सन् २००३ मा सम्पन्न भएको गैरआवासीय नेपाली संघको पहिलो विश्व सम्मेलनदेखि नै सकृय भवन भट्ट २००३ – ४ मा जापान एनसीसी तदर्थ समितिका सदस्य, २००४ – ६ सम्म निर्वाचित सदस्य, २००६ – ८ सम्म निर्वाचित सदस्य, २००८ – १० सम्म जापान एनसीसीका अध्यक्ष, २०१० – ११ सम्म जापान एनसीसीका सल्लाहकार, अन्तर्राष्ट्रिय परिषद्को एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष भएर अध्यक्ष निार्वचित भएका हुन् ।

अध्यक्ष पदमा निार्वचित हुदै गर्दा के कारण निर्वाचित भए भन्ने लाग्छ ?

पहिलोे आधार भनेको म एनआरएनएको अभियानको शुरुवातदेखि नै संलग्न छु । एनआरएनए स्थापना भएका सबै देश पुगेर सबै साथीहरूसग परिचित छु । साथै, म नै यस्तो व्यक्ति हुला जो एनसीसीको शुरुवात सदस्यदेखि अध्यक्ष हुदै केन्द्रको कोषाध्यक्ष हुदै दुई कार्यकालको उपाध्यक्ष भएर अहिलेको अध्यक्षमा निर्वाचित भए । म संग हाम्रा अग्रज अध्यक्षहरूसगसगै काधमा काध मिलाएर काम गरेको अनुभव मसग छ । उहाहरूले जसरी काम गरेर जानुभयो त्यसबाट मैले धेरै सिक्ने मौका पाएको छु ।

 

तपाईको अबको प्राथमिकता के के हुन्छन ?

एनआरएनएमा मेरो मुख्यतः चार वटा एजेन्डा छन् जसका कारण भैले चुनाव जिते । पहिलो, मैले एनआरएनए भर्सन २ भनेको छु । अर्थात, अब एनआरएनए ठूलो संस्था भयो । अब यसलाई नया उचाइमा लैजान ‘नया युगको सुरुवात : सबै हात एक साथ’ भनेर महिला, युवालगायत सबैलाई समेटेर वृहत विस्तार गर्ने । दोस्रो, नेपालको अर्थतन्त्रमा एनआरएनएलाई जोड्ने गरि स्मार्ट एनआरएनए बनाउने ।

एनआरएनएले यथार्थपरक, मापनयोग्य, उपलब्धीमूलक तथा निश्चित समयतालिका तोकेर कार्यक्रम ल्याउने । त्यस्तै, तेस्रो भनेको सामूहिक लगानी संयन्त्र बनाउने । यस होल्डिङ कम्पनी मार्फत ब्यवसायिक समूहले लगानी गर्ने । जसमा सबै चाहना भएका एनआरएनले १००० देखि १००,००० सम्म प्रतिमहिना लगानी गर्नसक्ने छन् । यसले सबैमा सामूहिक लगानीको भावना पनि बढ्छ तथा सबैको ओनरसीप पनि हुन्छ ।

चौथो भनेको एनआरएन एकेडेमी स्थापना गर्ने । जसले नेपालभित्र आफ्नो सिप तथा ज्ञान अनुभव हस्तान्तरण गर्दछ । साथै नेपालले बाहिरका मुलुकसग कसरी सहयोग बढाउने तथा लगानी बढाउने भन्ने काम सरकारसग मिलेर गर्दछ । यी र यस्ता धेरै योजना तथा कार्यक्रम ल्याएर एनआरएनबाट नेपालले राखेका अपेक्षा पुरा गर्ने जस्ता कामका योजना पुरा गर्ने छु ।

 

एनआरएनएले भूकम्पपीडितका लागी एक हजार घर कहिले हस्तान्तरण हुन्छ ?

सत्य कुरा भन्नु पर्दा भूकम्पपछि नमुना घर बनाउने मेरै प्रस्ताव हो । गोरखाको लाप्राक दुई किसिमले महत्वपूर्ण छ । एक गोरखा भूकम्पको केन्द्रविन्दु नै भएकाले, अर्को गोरखा मेरो आफ्नै जन्मथलो हो । अहिले लगभग ६० प्रतिशत काम सकिइसकेको छ । सम्भवतः यही अक्टोबरभित्रै केही घर हस्तान्तरण गर्छौं होला ।

हाम्रो लक्ष्य त के थियो भने यही अक्टोवर ११ को एनआरएनए डे को दिन सम्पूर्ण लाभग्राहीलाई घर हस्तान्तरण गर्ने । तर त्यहाको मौसम अनि एकदम विकटता जस्ता कारणले यो सम्भव भएन । नसकेको कामलाई निरन्तरता दिएर लाभग्राहीलाई घर हस्तान्तरण गर्ने प्रयास गर्ने छौं ।

हालसम्मको तथ्यांक हेर्दा करिब ३२ अर्ब त सम्झौता भएका जलविद्युतमा नै आउने देखिन्छ । त्यसमध्ये पनि १२ अर्ब त लगानी नै भइसक्यो । त्यस्तै, होटलमा करिब २२ अर्ब लगानी भइरहेको छ । यसरी हेर्दा हाल कुल अर्थतन्त्रको ५ प्रतिशतको हाराहारीमा अर्थात १ खर्ब भन्दा बढी एनआरएनको नेपालमा लगानी देखिन्छ ।

 

एनआरएनएको महत्वपूर्ण परियोजनामध्ये अर्को आफ्नै हेडक्वाटरप्रति पनि धेरैको चासो देखिएन नि ?

एनआरएनएको महत्वपूर्ण परियोजनामध्ये आफ्नै हेडक्वाटर म कोषाध्यक्ष हुदा मैले नै ल्याएको योजना हो । हाम्रो हेडक्वाटरमा संस्थापक उपेन्द्र महतोदेखि वर्तमान अध्यक्षज्यू र हरेक एनआरएनको लगानी परेको छ । अब सबै जना शारिरीक रूपमा त्यहा गएर गर्न सक्ने र नसक्ने त सबैको आ–आफ्नै समस्यामा छ । त्यो भवन भनेको चाहि हामी सम्पूर्ण एनआरएनको सपना हो ।

हामी सम्पूर्ण एनआरएनहरूले आफ्नो गच्छेअनुुसार आफूले सकेको आर्थिक सहयोग पनि गरेका छौं । म तपाईंलाई एकदम खुसीका साथ भन्न चाहन्छु यहि अक्टोबरभित्र एक तल्ला भए पनि पूरा गरेर उद्घाटन गरी आफ्नै हेडक्वाटरमा सर्ने छौं ।

 

रेमिट्यान्सले कति दिन देश धान्न सक्छ ? एनआरएनएले वैदेशिक रोजगारीमा जाने बाध्यताको अन्त्य गर्न सक्दैन ?

यो विषयलाई म अलि गम्भीरतापूर्वक भन्न चाहन्छु । पहिलो कुरा रेमिट्यान्सले दीर्घकालसम्म देश चल्दैन त्यो पक्कै हो । त्यसमाथि खाडी मुलुकमा थोरै पैसा कमाउन जाने हाम्रा दाजुभाइ–दिदीबहिनीहरूको कमाईले घरव्यवहार मात्रै टर्छ । एनआरएनए गठन नभइदिएको भए यो सोच पनि आउदैन थियो होला । अहिले हामी १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गर्दैछौं । विश्वभर छरिएर रहेका हामी नेपाली मात्र होइन । लगानी बढाउने र रोजगारी सिर्जना गर्ने अभियानको लागि नै सामूहिक लगानी संयन्त्र बनाउन लागिएको छ ।

नेपालमा बस्ने, नेपाल सरकार, कर्मचारी या नेपालीले पनि बैदेशिक रोजगारमा जानेहरूलाई कसरी राम्रो, सहज, व्यवस्थित र अझ पुजी निर्माणमा लगाउन सकिन्छ त्यसमा छलफल गरौं । साथै नेपालमा एनआरएनले बढाउदै लगेको लगानीले नेपालमा रोजगारी सिर्जना गरिरहेको पनि छ । अझ लगानी बढाउने र रोजगारी सिर्जना गर्ने अभियानकै लागि नै सामूहिक लगानी संयन्त्र बनाउन लागिएको छ ।

 

लगानीको कुरा गर्नुभयो हालसम्म एनआरएनबाट उल्लेख्य लगानी आएन भन्ने गुनासो पनि छ नि ?

धेरैलाई त्यस्तो लाग्न सक्छ । तर, ५ वर्षअघि नेपाल आर्थिक पत्रकार समाजले ९ जिल्लामा गरेको अध्ययनले करिब ३० अर्बको लगानी देखाएको थियो । तर, हालसम्मको तथ्यांक हेर्दा करिब ३२ अर्ब त सम्झौता भएका जलविद्युतमा नै आउने देखिन्छ । त्यसमध्ये पनि १२ अर्ब त लगानी नै भइसक्यो । त्यस्तै, होटलमा करिब २२ अर्ब लगानी भइरहेको छ । यसरी हेर्दा हाल कुल अर्थतन्त्रको ५ प्रतिशतको हाराहारीमा अर्थात १ खर्ब भन्दा बढी एनआरएनको नेपालमा लगानी देखिन्छ ।

 

संविधानमा गैरआवासीय नेपालीलाई नागरिकता दिने उल्लेख छ, यसले नेपाललाई के फाइदा हुन्छ ?

हामी आभारी छौं नेपाल सरकारसग । किनकी संविधानमै गैरआवासीय नेपालीलाई नागरिकता दिने उल्लेख गरिएको छ । यो एकदम जरुरी पनि छ । म भवन भट्ट पहिलो पुस्ता हो विदेश जाने । यदि यो देशले आउन नदिएको खण्डमा लुकीछिपी भए पनि आउने कोशिस गर्छु र आउछु पनि । त्यस्तै पर्यो भने विदेश नगइकन पनि यो देशमा अर्थोपार्जन गर्न सक्छु । किनकी म जन्मेको देश हो । मेरो बालापन यही मातृभूमिमा बित्यो, यहा मेरा पुर्खाले रगत पसिना बगाएका छन् । यो देश मेरो मन, मस्तिष्क र भावनामा छ ।

यहा मेरा बाबा–आमा हुनुहुन्छ । तर के म जस्तै मेरा भावी सन्तान भनौं या म पछिका मेरा पुस्ता नेपाल आउलान् त ? यो दुःख गर्न उनीहरू नेपाल आउदैनन् । त्यसैले पहिलो कुरा नागरिकताको निरन्तरता पछिका पुस्ताका लागि अत्यन्त आवश्यक छ । ताकी उनीहरूको नेपालसगको सम्बन्ध नटुटोस् र उनीहरूले विदेशमा सिकेको ज्ञान, सीप र पैसालाई नेपालको समृद्धिमा लगानी गर्न सकुन् ।

 

निर्वाचनका बेला जातीय प्यानल भए भन्ने आरोप देखिए एनआरएनएलाई सबैको साझा संस्था बनाउन के गर्नुपर्ला भन्ने ठान्नुहुन्छ ?

पहिलो कुरा एनआरएनए संस्था आफैंमा शुरु भएको एउटा साझा संगठनबाट हो । मेरो एउटा एजेन्डा नै सबैको साझा सबैको माझ भन्ने हो । यहा कुनै जात—भात, कुनै धर्म, कुनै भाषा, कुनै भेष, कुनै क्षेत्र न कुनै राजनीतिक पूर्वाग्रह छ ।

सम्भवतः दुनियामा यस्तो संगठन नै छैन होला । मात्र कुरा के हो भने हामीले गर्ने गतिविधी कति साझा छन् भन्ने हो । मेरो आफ्नै कार्यशैली छ, म साथीभाइहरूसग सुझाव सल्लाह लिएर अगाडि बढ्छु, सुझावका लागि संधैं खुला छु । अरुको कार्यशैली फरक होला । हरेकको फरक फरक विचार छ, फरक फरक सोच छ, फरक फरक कार्यशैली छ तर यो साझा संगठन हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार