मेलबर्नमा कोभिड सुरक्षाका साथ होली मनाउने तयारी

रंगहरुको चाड भनेर चिनिने होलीले अहिले नेपाललाई मात्र नभई विदेशमा बस्ने नेपालीहरुलाई समेत उत्साहित बनाइरहेको छ । होली पर्व नेपालमा विशेषगरी तराईमा भव्यताका साथ मनाउने गरिन्छ । नेपालको तराई क्षेत्रमा स्थायी घर भई हाल अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोवास गरिरहेका नेपालीहरुको साझा संस्था एमसीभी (मधेसी कम्युनिटी इन भिक्टोरिया )ले भव्यताका साथ होली मनाउने तयारी गरेको छ।
संस्थाले नेपाली कला, संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने र संगै नयाँ पुस्तालाई नेपालीपन प्रदान गर्ने उद्देश्यले हरेक वर्ष यो विशेष चाड भव्यताका साथ मनाउंदै आएको छ। कोरोना महामारीका कारण गत वर्ष भने आफ्नो यो कार्यक्रमलाई निरन्तरता दिन नसकेको एमसीभीले यो वर्ष सरकारले तोकेको मापदण्डको पालना गर्दै उल्लासपूर्ण तवरले होली माउने तयारी गरेको हो।
मार्च २८ मा हुने होली विशेष कार्यक्रममा सहभागीलाई रंगहरु उपलब्ध गराइने आयोजकले बताएका छन्। त्यस्तै कार्यक्रम होलीसंगै बार्बीक्यु, डिजे म्युजिकको पनि मज्जा लिन सकिनेछ। जुनसुकै समुदायबाट पनि सहभागी हुन सकिने यस कार्यक्रममा सहभागिताको लागि नाम दर्ता गराउनु पर्नेछ। राज्य सरकारले तोकेको मापदण्ड अनुसार, सिमित मान्छेहरु मात्र राख्न सकिने हुनाले दर्ता प्रक्रिया समावेश गरिएको आयोजकले बताएका छन्। “Celebrate Friendship, Harmony and Goodwill” भन्ने नाराका साथ Coburg lake पार्कमा हुने यस कार्यक्रममा सहभागी हुनको लागि यस लिंकमा गएर आफ्नो नाम दर्ता गर्नु हुन आयोजकले सबैमा अनुरोध गरेको छ https://fb.me/e/y1LxIM3f

काठमाडौं– नयाँ वर्ष २०७८ पूर्व सन्ध्या पारेर गायिका रचना रिमाल तथा गायक...

लण्डन– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट विदेशमा रहेका...

काठमाडौं– काठमाडौं नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो)...

मेलबर्न, अष्ट्रेलिया । १५ बर्ष अगाडी स्थापना भएको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले...

काठमाडौं– चैत्र कृष्ण औंशीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइन्छ । यस पटक...

काठमाडौं– नयाँ वर्ष २०७८ पूर्व सन्ध्या पारेर गायिका रचना रिमाल तथा गायक...

लण्डन– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट विदेशमा रहेका...

आफ्ना छोरा–छोरीले युट्युबमा के–के सामाग्रीहरु हेर्छन् भन्ने कुरा अभिभावकले नियन्त्रण तथा निगरानी...

ब्याट्रीको खराबीका कारण आगो लाग्ने समस्या देखिएपछि दक्षिण कोरियाली कार निर्माता कम्पनी...

काठमाडौं– काठमाडौं नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो)...