“ल्यान्ड एन्ड लिज रियल्टी” को शाखा विस्तार
गत मार्च २७ शनिबारका दिन औपचारिक रुपमा उदघाटन गरिएको नयाँ शाखा 70 Railway Parade Glenfield मा रहेको छ । उदघाटनका कार्यक्रमका प्रमूख अतिथि मक्वायरिफिल्डबाट प्रतिनिधित्व एनएसडब्लु सांसद एनोलक चान्थीभोंङले ल्याण्ड एण्ड लिज रियल्टि ब्यबसायिहरुको सफलताको शुभकामना ब्यक्त गरे । यसैगरी साउथ वेष्टमा बस्ने नेपाली समुदायहरु को सामाजिक सहभागिता, सक्रियता र ब्यबसायिक सफलताका बारेमा प्रशंसा गरे ।
कार्यक्रमका अर्का अतिथि क्याम्बेलटाउन काउन्सिलका काउन्सिलर मसुद चौधरीले दक्षिण एसियाबाट आप्रवासीका रूपमा आएका समुदायले विभिन्न व्यवसायमा प्राप्त गरेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरे । यसले समुदायमा प्रेरक शिक्षा दिने कुरा उल्लेख गर्दै उनले व्यवसायको सफलताको कामना गरे ।
रियल स्टेट मामिलामा अष्ट्रेलियाको नेपाली समुदाय अग्र पंक्तिमा पर्दछ । हाम्रो समुदाय बढ्दो छ, प्रोपर्टी सम्बन्धि सेवाको माग उस्तै छ । समुदाएका सदस्यहरु लाई प्रोपर्टी सम्बन्धि उचित परामर्श, सेवा र सुबिधा सहज होस् भन्ने उद्देश्यले नै साउथ वेष्टमा आफ्नो शाखा बिस्तार गरिएको ल्याण्ड एण्ड लिजका प्रोपर्टी म्यानेजर बाबुराम पोख्रेलले नेपाली टाइम्सलाई बताए ।
नेपाली समुदायका अग्रजहरु, एनआरएनए अष्ट्रेलियाका पदाधिकारीहरु तथा ब्यबसायी उपस्थित रहेको उद्घाटन कार्यक्रमको संचानल ल्यान्ड एन्ड लिजका निर्देशक प्रेम शाहले सञ्चालन गरेका थिए भने प्रिन्सिपल मोहम्मद चौधरीले सबै सहभागीहरु लाई धन्यवाद दिएका थिए ।
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं– नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जीत निकालेको छ । सोमवार...
काठमाडौं- इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू...
par de acertijos pueden afirmar que tienen este tipo de un...
Local men whom share your interests and values Single men in my area...
what’s lesbian chat live? Lesbian chat live is a live online chat solution...
The benefits of making use of dating apps for plus size women There...
Site Details: Kosten: $ 29.95 für a 1...