काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को पहिलो अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिले २१ फागुनका लागि संसद्को अधिवेशन आह्वान गरेकी हुन् ।
प्रधानमन्त्रीको सिफारिशमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम संसद् अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । संसद् बैठक २१ फागुन दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्नेछ ।
प्रतिनिधिसभाको निर्वाचन भएको करीब तीन महीना र राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको एक महीनापछि संसद्को पहिलो बैठक बस्न लागेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

दीपम मनाङे पक्राउ

/शुक्र, बैशाख ७, २०७५