Sudhira Shah

सन १९९९ बाट हातमा क्यामेर लिएर मानबिय सम्बेदनाका तस्बिरहरु कैद गर्दै हिंड्ने फोटो पत्रकार सुधिरा शाह अष्ट्रेलियामा परिचित नाम हो। कान्तिपुर दैनिकबाट आफ्नो करिअर सुरुवात गरेकी शाहले फोटो पत्रकारितामा स्नात्तोकर गरेकी छिन। यिनै फोटो पत्रकार शाहका ४ मध्ये ३ तस्बिरलाई अष्ट्रेलियन व्यवसायीक फोटोग्राफरहरुको राष्ट्रिय संस्था एआईपीपीले आयोजना गरेको कार्यक्रममा एन एस डब्लु राज्यबाट डकुमेन्ट्री अवार्ड प्राप्त भएको छ ।
एआईपीपीद्धारा वर्षेनी आयोजना गरिने उक्त प्रतियोगीतामा हजारौंको संख्यामा व्यवसायीक, उदीयमान तथा फोटोग्राफरहरुले आफ्ना तस्वीरहरु प्रतियोगितामा समावेश गरी बिभिन्न क्याटोगोरीमा प्रतिस्पर्धा गर्ने गदर्छन् ।

news photo
शाहका तीन तस्वीरहरू व्यवसायीक फोटोग्राफरको तर्फबाट प्रतियोगितामा जान सफल भएको थियो। तीनैवटा तस्वीर शाहले गत वर्ष नेपालको महाभूकम्प लगत्तै करिब तीन महिना भुकम्पबाट प्रभावित क्षेत्रहरुको भ्रमण गरी त्यसबाट पीडितहरुको व्यथामा आधारित जीवन्त तस्वीरहरु क्यामरामा कैद गरेकि थिइन्।
यस्तो खालको अवार्ड प्राप्त गर्ने शाह अष्ट्रेलियामा पहिलो नेपाली फोटोग्राफर हुन । यो भन्दा पहिला शाहले २००२ मा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड , २००२ मा नै व्वान एसिया असेब्म्ली अवार्ड , २००९ मा यू के मा समेत उन्का तस्बिरले अवार्ड हासिल गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार