समसामयिक परिबेशमा महाकवि देवकोटा जन्मजयन्ती

-- / प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३

laxmiसमय परिवर्तनशील छ । मान्यताहरु निरन्तर परिवर्तन भईराखेका हुन्छन । यहि परिवर्तनशील समय र मान्यताहरुका साथ साथै समाज पनि निरन्तर रुपान्तरित र परिवर्तन हुँदै गईराखेको हुन्छ । शायद, संसारमा कुनै एउटा बिषय जसले समाजको यस्तो परिवर्तन लार्इ चित्रण गर्छ त्यो साहित्य नै हो । सामाजिक दर्पणको  रुपमा साहित्यलाई हेर्ने दृष्टिकोण पुरानै  हो  । समाजको बैचारिक उन्नति  सिर्जनात्मक र मौलिक किसिमले अगाडि बढेको छ छैन भन्ने कुरा बुझ्न साहित्य अध्ययनले मद्धत गर्दछ । साहित्यिक अभिव्यक्तिमा देखिने बैचारिक अभिव्यक्तिले कतिपय अवस्थामा यो लोकका शासकहरुको निद्रा उड्याको सुन्न पनि पाइने गर्दछ  । यसै सन्दर्भमा कुरा गर्दा नेपाली  साहित्य पनि यी र यस्तै तरिकाले रचिएको देख्न पाइन्छ ।

हाम्रो साहित्य कला को इतिहास पुरानै छ । तर, आधुनिक नेपाली साहित्यको कुरा गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम धेरै सुन्न पाइन्छ । नेपाली साहित्यलाई बहुआयमिक बनाउन महाकविको योगदान अतुलनिय छ । खास गरेर तत्कालिन समाजका शिक्षित बर्गका पाठकका बीचमा प्रिय भैराखेको संस्कृत भाषा र त्यसको नेपाली साहित्य शृंगारमा परेको प्रभावलार्इ कम गरि मौलिक नेपाली  साहित्य लेख्ने महाकवि हामी सबै का प्रेरणाका मुहान हुन् । लक्ष्मी पूजाका दिन जन्मेका हुनाले लक्ष्मीप्रसाद नाम राखिएको हो भन्ने कुरा हामी सबैले सुन्दै आइराखेका छौ । धनधान्यकी देवी लक्ष्मीको नाम बाट नामकरण गरेपनि महाकविको जीवनमा धनको अभाव धेरै भएको पढ्न पाइन्छ । चरम आर्थिक अभावका बीचमा पनि कत्ति बिचलित नभई निरन्तर साहित्य सिर्जना गरेर हाम्रो साहित्यिक संसारलाई अझ बढी फराकिलो बनाउन मद्धत गरेका छन महकविले । एक पटक निबन्धकार शंकर लामिछाने देवकोटा लार्इ भेट्न उनको निवास मैतीदेवी गएका थिए रे । सो भेटको बर्णन लामिछानेले आफ्नो परिचयत्मक  निबन्ध संग्रह बिम्व- प्रतिबिम्वमा अति नै कारुणिक ढंगले गरेका छन् ।

महाकविका सबै कृतिहरु अजर अमर छन् । उनका निबन्ध, कथा, कविता, नाटक, महाकाव्य सबै क्र्तिहरु नेपाली हुनु मा गर्व गराउने खालका छन् । तर यी सबका माझमा उनको  महाकाव्य शाकुन्तल धेरै प्रिय छ । शाकुन्तलमा प्रयोग भएको भाषा अलि अप्ठ्येरो जरुर होला, नया शब्दको प्रयोग, संस्कृत भाषा शब्दको प्रचुर प्रयोगले गर्दा यो कृति सबै पाठक लार्इ उत्तिकै प्रिय नलाग्न सक्छ तर महाकाव्य लेखनमा यस्तो बिधि मान्यहुने अभिप्र्य शाकुन्तल्को भूमिकामा देवकोटा ले ब्यक्त गरेका छन् । शाकुन्तल महाकाव्यको प्रकाशन हुनुनै हाम्रो साहित्यलाई ठुलो योगदान हो, किनभने नेपाली साहित्यमा यस भन्दा अगाडि देवकोटाले भने जस्तै  महाकाव्य ‘आइसल्याण्डको सर्प’ जस्तै दुर्लभ प्राय: नै थियो ।

शाकुन्तलको प्रथम सर्गको झन्डै ४० वटा श्लोकहरुको अध्ययनले  मात्रैले पनि हामी सबैलाई नेपाली परमपरा र सम्पदामा गर्व गर्न सिकाउँछन । आधुनिक समाजको निरस जीवनयापन लार्इ रसयुक्त बनाउन र हाम्रा परम्परा र सम्पदालाई माया गर्न एउटा श्लोक यसरी हामीलार्इ प्रेरित गर्दछ ।

आफैलाई चिनाउने, रस दिने, प्राचिन सम्झाउने  ।

मिठा व्यंजन ल्याउने, धन हुने, संसार ब्युझौने  । ।

चिन्ता दुर भगाउने, समयनै स्वर्नाभ फर्काउने  ।

ज्ञानीले पनि गाउने प्रियकथा आनन्द बर्षाउने । ।

 

आज नेपालीहरु बिश्वभरि छरिएर बसेका छन् ।  मातृभूमि प्रति  अथाहा माया हुँदा हुँदै पनि विभिन्न बाध्यता ले गर्दा हामी घर देखि टाढा छौ । हाम्रो नया पुस्ता घर देखि टाढा हुर्कदै छ । यस्तो विषम परिस्थतिमा हामी हाम्रो दैनिक जीवनमा साहित्य अध्यनलाई निरन्तरता दिंने हो भने मात्रै हाम्रो भबिस्यको पुस्ताले हामी बाट हाम्रो मौलिक सम्पदाको ग्रहण गर्न सक्छ । हाम्रो भाषा दिगन्त सम्म फैलिन सक्छ । जसरि महकविले नेपाली साहित्यलाई धनि बनाउन अहोरात्र खटेर झन्दै ३ महिना मा शाकुन्तल लेखे, त्यसै स्प्रिटमा आजको हाम्रो पुस्ताले पनि भाषा साहित्य जगेर्नामा अलि बढी ध्यान दिए मात्रै हामी देवकोटा प्रति सच्चा सम्मान प्रकट गर्न सक्छौ ।

शायद, संसारमा कुनै एउटा बिषय जसले समाजको यस्तो परिवर्तन लार्इ चित्रण गर्छ त्यो साहित्य नै हो । सामाजिक दर्पणको  रुपमा साहित्यलाई हेर्ने दृष्टिकोण पुरानै  हो  । समाजको बैचारिक उन्नति  सिर्जनात्मक र मौलिक किसिमले अगाडि बढेको छ छैन भन्ने कुरा बुझ्न साहित्य अध्ययनले मद्धत गर्दछ ।

समय परिवर्तनशील छ । मान्यताहरु निरन्तर परिवर्तन भईराखेका हुन्छन । यहि परिवर्तनशील समय र मान्यताहरुका साथ साथै समाज पनि निरन्तर रुपान्तरित र परिवर्तन हुँदै गईराखेको हुन्छ ।शायद, संसारमा कुनै एउटा बिषय जसले समाजको यस्तो परिवर्तन लार्इ चित्रण गर्छ त्यो साहित्य नै हो । सामाजिक दर्पणको  रुपमा साहित्यलाई हेर्ने दृष्टिकोण पुरानै  हो  । समाजको बैचारिक उन्नति  सिर्जनात्मक र मौलिक किसिमले अगाडि बढेको छ छैन भन्ने कुरा बुझ्न साहित्य अध्ययनले मद्धत गर्दछ । साहित्यिक अभिव्यक्तिमा देखिने बैचारिक अभिव्यक्तिले कतिपय अवस्थामा यो लोकका शासकहरुको निद्रा उड्याको सुन्न पनि पाइने गर्दछ  । यसै सन्दर्भमा कुरा गर्दा नेपाली  साहित्य पनि यी र यस्तै तरिकाले रचिएको देख्न पाइन्छ ।

 

हाम्रो साहित्य कला को इतिहास पुरानै छ । तर, आधुनिक नेपाली साहित्यको कुरा गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम धेरै सुन्न पाइन्छ । नेपाली साहित्यलाई बहुआयमिक बनाउन महाकविको योगदान अतुलनिय छ । खास गरेर तत्कालिन समाजका शिक्षित बर्गका पाठक का बीच मा प्रिय भैराखेको संस्कृत भाषा र त्यसको नेपाली साहित्य शृंगारमा परेको प्रभावलार्इ कम गरि मौलिक नेपाली  साहित्य लेख्ने महाकवि हामी सबै का प्रेरणाका मुहान हुन् । लक्ष्मी पूजाका दिन जन्मेका हुनाले लक्ष्मीप्रसाद नाम राखिएको हो भन्ने कुरा हामी सबैले सुन्दै आइराखेका छौ । धनधान्यकी देवी लक्ष्मीको नाम बाट नामकरण गरेपनि महाकविको जीवनमा धनको अभाव धेरै भएको पढ्न पाइन्छ । चरम आर्थिक अभावका बीचमा पनि कत्ति बिचलित नभई निरन्तर साहित्य सिर्जना गरेर हाम्रो साहित्यिक संसारलाई अझ बढी फराकिलो बनाउन मद्धत गरेका छन महकविले । एक पटक निबन्धकार शंकर लामिछाने देवकोटा लार्इ भेट्न उनको निवास मैतीदेवी गएका थिए रे । सो भेटको बर्णन लामिछानेले आफ्नो परिचयत्मक  निबन्ध संग्रह बिम्व- प्रतिबिम्वमा अति नै कारुणिक ढंगले गरेका छन् ।

महाकविका सबै कृतिहरु अजर अमर छन् । उनका निबन्ध, कथा, कविता, नाटक, महाकाव्य सबै क्र्तिहरु नेपाली हुनु मा गर्व गराउने खालका छन् । तर यी सबका माझमा उनको  महाकाव्य शाकुन्तल धेरै प्रिय छ । शाकुन्तलमा प्रयोग भएको भाषा अलि अप्ठ्येरो जरुर होला, नया शब्दको प्रयोग, संस्कृत भाषा शब्दको प्रचुर प्रयोगले गर्दा यो कृति सबै पाठक लार्इ उत्तिकै प्रिय नलाग्न सक्छ तर महाकाव्य लेखनमा यस्तो बिधि मान्यहुने अभिप्र्य शाकुन्तल्को भूमिका मा देवकोटा ले ब्यक्त गरेका छन् । शाकुन्तल महाकाव्यको प्रकाशन हुनुनै हाम्रो साहित्यलाई ठुलो योगदान हो, किनभने नेपाली साहित्यमा यस भन्दा अगाडि देवकोटाले भने जस्तै  महाकाव्य ‘आइसल्याण्डको सर्प’ जस्तै दुर्लभ प्राय: नै थियो ।

शाकुन्तल को प्रथम सर्गको झन्डै ४० वटा श्लोकहरुको अध्ययनले  मात्रैले पनि हामी सबैलाई नेपाली परमपरा र सम्पदामा गर्व गर्न सिकाउँछन ।आधुनिक समाजको निरस जीवनयापन लार्इ रसयुक्त बनाउन र हाम्रा परम्परा र सम्पदालाई माया गर्न एउटा श्लोक यसरी हामीलार्इ प्रेरित गर्दछ ।

आफैलाई चिनाउने, रस दिने, प्राचिन सम्झाउने  ।

मिठा व्यंजन ल्याउने, धन हुने, संसार ब्युझौने  । ।

चिन्ता दुर भगाउने, समयनै स्वर्नाभ फर्काउने  ।

ज्ञानीले पनि गाउने प्रियकथा आनन्द बर्षाउने । ।

 

आज नेपालीहरु बिश्वभरि छरिएर बसेका छन् ।  मातृभूमि प्रति  अथाहा माया हुँदा हुँदै पनि विभिन्न बाध्यता ले गर्दा हामी घर देखि टाढा छौ । हाम्रो नया पुस्ता घर देखि टाढा हुर्कदै छ । यस्तो विषम परिस्थतिमा हामी हाम्रो दैनिक जीवनमा साहित्य अध्ययनलाई निरन्तरता दिंने हो भने मात्रै हाम्रो भबिष्यको पुस्ताले हामी बाट हाम्रो मौलिक सम्पदाको ग्रहण गर्न सक्छ । हाम्रो भाषा दिगन्त सम्म फैलिन सक्छ । जसरि महकविले नेपाली साहित्यलाई धनि बनाउन अहोरात्र खटेर झन्दै ३ महिना मा शाकुन्तल लेखे, त्यसै स्प्रिट मा आजको हाम्रो पुस्ताले पनि भाषा साहित्य जगेर्नामा अलि बढी ध्यान दिए मात्रै हामी देवकोटा प्रति सच्चा सम्मान प्रकट गर्न सक्छौ