अनेसास एनएसडब्लुको पाँचौ अधिबेशन सम्पन्न 

ममता तिवारीको अध्यक्षतामा नयाँं कार्य समिति चयन
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, जेष्ठ २४, २०७८
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) एनएसडब्लु सिड्नी अस्ट्रेलियाको पाँचौ अधिबेशन हालै सिड्नीको ग्र्यान्भिलमा सम्पन्न भएको छ।  अधिबेशनले २०२१-२०२३ कार्यकालको लागि ममता तिवारीको नेतृत्वमा नयाँ कार्यसमितिको पनि चयन गरेको छ । अधिबेशनको सम्पति संगै संस्थाले एक प्रेस बिज्ञप्ति जारि गरि अधिबेशन र नेतृत्व छनोट प्रकृयामा सहभागी सबैलाई धन्यबाद व्यक्त गरेको छ।
बिज्ञप्तिकाअनुसारअध्यक्ष बाहेकका सबै पदहरु सर्बसम्मत तरिकाले छनोट गरिएको थियो भने अध्यक्षमा मतदान प्रकृयाबाट ममता तिवारी निर्बाचित भएकी थिइन् । नयाँ कार्यसमितिमा बिष्णु घिमिरे, कुमार शर्मा, विनोद महर्जन, डा.प्रकाश पौडेल, शान्ता सिटौला, भावना पराजुली, गौरी कार्की, आशिष विश्वकर्मा, रमेश अधिकारी, तथा अदित थापा रहेका छन् भने सँस्थाको पहिलो बैठकबाट पदाधिकारीहरुको कार्यविभाजन गरिने बताइएको छ।
अधिबेशन कार्यक्रममा निवर्तमान अध्यक्ष महेश्वर शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने निवर्तमान कोषाध्यक्ष बिष्णु घिमिरेले तयार पारेको आर्थिक प्रतिवेदन संस्थाका सचिव प्रविण टण्डनले वाचन गरी सुनाएका थिए। सो कार्यक्रममा निर्वाचित अध्यक्ष तिवारीले आगामी २ वर्षको लागि गरिने कार्यक्रमको बारेमा प्रतिबद्धता सहितको भनाइ राखेकी थिइन् ।
साथै सो कार्यक्रममा अनेसास न्यू साउथ वेल्सकी पूर्व अध्यक्ष तथा अनेसास पूर्व केन्द्रीय सदस्य सानु घिमीरे,अनेसास सद्भावनादूत आचार्य राजन शर्मा तथा सामाजिक अभियान्ता रन्जु वाग्ले थापाले  ममता तिवारीको नेतृत्वमा छनोट भएको नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।अधिबेशनमा नेतृत्व छनोटका लागि गठित निर्वाचन समितीका सुजित सिग्देल, सदस्य प्रतिज्ञा अधिकारी र मनऋषि धिताललाई सफलतापूर्वक निर्वाचन सम्पन्न गराउन भुमिका निर्वाह गरेकोमा सँस्थाको तर्फबाट निवर्तमान अध्यक्ष शर्माले धन्यवाद दिएका थिए । कार्यक्रमको सन्चालन निवर्तमान सचिव प्रविण टण्डनले गरेका थिए। नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्व र साहित्य अनुरागीहरूको उल्लेख्य उपस्थितिमा भएको सो कार्यक्रम नवनियुक्त कार्यसमितिलाई बधाई तथा शुभकामनासँगै समापन भएको थियो ।