इच्छा

भाषा भेष कला सदा अमर होस् भन्ने इरादा ममा
जागोस् नित्य बनी बगोस् कलम यो होस् भोक ज्यादा ममा ।
लेखूँ काव्य नयाँ रचेर कविता सद्भाव नौलो छरूँ
मेरो प्राण छुटोस् परन्तु भगवान् साहित्य भन्दै मरूँ ।।१।
होस् आख्यान कथा निबन्ध कविता पस्केर ती सिर्जना
मेटूँ प्यास कला भरी हृदयमा होस् तृप्त यो तिर्सना ।
यौटा नाम रहोस् छ उत्तम भनी सत्कर्म गर्दै गरूँ
मेरो प्राण छुटोस् परन्तु भगवान् साहित्य भन्दै मरूँ ।।२।
लाखौँ यत्न गरी रहन्न जगमा के गर्नु भो साधना
अट्ला देश भन्यो अटेनछ भने के गर्नु त्यो सिर्जना ।
कालाकर्तुत दूर हुन् मनविषे संस्कार यस्तो भरूँ
मेरो प्राण छुटोस् परन्तु भगवान् साहित्य भन्दै मरूँ ।।३।
मर्छन् मानिस को छ दिव्य रहने फेरिन्छ चोला नयाँ
राखूँ कीर्ति सदा रहोस् अमर भै व्यक्तित्व होला नयाँ ।
अग्ला पर्वतमा पुगूँ कलमको यात्रा म रच्दै झरूँ
मेरो प्राण छुटोस् परन्तु भगवान् साहित्य भन्दै मरूँ ।।४।
छैनन् स्वप्न कुनै उडी रवि छुने सामान्य होस् जीवन
बित्ला जोवन साधना दिनदिनै गर्दै बितोस् चिन्तन ।
होस् संस्कार बडो म पालन गरूँ दुष्कर्म सारा हरूँ
मेरो प्राण छुटोस् परन्तु भगवान् साहित्य भन्दै मरूँ ।।५।
छन्द : शार्दूलविक्रीडित

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...

काठमाडौं – पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४४५ जना सङ्क्रमित थपिएका छन् । ...

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

अध्ययन, रोजगार र सुखद भविष्य खोज्दै अहिले ग्लोबभरि छरिएका नेपालीहरू को इतिहास...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

देश लामो समय पछाडि राजनीतिक स्थिरतातिर उन्मुख हुँदै थियो । लोडसेडिङ्गको समस्या...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...