सफलताको राज

ललन तराईको मान्छे । यद्यपि उसको जन्म काठमाडौंमै भएको भए पनि उसको पुर्ख्यौली मधेसीनैं हुन् । उसले पढ्दा सामाजिक शिक्षामा हिमाल पहाड तराई, हामी कोहि छैनौं पराई भनेर पढेको थियो र उसका साथीहरूले पनि । यदाकदा साथीहरू बाट प्रयोग हुने मधेसी भन्ने शब्दले आफुलाई असमान भएझैं बिझाउने गर्थ्यो । उसका साथीहरू पहाडी र सहरी मुलका हुनुकै कारण हो कि भनेझैं लाग्ने गरि आफ्नो सम्पन्नता र आडम्बरी देखाउथें । जवकी ललन भने तराईको सामान्य परिवारको सदस्य थियो ।
एकदिन आफ्नै स्कुलको अगाडि साईकलमा खाली सिसि पुराना कागज भन्दै उनका बाबु लाल महमद देखा परे । ललनले बाबुलाई त्यहाँ देखेर कत्तिपनि अप्ठ्यारो नमानी आफ्ना साथीहरू लाई आफ्नो बाबुले गर्ने कामको बारेमा बतायो ।
भोलिपल्ट उसका साथीहरूले ललनलाई तुच्छ व्यबहार देखाए यसरी मानौं ऊ एउटा भ्रष्टाचारीको छोरा हो । यस्ले ललनलाई एक्लो तुल्यायो तर कम्जोर बनाउन सकेन उसलाई । उसले कतै पढेको थियो जब एक्लो भईन्छ तब साहस भरिदै आउँछ बस् हिम्मत नहारे पुग्छ ।
भोलिदेखि ललनले अटल बिश्वास अनि दृढ संकल्प लिएर पढाईमा दत्तचित्त भएर अघि बढ्ने आत्मनिर्णय गर्यो । कक्षामा सामान्य अंक ल्याएर पास गर्ने विद्यार्थी ललन अबदेखि प्रथम स्थान ल्याउने भयो । त्यतिमात्र नभएर बिद्यालयका हरेक अतिरिक्त क्रियाकलापमा ललन नभै नहुने बाताबरण सिर्जना गरायो उसले । हिजो घृणा र अपहेलनाको तुच्छ भावले हेर्ने उसका साथीहरू नजानेका कुराहरू शिक्षकसँग भन्दा बढी ललनसँग सोध्न थाले । समयको अन्तराल सँगै ललनले राम्रो अंकका साथ एसएलसी उत्तीर्ण गरे र जेहेन्दार तथा पिछडिएका बर्गको कोटामा बिदेशमा छात्रवृत्ति प्राप्त गरि आफ्नो अध्ययन पूरा गरि आफ्नै देशको सेवा गर्ने सोचका साथ एउटा होनहार कम्प्युटर ईन्जिनियर भएर स्वदेश फर्की सकेका छन् यतिबेला ।
खाली कागज बटुल्ने बाबु लाल महमदका छोरा ललन अहिले उनको मात्र नभएर राष्ट्रकै बजनदार कागज भएका छन् । असफलताको सुत्र अरू केही नभएर उसको अटल आत्म बिश्वास, दृड अठोट संकल्प र पढाईप्रतिको गहिरो लगाम नैं हो ।

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...

काठमाडौं – पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४४५ जना सङ्क्रमित थपिएका छन् । ...

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि...

अध्ययन, रोजगार र सुखद भविष्य खोज्दै अहिले ग्लोबभरि छरिएका नेपालीहरू को इतिहास...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

देश लामो समय पछाडि राजनीतिक स्थिरतातिर उन्मुख हुँदै थियो । लोडसेडिङ्गको समस्या...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...