काठमाडौं– मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिमाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कूल १८ मन्त्रालय रहने पनि निर्णय गरेको छ । बैठकलगत्तै अहिले नेकपा माओवादी केन्द्रसँगको एकता र मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

दीपम मनाङे पक्राउ

/शुक्र, बैशाख ७, २०७५