प्रधानमन्त्री केपी शर्मा ओली अाठ दिने औपचारिक भ्रमणका लागि आज विहान ११ बजे  चीनको प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री लि खछयाङको निमन्त्रणामा आजदेखि यही चैत १४ गतेसम्म  चीन गएका हुन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी र कूटनीतिक नियोगका प्रमुखहरूले बिदाइ गरेका छन्।

प्रधानमन्त्रीकाे भ्रमण टोलीमा उनकासाथ उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, वाणिज्यमन्त्री दीपक बोहरा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, सांसद, व्यापारिक समुदाय, सञ्चारकर्मीलगायतका व्यक्तिहरु रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

तीन दलबीच यस्तो सहमति

/बिहि, भदौ १, २०७४