सरसर्ती संसार:संघर्षको सफलता, प्रेरणाको श्रोत र सकारात्मक सोचहरूको विर्यानी

  • ‘मान्छे मात्र त्यस्तो प्राणी हो, जो कहिल्यै अघाउँदैन ।’ सिंह जतिखेरै हिंस्रक हुन्छ भन्ने बुझाइ गलत सावित हुन पुग्यो । त्यो कुरा लेखकले घुमेरै थाहा पाएका हुन् जीवाको यो कुराले मानिसमा बढ्दै गएको असन्षोसलाई प्रष्ट प्रतिनिधित्व गर्दछ ।

  • राेजगारीका लागि भारत गएका बेला पिताजी खेमलालले जीवालाई भन्ने गर्थे, ‘छोराले घर रुँघेर हुँदैन, संसार हेर्नुपर्छ । घरबाट टाढा नजानेको प्रगति हुँदैन, हुर्केका सन्तानले बाबुआमाको काख छाडेनन् भने तिनीहरूले प्रगति गर्न सक्दैनन् ।’ हो यहि वाणीको प्रभावले आज जीवा लामिछाने एक सफल व्यक्ति बने । संसारका पाँचवटै महादेश घुमेका लामिछानेले लेखेको २९ वटा नियात्रा संग्रह ‘सरसर्ती संसार’ मा उनी व्यवसायिक लेखक होईनन, त्यसैले पुस्तकमा के कस्ता त्रुटि छ भन्नु भन्दा पनि संसारमा दैनिक सयौं पुस्तक निक्लन्छन् तर त्यसको मतलव पुस्तकमा कति ज्ञान प्राप्त हुन्छ भन्ने नै हो । त्यसैले पुस्तक फरक ज्ञानले भरीपूर्ण छ ।

    म पुस्तक समिक्षक त होईन तर पनि पुस्तक अध्ययन गर्ने पाठकका हिसावले यो पुस्तक संघर्षले आर्जन गरेको सफलता, प्रेरणाहरूको श्रोत र प्रगतिका लागि सकारात्मक सोचहरूको विर्यानी हो । पुस्तकका लेखक यति प्रेरणादायी छन् की उनी हरेक विषयलाई सकारात्मक सोचले हेर्छन् र त्यसबाट परिणाम निकाल्न प्रयासरत रहन्छन् । विश्वको आधा ग्लोव परिक्रमा गरिसकेका उनले टिपेको डायरी आज पुस्तकको रुपमा बजारमा आउँदा युवा पुस्ता जो आज संघर्ष गरेर सफलता प्राप्तिका लागि प्रयासरत छन् भने उनीहरूका लागि जीवन र संघर्षबाट प्राप्त हुने सफलताका लागि अचुक अश्त्र सावित हुनेछ । पुस्तकले ज्ञान दिने हो नत रोजगारी दिन्छ नत तलब नै ।

    अर्को महत्वपूर्ण कुरा कोही पनि व्यक्ति यात्रा गर्दै हुनुहुन्छ भने त्यो यात्रालाई कसरी सफल र सहज बनाउने सुत्र नै भने पनि हुन्छ यो पुस्तकमा उल्लेख्य छन् । यस्ता यात्राबाट मानिसहरू कसरी परिपक्व हुन्छन् भन्ने कुराको ज्वलन्त उदाहरण लेखकको आफ्नै भोगाई रहेको छ । हामी र हाम्रो देशको सबै अवस्थाका बीच हामीले विदेश भ्रमण गर्दा संघर्ष गरिरहेकाहरूलाई कसरी प्रगतिपथमा लैजान सक्छ भन्ने कुराहरू यस पुस्तकको मुल सार नै हो भन्दा हुन्छ । संसारमा अन्तर कुन्तरमा हजारांै थरिका मानिसहरू पृथ्वीमा बसोवास गर्दछन् तर पनि सबैको फरक संस्कार हुन्छ, फरक रंग होलान् तर मुलत: उनिहरूको गन्तव्य एउटै हन्छ । सबैले प्रगतिका लागि आफ्नो कार्यसुचि अनुसार काम गर्नुपर्दछ नै ।

    यो पुस्तक सायदै एनआरएन भन्ने संस्था नजन्मिएको भए आउने थिएन होला । किनकी एनआरएन अभियानलाई लिएर विश्वभर छरिएर रहेका नेपालीहरूलाई एउटै मालामा गाँस्ने र उनिहरूलाई मातृभूमिसंग जोड्न एक अमर बुटी नै सावित भएको छ । त्यहि अभियानमा लेखक जहाँ पुगे, त्यहाँ उनले नेपालीपनको स्वाद मज्जाले चाखेका छन् । एउटा गर्विलो उदाहरण मल्दिप्समा पुग्दा  उनले नेपाली हुनुमा जति सम्मान पाए सायद एक जना व्यापारी व्यापारको सिलसिलामा त्यहा पुगेका भए उनले पाउने थिएनन् । एनआरएन अभियानकै क्रममा जन्मेको यो पुस्तकमा त्यो अभियानको आवश्यक चर्चा र वयान उल्लेख छैन । एक हिसावले यो पुस्तक एनआरएन अभियानकाक्रममा जन्मे पनि त्यो अभियानसंग भन्दा व्यक्तिगत विषयमा बढी केन्द्रित भएकोले एनआरएनका बारेमा धेरै उल्लेख गर्न आवश्यक ठानिएन होला । यो पंक्तिकारलाई खड्केको एउटा कुरा के हो भने एनआरएनका पूर्वअध्यक्ष लेखक भएकोले मेरो आशा एनआरएनको जन्म, न्वारन, वर्तबन्ध वयस्क र विबाहका क्रममा उब्जेका चुनौति र संभावनाका सबै बृतान्तहरू अध्ययन गर्ने मन थियो । एनआरएन अभियानमा स्थापना कालदेखि सो अभियानका विषयमा निरन्तर कलम चलाएको एउटा कलमजीवीका नाताले यति अपेक्षा राख्नु स्वाभाविक ठान्छु । तर लेखकले प्रस्ट पारिसकेका छन् की एनआरएन अभियानको कुरा लेख्दा अब एउटा अर्को पुस्तक लेख्नु पर्दछ । स्वाभावत एनआरएन अभियान अव पुस्तकमा नअट्ने अन्तर्राष्ट्रिय खण्ड काब्य नै भैसकेको छ ।

    लेखकले हरेक कुरालाई घुमफिरका क्रममा मातृभूमिसंग जोडेर तुलना गर्दै चुकचुकाएका छन् । विकासका श्रृखला होस वा प्रगतिका टावरहरू हुन हाम्रो देशमा पनि यस्तै बनाउन पाए भन्ने कुरा मनमा राखेर फर्किएका छन् लेखक । यो कुरा त देश हाँक्ने नेतृत्व स्तरका नेताले सोच्नु पर्ने थियो सोचेनन् । आखिर यो पुस्तक पढ्दा बोधो भैसकेको राजनीतिक नेतृत्वका लागि केहि सन्देश हुन्थ्यो की । आखिर हामी अरुको हेरेर चुकचुकाउनु भन्दा अरु बाँकी रहेन । संसार घुम्दा देखिने राम्रा कुराहरू आफ्नै मातृभुमिमा यस्तै होस भन्ने सबैलाई हुन्छ । त्यो सास्वत तथ्य र अनुभव पनि छ ।

    चितवनको पदमपुरमा लुकामारी खेलेका उनलाई चितुवा, बाघ, हात्ति देख्दा आफ्नै गाउँ जस्तै देखे । राप्तिको बाढीमा पौडदा समुद्रमा सयर गरेको सम्झे । प्लेनबाट संसारका ठुला ठुला फाँटहरूमा लहलह अनाज झुलेको देख्दा उनले हाम्रो कृषिप्रधान देशको बिडम्वना सम्झे । जहाँ किसान जहिले पनि खान लाउन मै संघर्ष गर्नुपर्ने । उनले संसार डुल्दा देखेका कृषिजन्य वस्तु होस वा भरिला फाँटहरू आफ्नै पदमपुरको जस्तो हरियो लागि रह्यो र उनले मनमनै सोचेकी हामी पनि यस्ता बनाउन किन सक्दैनौ । आखिर हामी संग के कम छ र श्रोत साधनको ?

    पदमपुरकै टोलको स्कुल हुँदै भीमोदय निमावि अनि नेपाल मावि रत्ननगर टाँडीबाट विद्यालय शिक्षा लिएका लेखकले संसार फन्को मार्दा देखेका स्कुल र कलेजहरू हामी पनि यस्तै बनाउन पाए हुने भनेर मनमनै तड्पिए पनि विडम्बना त्यो व्यवहारमा उतार्न हामीलाई निकै कठिन भैरहेको छ ।

    हरेक मानिस निरन्तर सफलताका लागि प्रयासरत हुन्छन तर सबै सफल हुन्नन् । जो सफल हुन्छन् उनीहरूले आफ्नो धरातल विर्सन हुन्न । यहि कुरामा लेखकले सिम्वोलिक सन्देश दिएका छन् । छन्नु महतो माझी जसले पहिलो विदेश यात्रामा हिँडेका जीवालाई बहुलाएको राप्ती नदी तारेर गुन लगाए । ३० वर्षअघि उनले त्यो राप्ती नदी तारेपछि प्राप्त सफलताबाट उनलाई तार्ने माझीलाई नसम्झदा पनि पुग्छ तर नदी तार्ने माझीलाई सदैव सझिरहन्छन र २ बर्ष अघि सम्मान पनि गरे ।

    उनको संघर्षका यी कथाले के कुराको सन्देश दिएको छ भने प्रवासीहरू संसारको जुनकुनामा पुगे पनि आफुलाई चाहिने भाषा नसिक्ने हो भने सफल भइन्न । रसियामा भाषा नबुझ्दाको हैरानीका बावजुद पनि उनको लगावले व्यापारी जसरी बने यसको सन्देश सायद डायस्पोरामा बस्ने नेपालीहरूले जो जहाँ बसे पनि भाषामा पोख्त हुनु जरुरी छ अन्यथा सफलता पाउन गाह्रो हुन्छ ।

    पुस्तकमा उल्लेख भए अनुसार जीवाका घुम्ने तरिका तीनखाले छन् – एनआरएन गतिविधि, व्यवसाय र पारिवारिक घुमाइ । उनी घुमेर नथाक्ने घुमन्ते हुन् । नियमित यान्त्रिक जीवनबाट थाकेपछि उनी गुगल सर्च गर्छन् र योजना बनाई हाल्छन् । अनि उनको मनले शान्ति पाउँछ । जति घुम्यो त्यति बल प्राप्त हुन्छ रे । केही महिनाअघि उनी अफ्रिकाको मसाइमारा घुम्न गएका बेला एक जना डाईभरले दिएको सटिक जवाफ समग्र मानवको स्वभावसंग परिचित कुरा छ जुन कुरा उल्लेख नगरिकन पुस्तकको बारेमा अन्याय हुन्छ । जंगली जनावरै जनावरको घना बस्तीमा अगाडिबाट आइरहेको अर्नाको बथानसँग सिंहको बथानको आँखा जुध्यो । अर्नाहरू फरक्क फर्किएर भागेछन् । सिंह आफ्नै धुनमा बसिरह्यो । कारण, सिंह अघाएका रहेछन् । जीवाको परिवारलाई घुमाउने गाडी चालकले भने ‘मान्छे मात्र त्यस्तो प्राणी हो, जो कहिल्यै अघाउँदैन ।’ सिंह जतिखेरै हिंस्रक हुन्छ भन्ने बुझाइ गलत सावित हुन पुग्यो । त्यो कुरा लेखकले घुमेरै थाहा पाएका हुन् जीवाको यो कुराले मानिसमा बढ्दै गएको असन्षोसलाई प्रष्ट प्रतिनिधित्व गर्दछ ।

    हरेक मानिस निरन्तर सफलताका लागि प्रयासरत हुन्छन तर सबै सफल हुन्नन् । जो सफल हुन्छन् उनीहरूले आफ्नो धरातल विर्सन हुन्न । यहि कुरामा लेखकले सिम्वोलिक सन्देश दिएका छन् । छन्नु महतो माझी जसले पहिलो विदेश यात्रामा हिँडेका जीवालाई बहुलाएको राप्ती नदी तारेर गुन लगाए । ३० वर्षअघि उनले त्यो राप्ती नदी तारेपछि प्राप्त सफलताबाट उनलाई तार्ने माझीलाई नसम्झदा पनि पुग्छ तर नदी तार्ने माझीलाई सदैव सझिरहन्छन र २ बर्ष अघि सम्मान पनि गरे । ३० वर्षअघि उर्लिएको राप्ती तारेर आफूलाई भविष्यतिर डोर्याउने छन्नुको सम्झना आजसम्म ताजै छ कारण हरेक मानिसका लागि सफलताको कडी हरेक पाईलैपिच्छे हुन्छ ।

    विदेशको बसाई हुनेहरूले व्यस्त जीवनका बाबजुद पनि हामीले पारिवारिक व्यवस्थापन कसरी गर्नु पर्दछ भन्ने कुराहरू यो पुस्तक एउटा सन्देश भएको छ । छोरा जन्मिएको एक वर्ष भयो कहिल्यै उसंग खेल्नु भएको छ भन्दा उनी बिउझिएको प्रसंग प्रवासीहरूका लागि निकै तेजिलो खुराक हुन्छ । घरबाट बिहान आठै बजे निस्किन्थे र राति १२/१ नबजी फर्किदैनथे । एक हिसाव बच्चा नउठ्दै निस्कने र सुतेपछि फर्कने नियमितता थियो उनको । यस्तो कुरा प्राय: प्रवासमा रहनेहरूका हकमा सामान्य नै लाग्छ । एकदिन श्रीमतीले भनिन, ‘हजुरले छोरालाई नबोलाएको, ऊसँग नखेलेको कति दिन भयो, भन्नुस् त ?’उनी झस्किए त्यसबारे उनले खासै ख्यालै गरेका थिएनन् । यो पनि प्रवासमा रहनेहरूका लागि एउटा सरल सन्देश हो जतिसुकै व्यस्त रहे पनि परिवारलाई पनि समय दिनु राम्रो ।

    अर्को कुरा एनआरएनको गर्भधारकहरू को को हुन भन्ने कुरा उनको पुस्तकमा प्रष्टिन्छ । उपेन्द्र महतो, जुगल भुर्तेल, भीम उदास, उनी लगायतका केही साथी मिलेर बनाएको अवधारणामा अरु साथी मिसिएपछि त्यसले संस्थागत रुप पायो । जुन संस्था आज संघको शाखा ७५ वटा मुलुकमा विस्तार भइसकेको छ । संघको उनी तेस्रो अध्यक्ष हुन । अक्सर बिजनेसम्यानहरू पैसाको पछि निकै लाग्छन् भन्छन । त्यो स्वाभाविक पनि हो की पैसा कमाउन व्यापारबाट मात्र संभव छ । तर उनी मनकारी पनि छन् सरल र मिजासिला पनि । सामाजिक क्षेत्रमा उनको छुट्टै पहिचान बनेको छ । समग्रमा यो पुस्तकले नेपालको वर्तमान राजनीतिक संकटमा केहि सन्देशमूलक संकेत पनि दिएका छन् ।

    विश्वविख्यात भौतिकशास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई यहुदीका नाममा देशनिकाला गर्नु जर्मनीका लागि अभिशापसिद्ध भयो । बीसौं शताब्दीका यी महान् वैज्ञानिकलाई देशबाट निकालिँदाको क्षण विश्व रोएको थियो । जर्मनीबाट लखेटिएपछि अमेरिकाले आइन्स्टाइनको बुद्धि, ज्ञान र विवेकको राम्रोसँग उपयोग गऱ्यो र संसारलाई नेतृत्व गर्न सफल भयो ।

    सन् १९८५ मा मिखाइल गोर्वाचोभ कम्युनिष्ट पार्टी अफ सोभियत युनियनका महासचिव भएर आएपछि बिस्तारै उनले खुलापन र सुधारका काम थाले । गोर्वाचोभले आर्थिकसँगै राजनीतिक खुलापनमा ध्यान दिँदै गर्दा ७० वर्षदेखि एउटै पार्टीको दमनमा रहेका जनसाधारणले उन्मुक्त आवाज उठाए । जातीय रुपमा विभाजित १५ राज्यले आ–आफ्नो आत्मनिर्णयको अधिकार खोज्दै १९९१ मा छुट्टै राज्यको घोषणा गरेपछि महाशक्ति राष्ट्र विखण्डन भयो । यसबाट हाम्रा देशको सन्र्दभमा केहि सन्देश पनि जान्छ । सोभियत संघ अधिनस्थ १५ गणराज्यमध्ये सबैभन्दा दक्षिणस्थित ताजिकिस्तानको (सोभियत संघ विघटन भएपछि) दूरवस्था देख्दा उनलाई लागेछ की राष्ट्रकवि माधव घिमिरेका यिनै पंक्ति झल्झली याद आउँछन् ∕ राजनीतिक महत्वाकांक्षाका कारण जब देश खण्डित हुन्छ, तब जनताले कस्तो दुर्दशा भोग्नुपर्छ भन्ने दृष्टान्त पनि हो ताजिकिस्तान ∕ आज हाम्रो देश त्यहि दुर्दशाको सेरोफेरोमा रुमलिएको छ ।

    लेखकले जर्मनी आफ्नो दोस्रो कर्मभूमि बताएका छन् । सन् २०१२ देखि जर्मनीको फ्र्यान्कफर्ट सहरमा व्यवसाय गरेर बसेका युवा उद्यमी तथा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तसँगको साझेदारीमा व्यवसाय सुरु गरेपछि जर्मनी उनको कर्मथलोमा रुपान्तरण भएको रहेछ । त्यहि जर्मन हो जहाँ विश्वविख्यात वैज्ञानिक आइन्स्टाइन पनि कोपभाजनमा पर्नु पऱ्यो । आइन्स्टाइन लखेटिएपछि जर्मनीका विद्वानहरूले बाहिर निस्किएर भने– जर्मनी आज युद्धमा हारेको छ । विश्वविख्यात भौतिकशास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई यहुदीका नाममा देशनिकाला गर्नु जर्मनीका लागि अभिशापसिद्ध भयो । बीसौं शताब्दीका यी महान् वैज्ञानिकलाई देशबाट निकालिँदाको क्षण विश्व रोएको थियो । जर्मनीबाट लखेटिएपछि अमेरिकाले आइन्स्टाइनको बुद्धि, ज्ञान र विवेकको राम्रोसँग उपयोग गऱ्यो र संसारलाई नेतृत्व गर्न सफल भयो । संसारकै सबैभन्दा क्रुर शासक र दुइटा विश्वयुद्ध जन्माउने देश जर्मनी अहिले युद्धबाट थाकेर चुपचाप विकासमा सहभागी मात्रै छैन यूरोपलाई नेतृत्व गरिरहेको छ । यही पृथ्वी हो, जहाँ चस्मा र कोट लगाएका मानिस बुद्धिजीवी हुन्छन् भनेर कम्बोडियामा छानी–छानी मारिए । पढेलेखेका मानिस विदेश नपठाएसम्म राज्य गर्न गाह्रो हुन्छ भन्दै विदेश धपाइयो । यी र यस्ता पुस्तकहरूबाट हामीले ईतिहास सिक्न सक्छौं । सफल व्यापारी एनआरएनका अभियान्ता लामिछानेको पहिलो प्रयास सफल भएको छ । दोश्रो प्रयासका लागि अग्रिम शुभकामना ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार