अमित श्रेष्ठ, जो अष्ट्रेलियामा परिचित नाम हो । उनी करिब १० वर्षदेखि फाइनान्स र एकाउण्टेनको रूपमा परिचित छन् । गत बैशाख १२ को महाभूकम्पलाई आफ्नै आँखाले देखेका अमित, त्यसपछीका घटना र परिघटनाहरूलाई एउटा किताब मार्फत लिपिबद्ध नगरि उनको मनले मानेन । महाभूकम्प पश्चात नेपालीहरूले भोग्नु परेको मानवीय संकट्का घडीमा पीडितहरूको मानसिक र शारिरिक पीडा, राष्ट्रिय अन्तरराष्ट्रिय समुदायहरूबाट नेपालले पाएको सहयोग, समर्थन र साहानुभूतिलाई क्रमबद्ध चित्रित गरिएको यस द फल्ट पुस्तकका लेखक अमित श्रेष्ठसँग द नेपाली टाइम्सका प्रकाशक महेन्द्र लम्सालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश ।
तपाईंको हालैमा बजारमा आउन लागेको पुस्तक The Fault कस्तो पुस्तक हो ?
The Fault सत्य घट्नाहरूमा आधरित काल्पनिक उपन्यास हो । नेपालमा गतबर्ष गएको महाभूकम्पको कथा हो The Fault । महाभूकम्पको समयमा म नेपालमा नै थिएँ, मेरो अगाडि धरहरा गरल्याम्म लड्यो भूकम्पको पहिलो झट्कामा नै । म अरु मानिसहरूको भिडसँगै दौडें टुडिखेलतिर ज्यान बचाउन । महाभूकम्पबाट पूरा मुलुक नै स्तब्ध रहयो, जहाँतही त्रास मात्र देखिन्थ्यो । यो अन्योल र त्रासको बातावरणमा न कुनै बलियो नेतृत्वको भरोसा नै थियो न भूकम्प रोकिने कुनै लक्षण नै थियो । भूकम्पले त कती जनधन क्षति गर्यो नै तर त्यसपछिको समय अझै गार्हो भयो । बिस्थापित मानिसहरू को ब्यवस्थापना हुन सकेन, राष्ट्रिय नेतृत्वको लाचारी लाज्लाग्दो ढंगबाट नाङ्गियो । अन्तरराष्ट्रिय राहतले एअरपोर्टको गोदाम भरियो तर त्यो आवश्यक ठाउँहरूमा कहिले पुग्न पाएन । यो लाचारीको फाईदा उठाउनेहरूले राम्रो सँग फाईदापनि उठाए । राज्यको कमजोरी स्पष्ट रूपमा सबले देखे । अनि अनौठो रूपमा सामाजिक एकताका उत्तम उदाहरणहरूपनि देख्न पाइयो । यिनै दु:ख, त्रास, एकता, फुट, समर्थन, धोकाको कहानी हो The Fault.

उपन्यासको नाम The Fault किन राख्नु भयो ?
The Fault ले दोहोरो अर्थ प्रदान गदर्छ । एक त भूकम्पको Fault Line लाई उघ्रित गर्छ भने अर्को चाँही मानव आचरणका त्रुटीहरूलाई अंकित गर्छ ।

उपन्यास किन अंग्रेजीमा लेख्ने सोच्नु भयो ?
The Fault मात्र त्रास र विवसताको कहानी होइन । त्रास र विवसता, भोक र लाचारी यसका अङहरू हुन जुनबिना हाम्रो अवस्थालाई न्याय गर्न सकिंदैन । तर त्राश र लाचारीका साथसाथै यो कहानी मानव समाजको मौलिक अर्थको हो । आत्मबिश्वास र नेतृत्वको, सामाजिक ऐक्यबद्धताको कहानी पनि हो यो । राष्ट्रिय बिपद र लाचारीको समयमा पनि कसरी मानिसहरू एक भएर अरुको आत्मबिश्वास बन्न सक्छन्, विध्वंसित समाजको पुन:निर्माण कसरी गर्न सक्छन, यिनै हाम्रा मौलिक कथाहरू समेटिएकोले मैले सोचे यो हाम्रो आत्मबिश्वासको कथा सबैले थाहा पाउनु पर्छ । त्यसैले अंग्रेजीमा नै लेख्ने निर्णय गरें ।

अंग्रेजीमा साहित्य लेख्दा कस्ता कठिनाईहरू रहे ?
अंग्रेजीमा उपन्यास लेख्दा कठिनाईहरू धेरै नै रहे । हुन त म The Kathmandu Post र The Himlayan Times मा लेखहरू लेख्थे, तर ३०० पेजको उपन्यास लेख्नु, भूकम्पबाट पीडितहरूको वास्तविकतााको न्याय गर्नु, पात्रहरूको emotions हरूलाई समेट्नु, पात्रहरूको जीवन जिउनु र त्यसलाई अंग्रेजीमा लेख्नु सहज चाँही थिएन । मैले केही पेज लेखिसकेपछि साथीहरूलाई देखाएँ, उहाँहरूले मलाई सोचेभन्दा राम्रो टिप्पणी दिनु भयो, प्रोत्साहित गर्नु भयो अनि फेरी यात्रा त्यसरीनै सुरु भयो । पुस्तकको manuscript USA को reviewer लाई पठाएँ उहाँले पनि मेरो उपन्यासको धेरै राम्रो रिभ्यु दिनु भयो । यात्रा कठिन थियो अंग्रेजीमा situations describe गर्न, dialogue हरू लेख्न अनि पात्रहरूलाई बिस्तारै उठाउन तर अन्त्यमा सब struggle को राम्रो फल आयो ।

शैलीका आधारमा The Fault  कस्तो उपन्यास हो ?
शैलीका आधारमा प्रकाशकहरूले The Fault  लाई Thriller शैलीमा बर्गिकरण गरेका छन् । भूकम्पको आतंकलाई हुबहु देखाउने प्रयत्न गरेको छु, घरहरू ढल्दै गरेको, मानिसहरू किचिएर मरेको तथा मानिस मानिसबीचमा द्वन्दका ठाउँहरू पनि रहेकोले यसलाई Thriller शैलीमा बर्गिकरण गरिएको छ ।

तपाईंको उपन्यास कहाँबाट प्रकाशित हुँदैछ र कहिले पढ्न पाईन्छ ?
उपन्यास USA बाट प्रकाशन हुँदैछ । Hay House भन्ने प्रकाशन कम्पनीले यो उपन्यास प्रकाशित गर्ने भएको छ । The Fault USA मा प्रकाशित भएपनि त्यसै समय सर्वाधिक विश्व बजारमा उपलब्ध हुने छ । पेपरब्याक, हार्ड कभर र digital फोर्ममा उप्लब्ध हुनेछ । उपन्यास फेब्रुअरीको अन्त्यमा बजारमा ल्याउने सल्लाह भएको छ ।

महाभूकम्पको समयमा नेपाल के सिलसिलामा जानुभएको थियो ?
त्यो समय नेपाल जानु पर्ने विविद कारणहरू थियो । ति मध्ये एउटा कारण चाँही नेपालका बैंकहरूमा लगायत थुप्रै कर्पोरेट क्षेत्रमा Leadership Training दिने अवसर मिलेको थियो । भूकम्पको समयमा चाँँही Global IME बैंकमा Senior Executives हरूलाई Leadership Challanges सम्बन्धी Trraining दिइरहेको थिएँ भने अर्को दिन Sipradi Traders मा Training को आयोजनामा ब्यस्त थिए ।

हालमा के गर्दै हुनुहुन्छ ?
हालमा म अर्को किताबको प्रोजेक्टमा जुटेको छु । मेरो अर्को किताब चाँही मानव मनोबिज्ञानको क्षेत्रमा आधरित छ । यो आगामी पुस्तक पनि यसै बर्ष बजारमा ल्याउन प्रयत्नशिल छु ।

आगामी पुस्तकको बारेमा थोरै मात्रा भनिदिनु हुन्छ कि ?
खास गरेर हामीले हाम्रो मनोबिज्ञान, जीवन नेतृत्व र सफलताको बारेमा धेरै पुस्तकहरू पढेका नै छौं तर वास्तवमा भन्नु पर्दा ति पुस्तकहरूमा पढिएका ज्ञानहरूलाई जीवनमा उतार्न सकेका चाँही हुँदैनौ । त्यसको साथसाथै हाम्रो जीवनको सुरुवातदेखि नै सफलता, खुसी, उन्नती, नेतृत्वको बारेमा समाज, परिवार, शिक्षक, मिडिया आदिबाट हाम्रो दिमागमा एक प्रकारको लेबल लागेको हुन्छ । यी लेवलहरू नै बिस्तारै हाम्रा बलिया मान्यताहरू बन्न पुगेका हुन्छन् । यी मान्यताहरूलाई limiting beliefs भनिन्छ । अनी हाम्रो जीवनका हरेक निर्णयहरू यिनै limiting beliefs को आधार खडा भएका हुन्छन् । यो आगामी पुस्तकको माधयमबाट यी limiting beliefs का बारेमा गहिरो रूपमा छलफल गर्ने प्रयास गरेको छु । मेरो आगामी पुस्तकमा अरु पुस्तकहरू जस्तो इन्फर्मेसन मात्र दिने प्रयास गरेको छैन, स्वतन्त्रताको प्रत्याभुत गर्ने प्रयत्न पनि गरेको छु ।

तपाई आँफै लेखक हुनुहुन्छ, कस्ता किताबहरू पढ्न रुचाउनु हुन्छ ?
मेरो पहिलो किताब नै काल्पनिक साहित्य भएपनि मैले धेरै काल्पनिक साहित्य र उपन्यासहरू पढेको छैन । म प्रेरणादायी किताबहरू पढ्न रुचाउँछु । John Maxwell का किताबहरू मैले धेरै जसो दोहोराएर पढेको छु । बिजय कुमारको खुसी मलाई मन परेको किताब हो । Malcolm Gladwell को The Tipping Point र The outlier, John Maxwell  को 21 Irrefutable Laws of Leadership, Brene Brown को  Daring Greatly मलाई धेरै मन परेका किताबहरू हुन् ।

पाठकहरूलाई अन्त्यमा के भन्न चाहनु हुन्छ ?
म सबै आदरणीय नेपाली साथीहरूलाई हामीबीच एकताप्रतिको प्रतिबद्धताका लागि धेरै धेरै धन्यवाद चढाउन चाहन्छु । त्यसका साथै यो मेरो प्रयत्न The Fault लाई कोशेली स्वरूप अप्नाइ दिनुहोला भन्न चाहन्छु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार