सभामुख बन्दै महरा

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५, २०७४

काठमाडौं– प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको हो । शुक्रवार उनको मात्र उम्मेदवारी परे पनि औपचारिक घोषणा भने भोलि शनिवार मात्र हुनेछ ।
महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको तथा धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका महत्वपूर्ण हुने प्रतिक्रिया दिएका छन् ।
महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए । माओवादी केन्द्रले आजै विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।