सरकारी निकायसँग गुनासो गर्न ११११ मा फोन गर्न आग्रह

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, पुस ३, २०७४

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले कल सेन्टर प्रारम्भ गरेको छ ।
सर्वसाधारणको गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर शुरु गरिएको हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिएका छन् ।
सर्वसाधारणको गुनासो सम्बन्धित निकायमा पु्र्‍याई तत्काल सम्बोधन गर्नका लागि कल सेन्टर प्रारम्भ गरिएको कोइरालाले बताएका छन् ।
सर्वसाधारणले ११११ मा फोन गरी गुनासो राख्न सक्नेछन् ।
सरकारी निकायसँग भएका गुनासो राख्न सर्वसाधारणले हरेक दिन बिहान ७ देखि राति ९ बजेसम्म फोन गर्न सक्नेछन् ।
कल सेन्टरमा राखेको गुनासो रेकर्डसमेत गरिने व्यवस्था गरिएको छ ।
१७ कात्तिक २०६८ बाट शुरु गरिएको हेलो सरकारमा अहिले इमेल, फेसबुक र ट्वीटरमार्फत पनि गुनासो लिने गरिएको छ ।