राष्ट्रिपतिद्वारा राष्ट्रिय सभा निर्वाचन अध्यादेश जारी

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, पुस १४, २०७४

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्नु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे लगत्तै राष्ट्रपति भण्डारीले शुक्रवार अध्यादेश जारी गर्नु भएको हो । अध्यादेश रोकिंदा प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा रोकिएको थियो ।
सरकारले साढे दुई महिनाअघि एकल संक्रमणीय मत प्रणालीबाट राष्ट्रियसभा निर्वाचन गर्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको थियो ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा भनिएको छ –‘आज मिति २०७४ साल पौष १४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मन्त्रिपरिषद्को मिति २०७४/७/६ को बैठकबाट सिफारिस भएको देहाय बमोजिमको अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम जारी गर्नुभएको छ । अध्यादेशको नाम: राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ ।’