समानुपातिकमा पनि एमाले नै अघि

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, मंसिर २५, २०७४

काठमाडौं– प्रतिनिधि तथा प्रदेश सभाको जारी मतगणनामा अग्रस्थानमा रहेको एमाले समानुपातिकतर्फ पनि अगाडि रहेको छ । समानुपातिकतर्फ १ सय १० सिटका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ ।
पछिल्लो गणना अनुसार समानुपातिकतर्फ पनि नेकपा एमाले नै अग्रस्थानमा देखिएको छ। एमालेले ३ लाख १० हजार २९ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३ लाख ७ हजार ७ सय १३ मत पाएको छ।
तेस्रो स्थानमा १ लाख ४७ हजार ७ सय ७८ मतसहित माओवादी केन्द्र रहेको छ। चौथो स्थानमा राजपा नेपाल छ। राजपाले २२ हजार १ सय ८१ मत पाएको छ। राजपापछि विवेकशील साझा पार्टी पाँचौं नम्बरमा छ। विवेकशीलले १५ हजार २९ मत पाएको छ।
१२ हजार ७ सय १३ मत पाएको संघीय समाजवादी फोरम छैटौं स्थानमा छ भने राप्रपाले १२ हजार ४ सय १९ मत पाएको छ।
नयाँ शक्ति पार्टीको ९ हजार ६ सय २४ मत छ।
राप्रपा प्रजातान्त्रिकले ६ हजार ३ सय र राष्ट्रिय जनमोर्चाले ५ हजार ४ सय ४२ मत पाएका छन्। अन्य पार्टीले १ हजार ८ सय १२ मत पाएका छन्।