काठमाडौं– ईस्वी संवतको नयाँ वर्ष सन् २०१८ आज सोमबारदेखि प्रारम्भ भएको छ । नयाँ वर्षको विश्वभरीबा भब्यताका साथ आतिसवाजी सहित स्वागत गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ । पर्यटकीय स्थलहरुमा गएराती अबेर सम्म नयाँ वर्षका कार्यक्रम भएका थिए । ग्रेगोरियन पात्रो अनुसार जनवरी महिनाको पहिलो दिनबाट नयाँ वर्ष सुरु हुन्छ ।
ईसाई धर्मका प्रवर्तक जिजस क्राईस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीहरुले ईस्वी संवत प्रचलनमा आएको हो । संवत प्रचलनमा रहेका देशमा नयाँ वर्षका अवसरमा रमाईलो तथा खुसीयाली मनाउन विभिन्न कार्यक्रम गरिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

दीपम मनाङे पक्राउ

/शुक्र, बैशाख ७, २०७५