महिला कल्याणका लागि पदयात्रा : सिड्नी च्याप्टर सम्पन्न

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : शनिबार, फाल्गुन २६, २०७४

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला हिंशा तथा मानसिक रोग सम्बन्धि समस्याहरुको न्यूनीकरणकालागि सहयोग तथा जनचेतना जगाउने उद्देश्यले एनआरएनए अस्ट्रेलियाद्वारा आयोजित अस्ट्रेलियाब्यापी “वाक फर वेल्फेयर” अभियान अन्तर्गतको पहिलो च्याप्टर सिड्नीमा सम्पन्न भएको छ । यहि मार्च १० शनिबारका दिन बिहान ८ बजे सिड्नीको पूर्वी समुन्द्री तट “ब्राइटन बीच” मा सयौ नेपालीहरु पदयात्रामा सामेल भै समस्या निराकरण तथा न्यूनीकरणका सवालमा एनआरएनए अभियानमा आफ्नो एक्याबद्दता जनाए ।

सहभागीहरु करिब ३ किलोमिटरको पदयात्रा पश्चात छोटो औपचारिक कार्यक्रममा परिणत भएको थियो ।  कार्यक्रममा बोल्दै मानसिक रोग बिशेषज्ञ डाक्टर घनश्याम चापागाईंले बिशेष गरि पुरुषप्रधान समाजबाट आएको हुनाले दक्षिण एशियाली समुदायमा घरेलु हिंशा तथा मानसिक रोगको प्रकोप रहेको बताए। मानशिक रोगका सम्बन्धमा हामि पहिला प्रभावकारी बहस चलाएका थिएनौ तर अब यो बिषय छलफलमा आउनु अत्यन्तै सकारात्मक रहेको बताए । बिमारी हुनु कसैको कमजोरी होइन, यो एउटा सामान्य रोग हो र यसलाई समयमै पहिचान गरि उचित सम्बोधन गर्न जरुरि छ भन्दै परिवर्तन हामिले आफैबाट र आफ्नै परिवारबाट गर्नु पर्ने डाक्टर चापागाईले बताए । एनआरएनएले गर्ने यस्ता कार्यक्रमहरुमा समाजको ठुलो हिस्सा ओगेटेका विद्यार्थी बर्ग छुटेको बताउदै आउदा दिनहरुमा समस्या समाधानका लागि “बियोण्ड ब्लु” नामक मानसिक रोग सम्बन्धि गैह्र सरकारी संस्थासंग मिलेर काम गर्न लागिएको जानकारी दिए ।

हाम्रो समुदायमा मानसिक रोग तथा घरेलु हिंशाको समस्या व्यापक छ र यसको निराकरणका लागि एनआरएनएप्रति समुदाएको धेरै अपेक्षा भएकोले हामि समस्या निराकरणको सारथी बन्नु पर्दछ भन्दै  “वाक फर वेल्फेयर” तथा नारि निकुन्ज अस्ट्रेलिया कि संयोजक प्रतिज्ञा अधिकारीले यो एउटा सुरुवात हो र आउदा दिनहरुमा  एनआरएनए अन्य सामुदायिक संघ संस्था सरोकारवालाहरुसंग मिलेर काम गर्ने जानकारी दिइन ।

कार्यक्रममा एनएसडब्लु नेपाली महाबाणिज्य दिपक खड्का, एनआरएनए आइसिसि संरक्षक इन्द्र बन, ओसेनिया संयोजक धर्मराज अधिकारीले घरेलु हिंशा तथा मानसिक रोग जस्ता समस्या समाधानकालागि एनआरएनएले थुप्रै काम गर्नु पर्ने बताए ।

एनआरएनए महासचिब नारायण कोइरालाद्वारा संचालित यस औपचारिक कार्यक्रममा महिला फोरम, एनएसडब्लु कि संयोजक सन्ध्या शाहले एनआरएनएले अगाडी बढाएको सामाजिक अभियानमा साथ दिन पदयात्रामा उपस्थित सबैलाई स्वागत गरेकी थिइन ।  एनआरएनए स्टेट संयोजक तथा उपाध्यक्ष नन्दु गुरुङले आफ्नो अमुल्य समय दिई पदयात्रा कार्यक्रम सफल पर्न सहयोग गर्ने सबैलाइ धन्यवाद ज्ञापन गर्दै एनआरएनए सधै समुदायको साथमा रहेको जानकारी दिए ।

“वाक फर वेल्फेयर” एनआरएनएको एउटा पहिलो सुरुवात हो । अस्ट्रेलियाब्यापी आयोजना गरिएको वाक फर वेल्फेयरको सफलता नै हाम्रो पाइपलाइनमा रहेका अन्य कार्यक्रम हरुको प्रभावकारी परिणामकालागि एउटा कोशेढुंगा हो भन्दै आउदा दिनहरुमा एनआरएनए हेल्प डेस्क, इमर्जेन्सी रेस्पोन्स टिम र बिध्यार्थी हेल्प डेस्क जस्ता तिन ओटा प्रमूख कार्यहरु गर्न लागेको एनआरएनए अस्ट्रेलिया महासचिब नारायण कोइरालाले नेपाली टाइम्सलाइ जानकारी दिए ।