इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

तर अमेरिकाले उक्त दावीलाई अस्विकार गर्दै कुनै पनि सैनिकको मृत्यु नभएको जनाएको छ।अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराक स्थित अमेरिकी सेनाका कम्तिमा दुई सैन्य अखडामा एक दर्जन भन्दा धेरै क्षेप्यास्त्र हमला भएको जनाएको छ।
जारिफले ट्विटमा भने– इरानले युउन चार्टरको आर्टिकल ५१ अन्तर्गत आत्मरक्षामा यस प्रकारका ठेगानलाई निसाना बनाएको छ, जहाँबाट कायरतापुर्ण तरिकाबाट हाम्रा नागरिक तथा वरिष्ठ अधिकारीहरुमाथि हमला भएको छ। हामी लडाई चर्काउने पक्षमा छैनौं, तर हामी माथि हुने हमलाबाट आफनो रक्षा गर्नेछौं।
इरानले ती अमेरिक िसैन्य अखडामा २२ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। पेन्टागनले पनि इराकको एरबिल र अल ससद सहर स्थित दुई अमेरिकी सैन्य अखडामा हामला भएको र त्यहाँ अमेरिकी सैनिक रहेको बताएको थियो।
यसबीच इरानको रिभोलुसनरी गार्डले पनि यो हमला शुक्रबार जनरल सुलेमानीको हत्याको जवाफ दिन गरिएको बताएको छ। ‘हामी अमेरिकाका ती सबै साथीहरुलाई चेतावनी दिन चाहन्छौं जसले अमेरिकी आतंकवादी सेनालाई आफना जमीन प्रयोग गर्न दिएको छ।
त्यसैगरी कुनै पनि स्थान जहाँबाट इरान विरुद्ध कारवाही हुन्छ, त्यसलाई इरानले निसाना बनाउनेछ।इरानले आइतबार सबै अमेरिकी सैनिक आतंकवादी भएको घोषणा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकोको मुल्य ८ करोड डलर टोकेको थियो।
अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकाको आधुनिक डिटेक्सन सिस्टमको सहयोगबाट सैनिकले पहिल्यै क्षेप्यास्त्र हमलाको चेतावनी प्राप्त गरिसकेका थिए। जसले गर्दा उनीहरु बन्करमा लुक्न भ्याएका थिए।
पुर्व सतर्कता प्रणालीको माध्यमबाट इराक स्थित अमेरिकी सैनिकहरुलाई खतराका सम्बन्धमा सतर्क गरिएको एक अधिकारीले बताए। अमेरिकाको मेरिल्यान्ड स्थित फोर्ट मेड बेसमा क्षेप्यास्त्रको प्रक्षेपणलाई लिएर प्रत्यक्ष जानकारी संकलन गरिन्छ।
रक्षा सुत्रले क्षेप्यास्त्र ६ सय माइल दुरीमा रहेको बताएको डेली मेलले जनाएको छ। त्यहीबेला नै सैनिकले चेतावनी पाएको र उनीहरु बन्करमा लुक्न गएको बताइएको छ। इरानले बुधबार ऐन अल असद र एरबिल बेसमा दर्जन भन्दा बढी क्षेप्यास्त्र पहार गरेको थियो।
इरान सरकारका तर्फबाट जारी बयानमा दुई क्षेप्यास्त्र हेइतानमा खसेको तर तिनीहर विस्फोट नभएको उल्लेख गरिएको छ। ती बाहेक ५ क्षेप्यास्त्रले एरबिलमा अमेरिकी सैन्य अखडालाई निसाना बनाएको तर इराकका सेनालाई कुनै नोक्सान नपुगेको बताइएको छ।
खोमेनीको सम्बोधन
अमेरिकी सैन्य अखडामा आक्रमण पछि इरानका सर्वोच्च नेता आयातुल्लाह खोमेनीले देशको नाममा सम्बोधन गरे। आक्रमणलाई इरानको ठुलो सफलता बताउँदै अमेरिकाको दादागिरी विरद्ध इरानले सँधै सघर्ष गरेका उनले बताए ।
‘हमला सफल भएको छ र गत राती हामीले अमेरिकाको घमन्डमाथि थप्पड हानेका छौं। ‘ जनरल कासिम सुलेमानीको हत्यालाई सहादत बताउँदै इरानले कहिल्ये पनि उनको योगदानलाई कहिल्यै विर्सन नसक्ने खोमेनीले बताए।
मुस्लिम देश एकजुट हुन महाथिरको अपिल
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले अमेरिकी आक्रमणमा इरानी सैन्य कमान्डर कामिम सुलेमानी मारिएपछि मुस्लिम देश एकजुट हुन पर्ने बताए। महाथिर मोहम्मद विश्वको सबैभन्दा वुजुगृ प्रधानमन्त्री हुन्।
९४ बर्षका महाथिरले सबै मुस्लिम देश एकजुट हुनु पर्ने समय आएको बताउँदै इस्लामिक देश निसाना बनाइरहेको र झन असुरक्षा बढिरहेको बताए।
इरानसँग प्रतिबन्धका बावजुद मलेसियाको राम्रो सम्बन्ध रहेको छ। मलेसियामा करिब १० हजार इरानी नागरिक रहेको अनुमान गरिएको छ।
बेलायतद्वारा निन्दा
बेलायतले गठबन्धन सेनाको उपस्थिति रहेको इराकी सैन्ड अड्डामा इरानबाट भएको क्षेप्यास्त्र हमलाको निन्दा गरेको छ। यस हमलामा केही हताहत भएको समाचार प्रति चिन्तित रहेका पनि बेलायतले जनाएको छ।
बेलायतसँग जर्मनीले पनि इरानी क्षेप्यास्त्र हमलाको निन्दा गरेको छ। अमेरिका र इरानबीचको जारी तनाव चरम स्थितिमा पुगिसकेको छ। बेलायत, फ्रान्स, जर्मनी लगायत विश्वका प्रमुख राष्ट्रहरुले दुबै पक्षलाई सयमित हुन अपिल गरिसकेको छ।
तेलको मुल्यमा बृद्धी
इराक स्थिति अमेरिकी सैन्य सिविरमा इरानी क्षेप्यास्त्र पछि कच्चा तेलको मुल्य बढेको छ। एसियाली बजारमा कच्चा तेलको मुल्य २ दहमलव ५ प्रतिशतले बृद्धी भइ ६९ दशमलव ९४ डलर प्रति ब्यारेल पुगेको छ।
अमेरिका र इरानबीच युद्धको स्थितिका कारण उत्पन्न परिस्थितिले मध्यपुर्वबाट तेल आपुर्ति बन्द हुन सक्ने सम्भावना बढेकोले मुल्यमा बृद्धी आएको हो।
जापानको सेयर बजार निकेइ प्रतिशतले खस्केको छ। हङकङको हेंगसेंगमा पनि १ प्रतिशतले गिरावत आएको छ।
ताजा हमलापछि अमेरिक िएभिएसन रेगुलेटर फेडरल एभिएसन अथोरिटीले अमेरिकी यात्रु बाहक विमानलाई इराकको हवाई सीमाबाट उडान भर्न रोक लगाउएको छ।

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...

काठमाडौं – पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४४५ जना सङ्क्रमित थपिएका छन् । ...

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि...

अध्ययन, रोजगार र सुखद भविष्य खोज्दै अहिले ग्लोबभरि छरिएका नेपालीहरू को इतिहास...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

देश लामो समय पछाडि राजनीतिक स्थिरतातिर उन्मुख हुँदै थियो । लोडसेडिङ्गको समस्या...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...