अमेरिकाको मिचिगनमा अन्धाधुन्द गोली प्रहार हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । मिचिगनको कालामान्जूमा भएको घटनामा संलग्नले के उद्देश्यले गोली चलाएको भनेर थाहा हुन सकेको छैन । कारमा आएको आन्तंककारीले अन्धाधुन्द गोली चलाएको थियो । एनबिसी न्युजले जनाएअनुसार आक्रमणकारीले अगाडि जो आयो त्यसैमाथि गोली चलाएको थियो । आक्रमणकारी करिब ५० वर्षको श्वेत रंगको भएको उल्लेख गरिएको छ । तीनवटा बुलेटले ४ जनाको हत्या गरेको मिचिगनका स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् । चार जना रेष्टुराँमा र दुई जना कार कारोबार हुने स्थानमा मारिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार