीर र मनलाई स्वस्थ बनाउनको लागि हर चौविस घण्टामा एक आधा घण्टाको समय निकाल्ने कोशिस गरौं । यही समय नै जीवनमा काम लाग्दछ । अन्यथा जीवनभरको कमाई र प्रसन्नता क्षणभरमा नै समाप्त हुन पुग्दछ । रोगी तुरुन्त मर्दैन पीडा नै पीडामा दूर्गन्धित भएर बाँच्न बाध्य हुन पुगिन्छ । रोग र शोक नै सबैभन्दा ठूलो दु:ख हो । यसबाट बच्न स्वस्थ हुँदाबाट नै तयारी गरिरहनु पर्दछ । तव नै रोग र शोकबाट सहजै बच्न पुगिन्छ ।

     

    अवगुण र गुणहरूको तुलना गरौं

    माछालाई बल्छीमा फसाउनु छ भने बल्छीवालालाई मन पर्ने आहार होइन माछालाई नै मन पर्ने आहार हाल्नु पर्दछ त्यसैले सुरुमा आफ्नो रुचिको होइन उसैको रुचीका कुराहरू गर्नु पर्दछ तव मात्र विस्तारै आफ्ना कुराहरू राख्ने विधि जान्नुपर्दछ । मनका विज्ञहरूको खोज अनुसार हर मानव आफ्ना कुराहरू मात्र सुनाउन चाहन्छन् । अरुका नराम्रा कुराहरू सुन्न रुचाउँदछन्, अरुका उन्नति प्रगतिका कुराहरू सुन्न चाहदैनन् । व्यक्तिहरूको रुचिलाई पहिचान गर्ने कला जानेमा र सोही अनुसारको वातावरण तयार गर्न जानेमा अरुलाई सहजै आफ्नो बनाउन सकिन्छ । जागरण, बोध, सजग, विवेक, स्मरण, होस नै विधिहरू हुन् । अरुलाई रुचि नभएका कुराहरू उनीहरू सँग गर्नु केवल समय नष्ट गर्नु मात्र हो । अत: हरेकको रुचिलाई ध्यानमा राख्दै व्यवहार गर्ने बानी बसालेमा राम्रो हुन सक्दछ । यस संसारमा हरेक मानव कुनै न कुनै रुपमा आँफूलाई विशेष रुपमा लिइरहेको हुन्छ । यो कुरालाई जानी राख्नु पर्दछ । आँफूसरह ऊ पनि महत्वपूर्ण हुन सक्दछ भन्ने कुराको स्मरण गरिरहनु पर्दछ । जस्तो बीज उस्तै वृक्ष भनेजस्तै उसको विचारबाट नै उसको व्यक्तित्व थाहा हुन्छ । व्यक्तिको रुचिलाई ध्यानमा राखेर व्यवहार नगरेमा उसलाई आफ्नो बनाउन सकिदैन । व्यक्तिको रुचिमा उसको प्राण हुन्छ त्यसैले रुचि अनुसार नै व्यवहार गर्न जान्नुपर्दछ । यसरी व्यवहार गर्न सक्ने व्यक्तिले नै अरुलाई आफ्नो बनाउन सक्दछ । मनको शक्तिको मूल श्रोत विवेक अर्थात होस नै हो । होसलाई कुनैपनि हालतमा फुत्किन दिनु हुँदैन तव नै कसैलेपनि बेहोस बनाउन सक्दैन ।

    सहज सन्तोष र कृतिम सन्तोष

    कृतिम सन्तोष त्यसलाई भनिन्छ जुन बहुत प्रयत्न गर्दापनि प्राप्त हुँदैन तव उसले विचार गर्दछ कि यो प्राप्त भएन कर्ममा नै रहनेछ अब भाग्यमा नभएकोले सन्तोष गरौं । जव प्राप्त हुने सम्भावना मिल्दछ तव त्यो सन्तोष समाप्त हुन्छ । प्राप्त नभएपछि चित्त वा मन बुझाउने उपायलाई कृतिम सन्तोष भनिन्छ । सहज सन्तोष त्यसलाई भनिन्छ मनबाट नै इच्छाहरू स्वत: समाप्त भएको अवस्था । इच्छाहरू समाप्त तव हुन्छन् जव नमर्ने उर्जालाई जान्न थालिन्छ यसैलाई नै सबैभन्दा ठूलो प्राप्ति भनिन्छ यही प्राप्ति पछि नै इच्छाहरू समाप्त हुन्छ । नमर्ने उर्जालाई जानेपछि नै भय र लोभ समाप्त हुन्छ तव नै सहज सन्तोष फलित हुन्छ । सहज सन्तोषमा सबैभन्दा बढी प्रभुको राज्यको खोज गरिन्छ । यस राज्यको प्राप्तिपछि बाँकी सारा राज्यहरू सामान्य हुन पुग्दछन् तव नै सहज सन्तोषको घटना घट्दछ ।

     

    अखण्ड स्मरण

    प्रसंशामा त कुकुरले पनि पुच्छर हल्लाउँदछ । बेइज्जतमा, संकटमा विपत्तिमा, दु:ख खुसी हुन सक्नु नै खुवी हो । यो शक्ति अखण्डको होसबाट नै प्राप्त हुन्छ । गालीमा अपमानमा मात्र नभई पद पदार्थको प्राप्तिमा पनि जागृत भएर नै बसिरहनु अर्थात रातदिन बोधपूर्ण अवस्थामा बसिरहनुलाई नै अखण्ड स्मरण भनिन्छ । यही अखण्ड स्मरणबाट नै समर्पण स्वत: जागृत हुन्छ । विश्वासबाट होइन किनकी विश्वासबाट त कृतिम समर्पण हुन्छ । बोधबाट, जानकारीबाट नै सहज समर्पण जागृत हुन्छ । सहज समर्पणबाट नै बुंद र सागरको भेद थाहा हुन्छ तव नै बुंद सागर कै एक रुप हो भन्ने बोध हुन्छ । यही बोधबाट नै हामी भित्रको चेतनालाई हामी बाहिरको चेतनाबीच समर्पण गर्न सकिन्छ । यस अवस्थामा नै सारा ब्रह्मण ब्रह्म कै लहर हो भन्ने थाहा हुन पुग्दछ । हर परिस्थितिमा पनि हाम्रो मन सदा होसपूर्ण अवस्थामा भइरहनुलाई नै अखण्ड स्मरणको अवस्था भनिन्छ । यस अवस्थामा नै सम्पूर्ण ब्राह्मण एवं स्वयंको शरीर क्षेदविक्षेद हुँदा पनि अछुतो अवस्थामा नै रहिन्छ । यही अवस्थालाई नै परमात्मा–भयको अवस्था भनिन्छ । अखण्ड स्मरणलाई कुनैपनि अवस्थाहरूले प्रभाव पार्न सक्दैन अवस्थाहरू त आउँदछन् तर होस अछुतो भएर बस्दछ । यस्तो व्यक्ति संसारमा रहेरपनि संसारी हुँदैन कर्म गरिरहन्छ तर फलमा रस लिदैन । जसको भित्र अखण्ड स्मरण जागृत भएको यस्ता व्यक्तिहरू जिवित मन्दिरहरू हुन्, हिडडुल गरेका मन्दिरहरू हुन् । यस्ता व्यक्तिहरू जहाँ हुन्छन् त्यही ठाउँ मोक्ष बन्दछ । यही अखण्ड स्मरणको अवस्थालाई नै स्वत: शिद्धि प्राप्तिको अवस्था भनिन्छ । कर्म गरिरहने तर केहीपनि चाहना वा इच्छा नगर्ने केबल बोधपूर्ण अवस्थामा बसिरहदा नै अखण्ड स्मरणको अवस्था घट्न सक्दछ । यस अवस्थामा अरुले आँफूप्रति गरेको गाली, बेइजेती, अपमान आदिमा पनि होस फुत्किदैन अछुतो नै हुन पुगिन्छ । यदि आँफूलाई त्यसले असर पारेर होस गुम भएमा अखण्ड स्मरणको अवस्था फलित भएको छैन भनेर जान्नु पर्दछ । निरन्तरताको अभ्यासबाट यो अवस्था प्राप्त हुन्छ ।

     

    धर्म आस्था वा विश्वास होइन

    धर्मको सुरुवात त आस्थाबाट नै हुन्छ तर आस्था व विश्वास धर्म होइन । यो त प्रारम्भिक यात्रा मात्र हो । आस्था वा विश्वासबाट सुरु हुन्छ योग, ध्यान, समर्पण हुँदै समाधीमा पुगेर यसलाई जानिन्छ । समाधी हो केवल हुनुको बोध । धर्म पदार्थ रुपि विज्ञान नभइकन शरीरको ड्राइभरलाई जान्ने परम विज्ञान हो । परम विज्ञानको अर्थ हो वैज्ञानिकहरूको पनि ड्राइभर अर्थात वैज्ञानिकहरूलाई पनि खोज गर्ने शक्ति दिने शक्ति । पदार्थका वैज्ञानिकहरू पनि यही धर्मकै उर्जाबाट जन्मन्छन् । यही उर्जाले प्रकृतिमा लुकेको आश्चर्यको खोज गर्ने प्रेरणा दिन्छ र प्रकृतिमा भइरहेको शक्तिलाई प्रकाशित गर्दछन् । यसरी सारा प्रेरणाहरू अदृश्य रुपमा हामीलाई घचघचाइरहेको हुन्छ, त्यही अनुसार नै हामीले कार्य गर्न पुग्दछौं । सारा पदार्थका वैज्ञानिकहरू यही भन्दछन् की थाहा नै नपाइकन मैले यो खोज गरें ……।

    त्यसैले विज्ञानको पनि विज्ञान धर्म हो । विज्ञान र शिक्षा विना पनि मान्छे मान्छे नै हुन्छ तर धर्म विना अर्थात होस विना मान्छे पशु भन्दा पनि तल गिर्दछ । धर्म एक जागरण हो स्वयंको खोज हो, चेतना र मनबीचको विज्ञान हो जुन स्वयंबाट उत्पन्न प्यास एवं तडपबाट यसको खोज सुरु हुन थाल्दछ । धर्म कुनै अन्धविश्वास एवं परम्परा होइन न त यो कुनै सम्प्रदाय नै हो । धर्म त सम्पूर्णता हो । धर्म एक जीवित अवस्था हो । शरीर, मन, ब्राह्मणमा पल–पल परिवर्तन छ अर्थात मृत्यु छ तर धर्म सदा उस्तै छ । यो अपरिवर्तित छ यसैको आधारमा परिवर्तनको खेल चलिरहेको छ । सागर र लहरको खेल जस्तो, बादल र आकासबीचको खेल जस्तो । हामी भित्रको अद्धतलाई जान्नुलाई धर्म भनिन्छ । सास्त्रहरू त सहज छन् तर जीवन कठिन छ यही जीवन भित्र लुकेको पंच जीवनमा लिहिन भइरहँदा नै धर्म प्रकाशित हुने सम्भाबना हुन्छ । इन्द्रियहरूबाट, मनबाट, बुद्धिबाट अलग भइरहँदा नै धर्मको घटना छट्न सक्दछ । सूर्यलाई जान्न सूर्यको एक किरणपनि काफी छ अर्थात सूर्यको एक किरणमा लुकेको रहस्य जानेमा पूरा सूर्यमा लुकेको रहस्य जानन सकिन्छ ठिक यसरी नै सागरको एक बुँद भित्रको रहस्यलाई जान्न सकेमा सारा सागरभित्र लुकेको रहस्य थाहा पाउन सकिन्छ यसरी नै हामी भित्र लुकेर बसेको चेतनाको रहस्यलाई जान्न सकेमा सम्पूर्ण ब्राह्मणमा लुकेको रहस्य जान्न सकिन्छ । त्यसैले धर्मलाई जान्न सबैभन्दा पहिला स्वयंमा भएको आर्चयलाई जान्नु पर्दछ तव नै अन्तत्वमा लुकेको आर्चयलाई पनि जान्न सकिन्छ । स्वयंलाई जान्नको लागि प्रारम्भिक भक्ति अर्थात नजानिकन गरिएको विश्वास, योग, सांख्य, ध्यान हुँदै सर्मपणको यात्रा गर्नु पर्दछ तव नै मंजील समाधीको अवस्थामा पुगिन्छ । समाधी = केवल हुनु ।

     

    शरीर र मन विज्ञान हो

    शरीर र मन विज्ञान हो । शरीर र मनले सुख मात्र खोजिरहन्छ यही शारिरीक एवं मानसिक सुख पूर्तिको लागि सदादेखिनै विज्ञानको खोज भइरहेको छ । फरक यत्ति मात्र हो कि खोजका रुपहरूमा परिवर्तन हुँदै गइरहेका छन् । जस्तै बाण पुरानो युगको विज्ञान हो भने रहेत आधुनिक युगको विज्ञान । सदादेखि नै धर्म र विज्ञान एउटै सिक्कका दुई भागहरू हुन्छ । मन विज्ञान हो भने अमन धर्म हो । धर्म र विज्ञानको विवाद भनेको अण्डा र चल्लाको विवाद जस्तै हो । अज्ञानको बेहोसीपनको, अपूर्णताको दृष्टिबाट मात्र धर्म र विज्ञानमा फरक दिन्छ । फरक यतिमात्र हो की धर्म धर्म स्वयंको ड्राइभरको खोज गर्ने विधि हो भने विज्ञान पदार्थको खोज गर्ने विधि हो । मनबाट, विचारबाट अछुतो रहने विविध विधिहरूको खोज धर्म हो भने शरीर र मनलाई पदार्थबाट सुख दिनको लागि गरिएका खोजहरू विज्ञान हो । त्यसैले इच्छालाई होइन शारिरीक आवस्यक्ता पूरा गर्न काम त गर्नै पर्दछ । यदि मानव शरीर नै छैन भने शारिरीक आचर्यको खोज कसरी गर्ने ? केवल मानव शरीर र मनले मात्र यो कार्य गर्न सक्दछ त्यसैले शरीर स्वस्थ एवं मन प्रसन्न गराउने कार्यहरू त गर्नै पर्दछ । धार्मिक व्यक्तिहरूले एक सेकेण्डलाई पनि फाल्टुमा जान दिदैनन् हर सेकेण्डलाई सदुपयोगगरिरहन्छन् तर अरुलाइृ देखाउनको लागि, जलाउनको लागि खुव भोग गरौं भन्ने भावले नभइ शरीर स्वस्थ र मन प्रसन्न बनाउँदै निर्विचारको तर्फ लाग्नको लागि नै सेकेण्ड सेकेण्डको सदुपयोग गरिरहन्छन् । धर्मको नामबाट आश्रमहरूको चेलाहरूको नामबाट प्रतिस्प्रधा, इष्र्याबाट प्रेरित अधार्मिक व्यक्तिहरू नै हुन्छ । गृहस्थीलाई धेरै घरहरू बनाउने प्यास भए जस्तो आधुनिक कथाकथित साधुहरूमा पनि चेलाहरू एवं आश्रमहरू बनाउने कार्यहरू नै बढी देखिन्छन् । यो गृहस्थकै आधुनिक रुप हो । सन्तलाई एउटा आश्रम काफी छ । यस सत्यलाई जान ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार