नानीहरू हो ! तिमिहरूलाई आज म एउटा कथा सुनाउछु ल ? राम्रो संग सुन हैत !
एक अनकंटार जंगलमा एउटा अजंगको रूख थियो । उसको ओत लाग्न धेरै आए र सितलताबाट धेरैले आनन्द लिए । त्यो रुखको बखान धेरै टाढा टाढासम्म गाइन्थ्यो । कस्ता कस्ता बादशाहले कुभलो चिताउदा पनि तिनको केहि दाल गलेन, बरू ति आफै सखाप भए । उसका अगाडि झिनामसिना बोटबिरूवा र जंगलको त कसैले पनि वास्तै गर्दैनथे नत त्यो रूख काट्ने आँटनै कसैले गर्दथ्यो । बरू जंगल भने बारम्बार फँडानी हुन्थ्यो । डढेलो लाग्थ्यो । यो देखेर जंगलका मनमा कपटजाग्यो र एकदिन आफ्नो आश्रयमा रहेका किरा, फट्यांग्रा, जुका, झुसिलकिरा, सांप, छेपारा, चिप्लेकिरा, चराचुरूंगीहरूको बृहत सभा बोलायो । लामो छलफल र मन्थन पछि उनिहरूले एउटा सर्बसम्मत निर्णय गरे । त्यो निर्णय के थियो भने, “यो रूख लाई हामी नचाहिने तर हामीलाई भने यो रूख नभइ नहुने । प्रकृतिको पनि कस्तो बिभेदकारी कानुन । अब उप्रान्त हामी पनि यो रूखलाई नमानौं । हामीबिना नै हेरन यो कसरी मौंलाउदै गएको छ । झांगिदै गएको छ । हांगाबिंगा र जराहरू पनि कति टाढाटाढासम्म फैलिदै गएका छन् । जत्रो हावाहुरी आओस उसलाई कुनैपनि क्षतिनै पुग्दैन । सानोतिनो पानी त त्यसले छातालेझैं तर्काईहाल्छ । त्यसैले उसको फेदमुनी हाम्रै जंगलका चौपायाहरू घामपानीबाट बच्नकालागि जम्मा हुन्छन । यि सबै कारणले गर्दा ऊ निकै घमण्डका साथ उभिएको छ । यता हामीभने किरा फट्यांग्राबाट पिडित छौं । मान्छेबाट पिडित छौं । चौपायाबाट पिडित छौं । सबैले हामीलाईनै लुछिरहेका छन् । डढेलो लाग्दा त हामी सखापै हुन्छौं तर त्यो रुखलाई त हेरन क्यै पनि हुंदैन । त्यसैले अब हामीसब एक होऔं र त्यसका बिरूद्ध जाइलागौं ।”
जंगलले भन्यो – “किरा फट्यांग्रा महोदय ! अब तपाईँहरू जानुस र त्यो रूखका मुन्टा, पात, जरा खाइदिनुस । चराचुरूंगी ज्यूहरू ! तपाईँहरू जानुस र त्यसका हांगामा बसेर विस्ट्याइ फोहोर गर्दिनुस । जुकाहरू ! तपाइहरू जानुस र फेंद पात हांगामा बस्नुस र मान्छेहरू आउँनासाथ तिनका शरिरमा गएर रगत चुस्न थालिहाल्नुस ताकि मानिसहरू त्यहां आउनै छाडुन् । सर्पहरू ! तपाईँहरू जानुस र फेंद तथा हांगामा लुकेर बस्नुस अनि मान्छे आउंनासाथ डसि हाल्नुस । जसरी हुन्छ त्यो रूख र त्यसका शुभचिन्तकहरूलाई तवाहा बनाउनुस । त्यसो गर्यौं भनेमात्र ऊ हामीसंग संझौता गर्न बाध्य हुनेछ र हाम्रा माग पनि पूरा हुनेछन् ।”
उपस्थित सबैले जंगलका ति सबै प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरे र पररर तालिपिटे र त्यसैदिनदेखि उनिहरूले रूखका बिरूद्ध जेहाद छेडे । यसरी उनिहरू झण्डै १२ बर्षसम्म त्यो रूखका बिरूद्ध जाईलागे । त्यसमा उनीहरू आंशिक रूपमा सफलपनि भए । रूखका केहि हांगा सुके । पात र मुन्टाखाएर कुरूप पारे । रुखको ओतलाग्न आउनेको संख्यापनि घटदै गयो । सबै लाखापाखा लाग्न थाले ।

जंगलले रूखको डाह गर्दा आफ्नै खुट्टामा बन्चरो हान्यो । उसैको बढिक्षति भयो । त्यस्तो स्थितीमा जंगलले रूखसंग बार्ताको प्रस्ताव गर्यो ।

रूखकालागी एउटा सुखद पक्षचांहि के रह्यो भने ति बिद्रोहिहरूले जतिपनि क्षतिपुर्याए मात्र पात र मुन्टामा पुर्याए, जरा हांगा र फेंदमा क्षतिपुर्याउन चांहि सकेनन् । किनकी अधिकांस मान्छे त जंगलको अत्याचारकै बिरूद्ध थिए । ति मान्छेहरू हरेकदिन जंगलका बिरूद्ध भिड्न हंसिया, खुर्पा, खुकुरी, बन्चरो बोकेर जंगल पस्थे । घांस स्याउला काटेर ल्याई आफ्ना चौपायालाई खुवाउंथे । दाउरा काटेर आगो बाल्थे । पातटिपेर दुना टपरी गांस्थे । सर्प पक्रेर ल्याई शहरमा नचाउँथे । कसैकसैलेत कतैकतै जंगलमा आगो नै सल्काईदिएका थिए । यसरि जंगलले रूखको डाह गर्दा आफ्नै खुट्टामा बन्चरो हान्यो । उसैको बढिक्षति भयो । त्यस्तो स्थितीमा जंगलले रूखसंग बार्ताको प्रस्ताव गर्यो । त्यो बाहेक ऊसंग कुनैपनि बिकल्पै थिएन ।
उता रूखपनि लामोसमयसम्म तिनको एकोहोरो डसाइबाट आजित भइसकेको थियो । आफ्ना हांगामा पालुवा लाग्न नपाएको पनि दशक भइसकेको थियो । त्यसैले जंगल र रूखले वार्तागरे र एउटा सहमतिपत्र तयार पारे । सहमतिपत्रमा उल्लेख थियो – “अब उप्रान्त जंगलले रूखलाईमात्रहैन अन्य कसैमाथि पनि क्षति पुर्याउन पाउने छैन र प्रकृतिको नियममा चल्नु पर्नेछ । त्यसैगरि रूखले पनि आँफुलाईमात्र बचाउने हैन सम्पूर्ण जंगलको रक्षा गर्नु पर्नेछ ।”
सहमति पत्र तयार भयो । हस्ताक्षर गर्नेबेलामा जंगलका तर्फबाट संधैभरी रूखको हांगामा बसेर फोहर गर्दै आएको बडेमानको गिद्धले हस्ताक्षर गर्यो । रूखका तर्फबाट बिशाल बर्गदको बोटले हस्ताक्षर गर्यो । सबै संगै मिलेर बस्ने प्रण गरे । त्यो दिनदेखि रूख पुनः मौलाउँदै गयो । जंगलको तर्फबाट हस्ताक्षरकर्ता गिद्ध पनि झनझन मोंटाउँदै गयो । मोटाउदा मोटाउदा ऊ यति मोंटायो कि, उसको शारिरीक बनोट देख्दा जंगलका सबै सदस्य झस्किन थाले भने उसका सहकर्मीहरू चांहि दिन प्रतिदिन ख्याउटे हुंदै गए । त्यसपछि उसका सबै सहकर्मीहरूले एक पछि अर्को गरि साथ छोड्दै गए ।

शहरको बादशाहसंग लडदा लडदा उसलाई पराजित गर्न सफल उसले त्यस्ता बामपुडके कद भएकाहरूको धाक धक्कु नसहने निर्णयमा पुग्यो र आफ्ना सहयोगीहरूलाई गोलबंद गर्दै तिनीहरूले फैलाएका भ्रम चिर्न कम्मर कसेर लाग्यो । त्यो देखेर ति जंगलीहरू तिल्मिलाए ।

त्यो देखेर झण्डै एक दशक पछि ऊ फेरी एकपटक झस्क्यो । आँफूभन्दा कम हैसियतमा रहेको सूर्यमूखी फूलको पनि निकै चुरीफुरी बढीरहेको थियो यस्तो देखेपछि उसले सूर्यमुखी संग फिराद गर्न गयो र भन्यो ! हामी मिलौं । नत्र बुढो रूखले कुनैदिन किचेर हामी सबै मर्ने छौं । यसै पनि हामी उसको छाँयामा परेर मौंलाउन नसक्ने भैसकेका छौं । सूर्यमुखी पनि लगभग त्यहि गिद्दको अवस्थामा पुगिसकेको थियो । उनलाई पनि उसको त्यो प्रस्ताब डुब्नलागेका लाई त्यान्द्राको सहारा भनेझैं भयो र ति दुबैका बीच बार्ता भयो र के निष्कर्षमा पुगे भने यो घमण्डी रूखलाई बहिस्कार गर्नै पर्छ । एकल्याउनै पर्छ । अझ सकिन्छ भने त उखेलेरै फ्यालौं । प्रभु ! मिंलौं । सूर्यमुखी राजि भयो ।
त्यसको लगत्तै उनिहरूले एउटा मन्जुरीनामा लेखे र दुबैले त्यसमा हस्ताक्षर गरी रूखका बिपक्षमा बिष बमनगर्न जंगल जंगल, गाऊँ टोल चारैतिर जाने निर्णय गरे । उनिहरूलाई त रूखका बिरूद्ध भ्रम फैलाउनु मात्र थियो । कुनै नयाँ सन्देश त थिएन । रूख पनि के कम । शहरको बादशाहसंग लडदा लडदा उसलाई पराजित गर्न सफल उसले त्यस्ता बामपुडके कद भएकाहरूको धाक धक्कु नसहने निर्णयमा पुग्यो र आफ्ना सहयोगीहरूलाई गोलबंद गर्दै तिनीहरूले फैलाएका भ्रम चिर्न कम्मर कसेर लाग्यो । त्यो देखेर ति जंगलीहरू तिल्मिलाए ।
नानीहरूहो ! तिमिहरूलाई यो कथा कस्तो लाग्यो ,लेखिपठाउन नबिर्ष है त ।

समाप्त

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

गन्तव्य

/शनि, कार्तिक १८, २०७४